काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सहमति वा लोकतान्त्रिक विधिबाट नयाँ नेतृत्व चयन गर्ने बताउनुभएको छ । उहाँले दशौँ महाधिवेशनबाट एमालेलाई मात्रै नभइ देशलाई नै हाँक्ने एकताबद्ध नेतृत्व निर्माण गर्ने उहाँले बताउनुभयो ।
चितवनमा एमालेको दशाैँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टीमा उच्चस्तरको समझदारी र एकता कायम गरी देशलाई दिशानिर्देश गर्ने नेतृत्व निर्माण गर्ने उल्लेख गर्नुभयाे । महाधिवेशनको बन्द सत्रबाट सुखद सन्देशसहित बाहिरिने उहाँको भनाइ छ ।
...