सहारा दिन्छु भन्दै बसका सहचालकले दक्षिणकालीमा लगेर बलात्कार प्रयास गर्दा सन्तोषीको हत्या गरेको प्रहरी दाबी

काठमाडौं- दक्षिणकालीमा एक युवतीको बलात्कार प्रयासमा हत्या भएको प्रहरीले दाबी गरेको छ। २७ वर्षीय सन्तोषी सुब्बाको हत्या आरोपमा महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले सिन्धुपाल्चोकको साँगाचोकगढी-१४ घर भई दक्षिणकाली नगरपालिका-७ मा बस्ने २९ वर्षीय सुरेश तिमल्सिनालाई पक्राउ गरेको छ। सुरेश बसका सहचालक हुन्। उनले बलात्कार प्रयाश गर्दा सन्तोषीले प्रतिकार गरेपछि उनको हत्या गरेको भनी स्वीकार गरेको […]

सम्बन्धित सामग्री

लक्ष्मीको हत्यामा संलग्नको बयान : बलात्कार प्रयास गर्दा हल्ला हुने डरले मारें

मुगु : मृत अवस्थामा भेटिएकी मुगु उत्तरी सोरु गाउँपालिका–८ की ९ वर्षीया लक्ष्मी चौलागाईंको हत्यामा संलग्नलाई प्रहरीले सार्वजनिक गरेको छ।  अभियुक्तले हल्ला हुने डरले बलात्कारपछि बलात्कार प्रयास गरेको र हत्या गरेको बयान प्रहरीसमक्ष दिएका छन्।   घटनाबारे जानकारी दिन बुधबार आयोजित पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक चित्रबहादुर भट्टराईले लक्ष्मीको बलात्कार प्रयास गरिएको र बालिका चिच्याउँदा, कराउँदा हल्ला हुने डरले हत्या गरेको प्रहरीको अनुसन्धानबाट देखिएको ब...

होटलमा लगेर किशोरीलाई बलात्कार प्रयास, असफल भएपछि कुटपिट

राँझा । विद्यालयबाट घर फर्किंदै गरेकी १६ वर्षीय किशोरीलाई बलात्कार प्रयास असफल भएपछि कुटपिट गर्ने युवकलाई जिल्ला प्रहरी कार्यालय बाँकेले पक्राउ गरेको छ । बलात्कार प्रयास गर्दा किशोरीले नमानेपछि मराणाशन्न हुनेगरी कुटपिट गरेर फरार भएका नेपालगञ्ज उपमहानगरपालिका– ४ निवासी २० वर्षीय युवक जुनेद हल्वाइलाई प्रहरीले भारतबाट पक्राउ गरेको प्रहरी उपरीक्षक ओमबहादुर रानाले जानकारी दिनुभयो । उहाँका अनुसार नेपालगञ्जस्थित एक सामुदायिक विद्यालयमा कक्षा ९ मा पढ्ने किशोरीलाई हल्वाइले गत माघ १६ गते विद्यालयबाट फर्किरहेका अवस्थामा डर धम्की देखाइ स्थानीय एक होटलमा लगेर बलात्कार प्रयास गरेका थिए । किशोरीले प्रतिकार गरेपछि युवकले मरणाशन्न हुने गरी कुटपिट गरेका थिए । जुनियादको आक्रमणबाट गम्भीर घाइते भएकी ती किशोरीलाई नेपालगञ्जस्थित बालबालिकासम्बन्धी काम गर्ने संस्थाको सेल्टरमा राखेर उपचार गरिएको थियो । लामो समयसम्मको उपचारपछि केही दिनअघि मात्र ती बालिका घर फर्केकी छिन् । बालिकालाई बलात्कार–हत्या प्रयास गरेपछि जुनियाद फरार थिए । नेपालगञ्जबाट भागेर भारत पुगेका हल्वाइलाई नेपाल प्रहरीले भारतीय प्रहरीको सहयोगमा मङ्गलबार पक्राउ गरेर ल्याएको प्रहरी उपरीक्षक रानाले बताउनुभयो । प्रहरीले आज पत्रकार सम्मेलन गरेर युवकलाई सार्वजनिक गरेको हो । किशोरीमाथि भएको बलात्कार–हत्या प्रयासका दोषीलाई पक्राउ गरी कडा कानूनी कारवाही गर्नुपर्ने भन्दै नागरिक समाज, अधिकारकर्मी, विभिन्न संस्थाले आवाज उठाउँदै आएका थिए । घटनापछि किशोरीका परिवारले जिल्ला प्रहरी कार्यालयमा बलात्कार र हत्या प्रयास गरेको जाहेरी दिएको प्रहरी उपरीक्षक रानाले बताउनुभयो ।

भागरथीको बलात्कार र हत्या आरोपी दिनेश भट्ट सार्वजनिक

काठमाडौं । बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या आरोपमा पक्राउ परेका दिनेश भट्टलाई प्रहरीले आज (बुधबार) सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा आरोपीले भागरथीलाई घाँटी रेटेर हत्या गरेको र त्यसपछि बलात्कार प्रयास गरेको बयान दिएको सुदूरपश्चिमका प्रदेश प्रहरी प्रमुख डीआईजी उत्तमराज सुवेदीले बताउनुभयो । डीआईजी सुवेदीका अनुसार दिनेशले शुरुमा धकेलेर लडाएको अनि दुवै हातले घाँटी थिचेर हत्या गरेको स्वीकार गरेका छन् । हत्यापछि पाइन्ट घुँडासम्म तानेर बलात्कार गरेको अनुसन्धानबाट देखिए पनि निष्कर्षमा पुग्न बाँकी रहेको उहाँको भनाइ छ । डीआईजी उत्तमराज सुवेदीले पीडितको जाहेरी र प्रमाणका आधारमा पक्राउ गरिएको बताउनुभयो । घटनामा दिनेशको मात्रै संलग्नता पाइएको उहाँको भनाई छ । प्रहरीले त्रुटिरहित ढंगले अनुसन्धान गरेको सुवेदीको दाबी छ । अब फरेन्सिक ल्याब लगायत अन्य रिपोर्टहरु आएपछि थप तथ्यहरु बाहिर ल्याउने सुवेदीले बताउनुभयो । स्थानीय सनातन धर्म माध्यमिक विद्यालयको कक्षा–१२ मा अध्ययनरत् भागरथी गएको माघ २१ गते साँझसम्म विद्यालयबाट घर फर्केकी थिइनन् । उनी २२ गते बिहान कच्ची सडकको ५० मिटर भित्री क्षेत्रमा मृत अवस्थामा फेला परेकी थिइन् । अनुन्धानका क्रममा घटनामा दिनेशको संलग्नता खुलेपछि उनलाई हिजो पक्राउ गरिएको हो ।

भागरथी भट्टको बलात्कार-हत्या अभियोगमा सहपाठी पक्राउ, अपराध स्वीकार

काठमाडौं । बैतडीको दोगडाकेदार गाउँपालिका–७ कतोलाकी १७ वर्षीया भागरथी भट्टको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले उनकै एक सहपाठीलाई पक्राउ गरेको छ । भागरथी पढ्ने सनातन माध्यमिक विद्यालयमै कक्षा ११ मा पढ्ने १७ वर्षीया दिनेश भट्टलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार उनले अपराधसमेत स्वीकार गरिसकेका छन् । अभियुक्तलाई आज सार्वजनिक गर्ने प्रहरीले जनाएको छ । फुपुको बदला लिन पहिलेदेखि नै भागरथीको हत्या गर्ने योजना बुनेको अभियुक्तले प्रहरी समक्ष बयान दिएका छन् । दिनेश र भागरथीको परिवारबीच पहिलेदेखि नै बोलचाल नरहेको खुलेको छ । दिनेश २१ माघमा भागरथीको हत्या गर्नैकै लागि विद्यालयबाट अगाडि नै निस्केको अनुसन्धानबाट खुलेको छ। भागरथीको हत्या गर्नका लागि दुई घण्टा अघि नै विद्यालयबाट निस्केर बाटो ढुकेर बसेको प्रहरी समक्ष दिनेशले बयान दिएका छन् । भागरथी स्कूलबाट आएपछि लडाएर घाइते बनाएको र बलात्कार प्रयास गरेको अनि घाँटी थिचेर हत्या गरेको अभियुक्तले बताएको प्रहरी स्रोतले जनाएको छ । हत्याको दुई दिनसम्म चुपचाप लागेर बसेका दिनेश त्यसपछि भने उनको लागि न्याय माग्दै भएका प्रदर्शनमा सहभागी हुने गरेका थिए । दिनेशलाई अहिले जिल्ला प्रहरी कार्यालय बैतडीको हिरासतमा राखिएको छ । माघ २१ गते विद्यालयबाट घर नफर्किएकी दोगडाकेदार गाउँपालिका–७ कतोलाकी १७ वर्षीया भागरथी भट्टको अर्को साँझ घर नजिकै स्थानीय लबलेक सामुदायिक वनमा शव भेटिएको थियो ।

बलात्कार प्रयास असफल भएपछि १६ वर्षीय बालिकाको हत्या

बुटवल । केहीदिन अघि कपिलवस्तुको एक खोलामा मृत फेला परेकी १६ वर्षीया बालिकाको हत्यासँग जोडिएको रहस्य खुलेको छ । प्रहरीका अनुसार ती बालिकालाई एक युवाले बलात्कार गर्ने प्रयास असफल भएपछि हत्या गरेको खुलासा भएको हो ।शिवराज नगरपालिका वडा नम्वर–३, करमादीस्थित मनबहादुर रोकाकी १६ वर्षीया छोरी अस्मिता भन्ने दीपा रोका पुस १३ गते दिउँसो सोही स्थानको खोलामा मृत फेला परेकी थिइन् ।ईलाका प्रहरी कार्यालय चन्द्रौटाबाट खटिएको प्रहरी टोलीले गरेको अनुसन्धान अनुुसार ती बालिकालाई सोही नगरपालिका वडा नम्वर–४

बलात्कार प्रयास गरेको भन्दै महिलाद्वारा पुरुषको हत्या

दाङ उपमहानगरपालिकाका ६४ वर्षीय रोबरबहादुर खत्रीको हत्या गरेको आशंकामा प्रहरीले ४० वर्षीया एक महिलालाई पक्राउ गरेको छ। ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रकाश सापकोटाले ती महिलालाई नियन्त्रणमा लिएर अनुसन्धान भैरहेको जनाएका छन्। पक्राउ पछि प्रहरीसँगको बयानमा ती महिलाले आफूमाथि बलात्कारको प्रयास भएकाले प्रतिरक्षा गर्दा खत्रीको मृत्यु भएको बताएकी छन्। 'मलाई जबरजस्ती गर्न खोजेपछि मैले लात्ताले…