बागमतीको मतदान सकियो, २०८३ मत खस्यो

नेपाली काँग्रेस बागमती प्रदेशको नेतृत्व चयनका लागि भएको मतदान सम्पन्न भएको छ । प्रदेश अधिवेशनमा कुल मतदाता २१५१ भएको बागमती प्रदेशमा २०८३ मत खसेको निर्वाचन समितिले जनाएको छ । मतगणनाका लागि अहिले मुचुल्का तयार गरिनुका साथै आवश्यक प्रक्रिया पुरा गरेर राति करिब १२ बजेबाट मतगणना सुरु हुने बताइएको छ । प्रदेश सभापतिमा संस्थापन पक्षबाट नेपाली काँग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवम् मकवानपुरका सभापति इन्द्रबहादुर बानियाँ, संस्थापन इतर पक्षबाट जगदीश्वर नरसिंह केसी र नेता कृष्णप्रसाद सिटौला