काठमाडौंमा हैजाका बिरामी बढेसँगै सतर्कता अपनाउन आग्रह, खानेपानीको गुणस्तर अनुगमन हुने

काठमाडौं : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपत्यकामा हैजाका बिरामी बढेसँगै सतर्कता अपनाउन आग्रह गरेको छ। मन्त्रालयले गर्मी तथा वर्षायाम सुरु भएसँगै हैजा, झाडापखाला जस्ता रोग फैलिरहेकाले सावधानी अपनाउन आग्रह गरेको हो। मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले हैजाको प्रकोप बढेकाले सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरिएको बताए। उनले खानेपानी, खाद्य पदार्थको गुणस्तर…