काठमाडौं : दुई वर्षअघि प्रदर्शनमा आएको नेपाली फिल्म 'सेल्फी किङ'ले हलमा खासै दर्शक तान्न सकेन। विपिन कार्कीको मुख्य भूमिका रहेको फिल्मले समीक्षकबाट पनि अपेक्षाकृत प्रतिक्रिया पाएन। हलमा प्रदर्शन हुँदा दर्शक तान्न नसेकेको फिल्मले बलिउडका निर्देशकलाई भने आकर्षण गरेको छ। सेल्फी किङबाट प्रभावित भएर भारतीय निर्देशक सन्दीप रेड्डी भांगाले आफ्नो नयाँ फिल्म ‘एनिमल’का लागि विपिन कार्कीलाई प्रस्ताव गरेका छन्। विपिन एनिमलमा देखिने लगभग पक्का भए पनि निर्माण टोलीसँग लिखित स