किमद्वारा  "अजेय" सैन्य शक्ति निर्माण गर्ने प्रतिज्ञा

उत्तर कोरियाली नेता किम जोङ  उनले हतियार प्रणालीको एक दुर्लभ प्रदर्शनीको समीक्षा गर्दै एक "अजेय" सैन्य शक्ति निर्माण गर्ने प्रतिज्ञा गरेका छन् ।  उक्त अवसरमा आफ्नो उक्त भनाइ पुष्टि गर्दै अमेरिकाले तनाव पैदा नगर्ने र उत्तर कोरिया सँग कुनै शत्रुता नभएको प्रमाणित गर्ने कुनै कदम नचालेको आरोप समेत लगाएका छन् ।वाशिंगटन र सियोलका बीच स्पष्ट संवादको सन्दर्भ उल्लेख गर्दै भनेका छन् उक्त सेना निर्माणका लागि उनको अभियान दक्षिण कोरिया वा अरू कतैतिर लक्षित छैन । उनले स्पष्ट भनेका छन् अब को

सम्बन्धित सामग्री

नेपालमा लगानी गर्ने इटालीका चेम्बर अफ कमर्शको प्रतिबद्धता !

काठमाडौं । इटालीको रोम चेम्बर अफ कमर्श एन्ड इन्डस्ट्री र मिलान चेम्बर अफ कमर्श एन्ड इन्डस्ट्रीका पदाधिकारीहरूले नेपालमा लगानी गर्ने प्रतिबद्धता जनाएका छन् ।  नेपाल इटाली चेम्बर अफ कमर्श (एनआईसीसीआई)का अध्यक्ष सञ्जय अग्रवाल नेतृत्वको नेपाली प्रतिनिधिमण्डलसँगको छुट्टाछुट्टै भेटमा चेम्बर अफ कमर्श एन्ड इन्डस्ट्रीका पदाधिकारीहरूले उक्त प्रतिबद्धता जनाएका हुन् ।  उक्त प्रतिनिधिमण्डलले गत भदौ १७–२३ सम्म इटालीको भ्रमण गरेको थियो । एनआईसीसीआईको लागि द्विपक्षीय सम्बन्धबारे छलफल गर्न र व्यापारका अवसरहरूको सम्भाव्यता अध्ययन गर्र्न उक्त भ्रमण गरिएको बताइएको छ । साथै नेपाल र इटालीबीच व्यापारिक र सांस्कृतिक सम्बन्ध निर्माण र विस्तारमा भ्रमण केन्द्रित रहेको एनआईसीसीआईद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।  रोम चेम्बर अफ कमर्श एन्ड इन्डस्ट्री र मिलान चेम्बर अफ कमर्श एन्ड इन्डस्ट्री व्यावसायिक सहयोगका लागि प्रख्यात छन् ।  भ्रमणका क्रममा एनआईसीसीआईको प्रनिनिधिमण्डलले रोमस्थित नेपालका लागि महावाणिज्य दूत पाओलो नुगारीसँग पनि छलफल गरेको थियो । सो अवसरमा उनले एनआईसीसीलाई इटाली सरकारको मान्यता दिलाउन सहयोग गर्ने प्रतिज्ञा गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।  नेपालमा विदेशी लगानी भित्र्याउन सरकारले चासो नदेखाएपछि आफूहरू सक्रिय भएको एनआईसीसीआईका अध्यक्ष अग्रवालले बताए ।   महावाणिज्य दूत नुगाराीले नै रोम चेम्बर अफ कमर्श एन्ड इन्डस्ट्री र मिलान चेम्बर अफ कमर्श एन्ड इन्डस्ट्रीका पदाधिकारीहरूसँग भेटको व्यवस्था मिलाइदिएको एनआईसीसीआईका अध्यक्ष अग्रवाल बताए ।

कांग्रेसको प्रतिज्ञा : ११ काम गर्ने, नौ काम नगर्ने

सङ्घीय संसद् र प्रदेशसभाले बनाउन बाँकी रहेका कानुन निर्माण र परिमार्जन गरी एक वर्षभित्र सङ्घीय प्रणालीलाई प्रभावकारी बनाउन आवश्यक संस्थागत संरचना बनाई प्रदेश र स्थानीय तहका क्षमता अभिवृद्धि गर्ने छौँ ।

मेटलाइफ फाउन्डेसनद्वारा नयाँ योजनाको घोषणा, १५० करोड डलर कोषको वाचा

मेटलाइफ फाउन्डेसनले आज विश्वभरका अल्पसेवा र न्यून प्रतिनिधित्व भएका समुदायहरूको आवश्यकतालाई सम्बोधन गरी समावेशी आर्थिक गतिशीलता सञ्चालन गर्ने उद्देश्य घोषणा गरेको छ । यस बहु–आयामी योजनाले मेटलाईफको २०३० विविधता, समता र समावेशिता प्रतिबद्धताहरूलाई बढावा दिने जनाएको छ । फाउन्डेशनले १५० करोड डलर कोषको वाचा गरेको छ र मेटलाइफले २०२१ र २०३० को बीचमा ऐतिहासिक रूपमा सीमान्तकृत व्यक्तिहरू र तिनीहरूका परिवारहरूलाई समर्थन गर्न ८००,००० कर्मचारी स्वयंसेवक घण्टाको प्रतिज्ञा गरेको छ । मेटलाइफ फाउन्डेसनको अनुदान निर्माण र प्रभाव लगानीहरू संयुक्त राष्ट्र दिगो विकास लक्ष्यहरू र तीन मुख्य पोर्टफोलियोहरूमा पङ्क्तिबद्ध गरिने फाउन्डेसनले उल्लेख गरेको छ  । आर्थिक समावेशीकरणः नयाँ अर्थतन्त्रमा प्रतिस्पर्धी हुनको लागि उच्च दक्षता र पुनः सीप गर्ने प्रतिभावित्तीय स्वास्थ्यः बजेट व्यवस्थापन, बचत, र क्रेडिट र लाभहरूमा पहुँचलाई एक उल्लेखनीय सम्पत्ति निर्माण योजनाको रूपमा सक्षम पार्दैबलियो समुदायहरूः स्वास्थ्य स्रोतहरूमा पहुँच विस्तार गर्दै, साथै जलवायु–केन्द्रित अनुदानहरू मार्फत वातावरणलाई दिगो र स्वस्थ बनाउनेमेटलाइफका कर्पोरेट मामिला प्रमुख र मेटलाइफ फाउन्डेसनका अध्यक्ष माइक जारकोनले भने, “१५४ वर्षदेखि मेटलाइफले आर्थिक सुरक्षा सिर्जना गरेर र हाम्रा स्रोतसाधनको फराकिलो प्रयोग गरेर हामीले सेवा गर्ने समुदायहरूमा सकारात्मक प्रभाव पारेको छ । मेटलाइफ फाउन्डेसनको अद्यावधिक फोकसको साथ, हामी विश्वभरका कमजोर र ऐतिहासिक रूपमा सीमान्तकृत समुदायहरूका लागि अझ बढी न्यायपूर्ण र विश्वस्त भविष्यलाई अगाडि बढाउने लक्ष्य राख्छौं ।“मेटलाइफ फाउन्डेसनले भनेको छ ' फाउन्डेसनका प्रयासहरूलाई मेटलाइफ कर्मचारी–संचालित स्वयम्सेवा र सीपमा आधारित प्रो–बोनो प्रोजेक्टहरूद्वारा बढाइनेछ जसले मेटलाइफका कर्मचारीहरूको प्रतिभालाई गैर–नाफामुखी संस्थाहरूको क्षमता विस्तार गर्न, अझ गहिरो प्रभावहरू प्रदान गर्दछ । २०२१ मा, मेटलाइफका २५,००० भन्दा बढी कर्मचारीहरूले ३७ देशहरूमा ६१,००० भन्दा बढी घण्टा स्वयम्सेवा गरे ।'मेटलाइफ फाउन्डेसनका अध्यक्ष तथा सीईओ र मेटलाइफमा कर्पोरेट गिविंग र कर्मचारी स्वैच्छिकताका प्रमुख टिया होजेसले भने, “मेटलाइफको प्रतिभालाई मेटलाइफ फाउन्डेसनको परोपकारी लगानीहरूसँग संयोजन गरेर, हामीले मेटलाइफका कर्मचारीहरूको समय, विशेषज्ञता र जोशलाई विश्वभरका समुदायहरूमा बल गुणक बन्नको लागि प्रयोग गरेर हाम्रो प्रभावलाई बढाउन सक्छौं ।“

सैन्य शक्ति निर्माण गर्ने किमको प्रतिज्ञा, अमेरिकाले तनावको सृजना गरिरहेको आरोप

सैन्य शक्ति निर्माण गर्ने किमको प्रतिज्ञा, अमेरिकाले तनावको सृजना गरिरहेको आरोप

सैन्य शक्ति निर्माण गर्ने किमको प्रतिज्ञा, अमेरिकाले तनावको सृजना गरिरहेको आरोप

सैन्य शक्ति निर्माण गर्ने किमको प्रतिज्ञा, अमेरिकाले तनावको सृजना गरिरहेको आरोप

उत्तर कोरियाली नेता किमद्वारा अजेय सैन्य शक्ति निर्माण गर्ने वाचा

उत्तर कोरियाली नेता किम जोङ उनले हतियार प्रणालीको एक दुर्लभ प्रदर्शनीको समीक्षा गर्दै एक ‘अजेय’ सैन्य शक्ति निर्माण गर्ने प्रतिज्ञा गरेका छन् । उक्त अवसरमा आफ्नो उक्त भनाइ पुष्टि गर्दै अमेरिकाले तनाव पैदा नगर्ने र उत्तर कोरिया सँग कुनै शत्रुता नभएको प्रमाणित गर्ने कुनै कदम नचालेको आरोप समेत लगाएका छन् ।

'अजेय' सैन्य शक्ति निर्माण गर्ने उत्तर कोरियाली नेता किमको घोषणा

उत्तर कोरियाली नेता किम जोङ उनले हतियार प्रणालीको एक दुर्लभ प्रदर्शनीको समीक्षा गर्दै एक 'अजेय' सैन्य शक्ति निर्माण गर्ने प्रतिज्ञा गरेका छन्।  सोमबार 'रक्षा विकास प्रदर्शनी-आत्मरक्षा २०२१'लाई  सम्बोधन गर्दै उक्त सेना निर्माणका...

सराङकोटमा धार्मिक पर्यटनको गुरुयोजना : पूर्वाधार निर्माण अघि बढाइँदै

पोखरा । पोखराको पर्यटकीय गन्तव्य सराङकोटमा धार्मिक पर्यटन प्रवद्र्धनका लागि शिव मन्दिर, दृश्यावलोकन केन्द्र (भ्यूटावर), गणेश मन्दिर निर्माणलगायत गुरुयोजनाको काम अघि बढेको छ । सराङकोट धार्मिक एवं पर्यटन क्षेत्र विकास समितिले गुरुयोजना निर्माण गरी समितिको स्वामित्वमा रहेको ५६ रोपनी जमिनमा धार्मिक तथा पर्यटकीय पूर्वाधार निर्माण अघि बढाएको हो । सराङकोटमा मानवबस्ती बसेदेखिबाट भैरव मन्दिरलगायतका मठमन्दिर निर्माण भएका र धार्मिक क्षेत्रका रूपमा विकास भएको बताइन्छ । एक दशकअघि त्यहाँ शिव मन्दिर निर्माणको अवधारणा अघि सारिएको थियो । अहिले शिव मन्दिर निर्माणको काम अन्तिम चरणमा पुगेको समितिका अध्यक्ष प्रेमबहादुर जिसीले बताए । उनका अनुसार ४० करोड लगानीमा बृहत् सराङकोट धार्मिक पर्यटन गुरुयोजना निर्माणको योजना रहेकामा हालसम्म २० करोड लगानी भएको छ । समितिले गुरुयोजना सफल बनाउन र आर्थिक स्रोत जुटाउन चार वर्षअघि महायज्ञ लगाएर ६ करोडभन्दा बढी रकम संकलन गरेको थियो ।      बृहत् साराङकोट धार्मिक पर्यटन गुरुयोजनामा विशाल महादेव मन्दिर, तीन तलाको शिव मन्दिर, हवन कुण्ड, भ्युटावर, बहुउद्देशीय सभाहल, प्रवेशद्वारलगायतका संरचना निर्माण रहेको छ । समग्र गुरुयोजनाको हालसम्म ७० प्रतिशत काम सकिएको बताइएको छ । ‘पर्यटकीय स्थलका रूपमा विकास भएको सराङकोटलाई यहाँको ऐतिहासिक र धार्मिक महिमासँग जोडेर धार्मिक पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने योजनाअनुसार गुरुयोजना निर्माण गरेर काम भइरहेको छ,’ समितिका अध्यक्ष जिसीले भने, ‘महानगर, प्रदेश, संघ सरकारसहित यहाँका विभिन्न संघसंस्था र सराङकोटवासीको लगानी र प्रयासबाट यसलाई आगामी एक वर्षभित्र पूरा गर्दछौं ।’ समितिअन्तर्गत नै विशाल बुद्ध मन्दिर निर्माण गर्न मुस्ताङका आरडी विष्टले १५ करोड उपलब्ध गराउने प्रतिज्ञा गरे पनि जमीन यकीन नहुँदा अहिलेसम्म काम अघि बढ्न नसकेको र छिट्टै सो कार्य पनि अघि बढाइने समितिले बताएको छ । शिव मन्दिरका लागि १० करोड लगानी हुने अनुमान समितिको छ । भ्यूटावर निर्माणका लागि हालसम्म प्रदेश सरकारबाट विभिन्न चरणमा  ९० लाख लगानी भएको बताइएको छ । भ्यूटावरको संरचनाको काम सकिएको छ । यसैगरी सभाहलको माथिल्लो तलालाई संग्रहालयको रूपमा विकास गर्ने योजना रहेको पूर्वाधार निर्माण समितिका सचिव कृष्ण थापाले जानकारी दिए । रासस