नेपाल बंगलादेश बैंकको सहयोग

नेपाल बंगलादेश बैंकको कञ्चनपुरस्थित बेलौरी शाखाले श्री त्रिभुवन मावि हाताभित्र बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत साइकल स्ट्यान्ड निर्माण गरी विद्यालयका प्रधानध्यापक हरिशप्रसाद ओझालाई हस्तान्तरण गरेको छ ।विद्यालयका प्रअ ओझाले बैंकलाई धन्यवाद दिँदै आगामी दिनमा बैंकसँग सहकार्य गरी विद्यार्थीका लागि वित्तीय साक्षरता कार्यक्रम सञ्चाालन गर्ने बताए ।यसअघि पनि बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बेलौरी नगरपालिका –८ […]

सम्बन्धित सामग्री

टेकु अस्पताललाई नेपाल–बंगलादेश बैंकको स्वास्थ्य सामग्री सहयोग

काठमाडौं (अस) । कोभिड–१९ संक्रमणबाट नेपालीलाई जोगाउने प्रयासमा हातेमालो गर्दै नेपाल बंगलादेश बैंकले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले अस्पताललाई ९० भायल रेम्डिसिभिर औषधी सहयोग गरेको हो । उक्त औषधी बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगानाले अस्पतालका निर्देशक डा. अनुप बास्तोलालाई हस्तान्तरण गरे । बैंकले कोभिड–१९ संक्रमणको उच्च जोखिमका बेला नागरिकप्रति पु¥याएको सेवाका कारण अस्पताललाई सहयोग सामग्री वितरणनमा चयन गरिएको जनाएको छ । बैंकले बंगलादेशस्थित साझेदार आईएफआईसी बैंकसँग मिलेर आव ०७६/७७ मा ५ हजार भायल तथा  ०७८÷७८  मा ५ हजार भायल रेम्डेसिभिर नेपाल सरकारलाई सहयोगस्वरूप प्रदान गरेको थियो ।  ती औषधी बंगलादेशका लागि नेपाली राजदूत वंशीधर मिश्रलाई ढाकास्थित नेपाली दूतावासमा हस्तान्तरण गरिएको थियो ।  बैंकले हाल १०० शाखा, १० एक्सटेन्सन काउन्टर तथा ८१ वटा एटीएमबाट बैंकिङ सेवा दिँदै आएको छ ।

शुक्रराज अस्पताललाई नेपाल बंगलादेश बैंकको सहयोग

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुलाई नेपाल बङ्गलादेश बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ९० भायल रेम्डिसिभिर औषधी सहयोग गरेको छ । उक्त परिमाण औषधी बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुङ्गानाले शुक्रराज अस्पतालका निर्देशक डा. अनुप बास्तोलालाई हस्तान्तरण गरेका हुन् ।बैंकले कोभिड–१९ संक्रमण जोखिम उच्च रहेका बेला शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले गरेको कामको सराहना गर्दै औषधि सहयोग गरेको जानकारी दिएको छ । यसअघि बैंकले आफ्नो बङ्गलादेश स्थित साझेदार बै

नेपाल–बंगलादेश दुईपक्षीय व्यापारमा सहजीकरण गरिने

नेपाल चेम्बर अफ कमर्स र नेपालका लागि बंगलादेशी राजदूत सलाहुद्धिन नोमन चौैधरीबीच भेटघाट भएको छ । बंगलादेशका राजदूत चौधरीसँग चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले भेटेका हुन् । अध्यक्ष मल्लले नेपाल र बंगलादेश भौगोलिक रुपले धेरै नजिक भएता पनि दुई मुलुकबीच अपेक्षित रुपमा व्यापार सम्वन्धमा बढ्न नसकेको बताए । सार्क र बिमस्टेक जस्ता बहुपक्षीय फोरमहरूमा नेपाल तथा बंगलादेश एक अर्कालाई सहयोग गर्दै आइरहेको बताए । अध्यक्ष मल्लले नेपाल र बंगलादेशबीच आर्थिक सम्वन्ध वृद्धि गर्न प्रसस्त संभावना रहेको बताए

नेपाल–बंगलादेश बैंकले मनायो वार्षिकोत्सव

काठमाडौं (अस) । नेपाल–बंगलादेश बैंकले २७ औं वार्षिकोत्सव मनाएको छ । ०५१ साल जेठ २३ गतेदेखि बंैकिङ कारोबार सुरु गरेको बैंक विदेशी संयुक्त लगानीमा सञ्चालित बैंक हो । बैंकमा बंगलादेशको आईएफआईसी बैंकको ४० दशमलव ९० प्रतिशत लगानी छ ।   वार्षिकोत्सव अवसर पारेर बैंकले कोरोना महामारी र यसबाट हुन सक्ने मृत्युबाट नागरिकलाई जोगाउने प्रयासमा हातेमालो गर्दै नेपाल सरकारलाई ६६ लाख बराबरको २ हजार ५०० भायल रेम्डिसिभिर इन्जेक्सन हस्तान्तरण गरेको छ । सुदूरपश्चिम प्रदेशको धनगढी उपमहानगर, महाकाली अञ्चल र टीकापुर अस्पताललाई ४ लाखको  आर्थिक सहयोग गरेको छ । उक्त रकमबाट सेती प्रादेशिक अस्पताल, महाकाली अस्पताल र टीकापुर अस्पताललाई आवश्यक पर्ने अक्सिजन प्लान्ट स्थापना गर्ने, अक्सिजन सिलिन्डर तथा अक्सिजन कन्सन्टे«टर खरिद गरिनेछ । बैंकले हाल सातै प्रदेशमा ९९ वटा शाखा, ८ वटा एक्सटेन्सन काउन्टर तथा ८१ वटा एटिएमबाट ग्राहकलाई बैंकिङ सुविधा दिँदै आएको छ ।

२७ औं वार्षिकोत्सवको अवसरमा नेपाल बंगलादेश बैंकद्वारा ७० लाख बराबरको सहयोग

जेठ २२, काठमाडौं । विदेशी संयुक्त लगानीमा सञ्चालित नेपाल बंगलादेश बैंकले आफ्नो २७ औं वार्षिकोत्सव मनाएको छ ।  वार्षिकोत्सवको अवसर पारेर बैंकले हाल नेपालमा बढ्दो कोभिड १९ को संक्रमण र यसबाट हुनसक्ने मृत्युबाट नेपाली जनतालाई जोगाउने प्रयासमा हातेमालो गर्दै संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल सरकारलाई नेपाली ६६ लाख बराबरको २ हजार ५०० भायल रेम्डिसिभिर इन्जेक्सन हस्तान्तरण गरेको छ । साथै, सुदूरपश्चिम प्रदेशको धनगढी उपमहानगरपालिका, महाकाली अञ्चल र टिकापुर अस्पताललाई ४ लाखको आर्थिक सहयोग प्रदान गरेको बैंकले जानकारी दिएको छ ।  उक्त रकमबाट सेती प्रादेशिक अस्पताल, महाकाली अस्पताल र टिकापुर अस्पताललाई आवश्यक पर्ने अक्सिजन प्लान्ट स्थापना गर्ने, अक्सिजन सिलिन्डर तथा अक्सिजन कन्सन्ट्रेटर खरीद गर्ने समेत बैंकले बताएको छ ।  यस बैंकमा मित्र राष्ट्र बंगलादेशको आईएफआईसी बैंकको ४० दशमलव ९० प्रतिशत लगानी रहेको छ । बैंकले हाल सातै प्रदेशमा ९९ ओटा शाखा, ८ ओटा एक्सटेन्सन काउन्टर तथा ८१ ओटा एटीएमबाट ग्राहकहरुलाई बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ ।

नेपाल बंगलादेश बैंकद्वारा सरकारलाई सहयोग

नेपाल बंलादेश बैंकले विदेशी संस्थापक बंगलादेशको आईएफआईसीको बैंकसँग मिलेर संस्थागत सामाजिक उत्तरदयित्वअन्तर्गत नेपाल सरकारलाई ५ हजार भायल रेम्डेसिभिर सहयोग प्रदान गरेको छ । सो औषधि बंगलादेशका लागि नेपालका राजदूत बंशीधर मिश्रलाई ढाकास्थित नेपाली दूतावासमा नेपाल बंगलादेश बैंकको संस्थापक आईएफआईसीको सहयोगमा २८ गते मंगलबार हस्तान्तरण गरिएको थियो ।साथै बंगलादेश सरकारले पनि थप ५ हजार भायल रेम्डेसिभिर […]

९ करोडभन्दा बढीको स्वास्थ्य सामग्री चीनले नेपाललाई उपलब्ध गराउने

काठमाडौं। चीनले नेपाललाई कोरोना महामारीविरुद्ध लड्न स्वास्थ्य सामग्री उपलब्ध गराउने प्रतिवद्धता जनाएको छ।आज भिडियो कन्फ्रेन्समार्फत चिनियाँ विदेशमन्त्री वाङ यीले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई स्वास्थ्य सामग्री उपलब्ध गराउने घोषणा गरेका हुन्। मन्त्रालयले दिएको जानकारी अनुसार ९ करोड २० लाख बराबरको स्वास्थ्य सामग्री सहयोग गर्ने जारी गरेको विज्ञप्तिमा उल्लेख छ। आज नेपाल, बंगलादेश, अफगानिस्तान र चीनका परराष्ट्र मन्त्रीबीच भिडियो कन्फ्रेन्स भएको थियो।

नेपाल बंगलादेश बैंकको सहयोग

नेपाल बंगलादेश बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाडौं महानगरपालिका वडा नम्बर ३२, सुविधानगरस्थित सामुदायिक विकास समितिलाई तीन लाख रूपैयाँ सहयोग गरेको छ ।

नेपाल बंगलादेश बैंकद्वारा कोरोना उपचार कोषमा एक करोड ४५ लाख रुपैयाँ आर्थिक सहयोग

काठमाडौं । नेपाल बंगलादेश बैंकले कोरोना रोकथाम तथा नियन्त्रणको लागि नेपाल सरकारलाई एक करोड ४५ लाख रुपैयाँ सहयोग गरेको छ । बैंकले केन्द्रिय सरकार र संघीय प्रदेश सरकारको ‘कोरोना भाइरस संक्रमण ...

नेपाल बंगलादेश बैंकको संस्थागत सामाजिक उत्तरदायित्व

नेपाल बंगलादेश बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नयाँबानेश्वर, काठमाडौंस्थित रत्न पुस्तकालयलाई मंगलबार भएको हस्तान्तरण कार्यक्रममा १२ हजार १ सय ७८ रुपैयाँबराबरका विभिन्न साहित्यिक किताबहरु सोही पुस्तकालयद्वारा सञ्चालित देवकोटा कोषका लागि १ लाख रुपैयाँ रकमको आर्थिक सहयोग हस्तान्तरण गरेको थियो ।