इलाम : ४ दशकभन्दा लामो समय भारतीय जेलमा बिताएका इलाम माई नगरपालिका–१० लुम्बकका ६१ वर्षीय दुर्गाप्रसाद तिम्सिनाको स्वास्थ्य अवस्था बिग्रँदै गएको छ।चैत्र ८ गते घर फर्किएका दुर्गाप्रसादको पटक पटक स्वास्थ्य उपचार गरे पनि सुधार आउन सकिरहेको छैन। घर ल्याएपछि स्वास्थ्य अवस्था सुधार हुँदै आएको थियो। तर पछिल्लो केही सातादेखि स्वास्थ्य असामान्य बन्दै गएको उनका भतिज गोपाल तिम्सिनाले बताए।‘शारीरिक अवस्था ठिकै छ। चिकित्सकले बिस्तारै मानसिक अवस्था ठीक हुन्छ भनेका थिए। तर मानसिक अवस्था झनै बिग्रिँद