ट्रयाक्टरको ठक्करबाट किशोरको मृत्यु

झापाको अर्जुनधारा नगरपालिका–५ स्थित ओमचोकको भित्री सडकमा ट्रयाक्टरको ठक्करबाट बुधवार १ किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्जुनधारा नगरपालिक–१ का १४ वर्षीय पुनित दास रहेका प्रहरीले जनाएको छ । प्र–१–०२–००३ त २१०९ नम्बरको ट्रयाक्टरबाट लड्दा उनलाई सोही ट्रयाक्टरको पछाडिको ट्रलीको दाहिने पट्टिको चक्काले च्याप्दा घटनास्थलमै मृत्यु भएको हो । ट्रयाक्टर चालक सोही वडाका २२ वर्षीय युवराज खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।