हिमालयन–इन्भेष्टमेन्टको मर्जर प्रक्रिया : ३७ प्रतिशत सेयरधनीले जनाए अब्जेक्सन

दुई वाणिज्य बैंक ‘हिमालयन बैंक लिमिटेड’ र ‘नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड’ को मर्जर प्रक्रिया त्यसै तुहिने संकेत गरेको छ । बैंक मर्जरका लागि भएको लामो प्रयाससँगै ड्यू डिलिजेन्स अडिट (डीडीए) समेत भइसकेको अवस्थामा डीडीएमै गडबडी गरेको आशंकामा मर्जर प्रक्रिया भाँडिने संकेत गरेकोे हो ।सोही सम्बन्धमा हिमालयन बैंकका ३७ प्रतिशत संस्थापक सेयरधनीले मर्जरको विरुद्धमा अब्जेक्सन जनाउँदै बैंकलाई पत्र पठाएका छन् । हिमालयन बैंकको संस्थागत लगानीकर्ता कर्मचारी सञ्चय कोष, छायाँ इन्टरनेशनल

सम्बन्धित सामग्री

२७ वैशाखबाट आइएमई जनरल र प्रुडेन्सियलको एकीकृत कारोबार हुँदै

आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले मर्जर प्रक्रिया पूरा गरेर २७ वैशाखबाट एकीकृत कारोबार गर्ने भएका छन् । गत २७ माघमा यी दुई कम्पनीले एक–आपसमा मर्ज हुने प्रारम्भिक सहमति गरेका थिए ।...

‘पुस मसान्तसम्ममा मर्जर प्रक्रिया सक्छौं’

पछिल्लो समय नेपालको बिमा क्षेत्रमा नयाँ बिमा कम्पनीहरू थपिएसँगै बिमाको पहुँच र विस्तार बढेको छ । तथ्यांकअनुसार नेपालमा बिमाको पहुँच ४१ प्रतिशत पुगेको छ । जीवन बिमा बजारमा कम्पनीहरूले विभिन्न आकर्षित योजना ल्याएका छन् । पछिल्लो ४ वर्षमा बिमाको पहुँच दोब्बरले वृद्धि भएको रिलायन्स लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत राकेश पोखरेको भनाइ छ । १ […]

मर्जर प्रक्रिया सकेर २ लघुवित्तको शेयर सुचिकृत, कारोबार फुकुवा

मर्जर प्रक्रिया सकेका २ वटा लघुवित्तको शेयर नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सुचिकृत भएको छ ।  आरम्भ चौतारी लघुवित्तले देउराली लघुवित्तलाई  गाभेपछि आराम चौतारीको नाममा हुन आएको शेयर तथा नेपाल सेवा लघुवित्त र विन लघुवित्त मर्ज भई विन नेपाल लघुवित्तको नाममा हुन आएको शेयर नेप्सेमा सुचिकृत भएको हो। साविकको नेपाल सेवा लघुवित्त वित्तीय संस्था लिमिटेड र विन लघुवित्त वित्तीय संस्था लिमिटेड एकआपसमा गाभ्ने/गाभिने (मर्जर) गर्दा १:०.७५ को अनुपातमा कायम हुन आएको) प्रति शेयर अंकित तथा चुक्ता मूल्य रु. १००।- दरको शेयर क्रम संख्या १ देखि ७,२४,४६३ सम्मको कुल ७,२४,४६३ कित्ता साधारण शेयर धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम स्टक एक्सचेञ्ज लिमिटेडमा कारोवार हुन सक्ने गरी  सूचीकरण भएको हो । यस संगै मर्जर प्रयोजनका लागि रोक्का राखिएको उक्त कम्पनीको धितोपत्रको दोस्रो बजार कारोबार फुकुवा भएको छ। थप सूचीकरण भएको १,०९,४६२.५०५ कित्ता साधारण शेयर र यस भन्दा अघि सूचिकृत ६,१५,००० कित्ता समेत गरी कुल सूचीकृत ७,२४,४६३ कित्ता शेयर भएको छ। कम्पनीको शेयर WNLB सिम्बल बाट कारोबार हुने छ ।त्यस्तै आरम्भ चौतारीले नेप्सेमा सुचिकृत नभएको साविकको देउराली लघुवित्त वित्तीय संस्था लिमिटेडलाई १:०.८४ को अनुपातमा प्राप्ति (एक्विजिशन) गर्दा कायम हुन आएको प्रति शेयर अंकित तथा चुक्ता मूल्य रु. १००।- का दरको क्रम संख्या २८,६७,६३२ देखि ३०,६९,२३२ सम्मको कुल २,०१,६०० कित्ता साधारण शेयर धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम नेप्सेमा कारोवार हुन सक्ने गरी सूचीकरण भएको हो  । हाल सूचीकरण भएका २,०१,६०० कित्ता शेयर र यस भन्दा अघि सूचीकृत २८,६७,६३१ कित्ता शेयर समेत गरी कुल सूचीकृत शेयर ३०,६९,२३२ कित्ता हुनेछ ।

मर्जर असफल भएपछि हिमालयन र इन्भेस्टमेन्टले ३ वर्षसम्म लाभांश बाँड्न पाउँदैनन्

काठमाडौँ- हिमालयन बैंक र नेपाल इन्भेस्टमेन्ट बैंकबीच मर्जर प्रक्रिया असफल भएपछि यी दुवै बैँकले तीन वर्षसम्म लाभांश वितरण गर्न नपाउने भएका छन्। मर्जर प्रक्रिया अन्तिम समयमा असफल भएपछि नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० अनुसार दुवै बैंकमाथि कारबाही प्रक्रिया अघि बढाउनुका साथै ३ वर्षसम्म लाभांश पनि दिन नपाउने राष्ट्र बैँकका एक अधिकारीले जानकारी दिए। […]

नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकबीचको मर्जर प्रक्रिया विफल!

काठमाडौँ। नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकबीचको मर्जर प्रक्रिया विफल भएको छ। हिमालयन बैंकको संचालकबीच भनाभन भएपछि इन्भेष्टमेन्टसँगको मर्जर प्रक्रिया विफल भएको हो। शुक्रबार बसेको हिमालयन बैंक वार्षीक साधारणसभाले इन्भेष्टमेन्ट बैंकसँगको मर्जर प्रस्ताव अस्वीकृत गरेको हो।

हिमालयन र इन्भेष्टमेन्ट बैंकबीचको मर्जर प्रक्रिया भाँडियो

हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीचको मर्जर प्रक्रिया भाँडिएको छ ।

किन असफल भयो इन्भेस्टमेन्ट र हिमालयन बैँकबीचको मर्जर प्रक्रिया?

काठमाडौँ– हिमालयन बैंक लिमिलेट र नेपाल इन्भेस्टमेन्ट बैँकबीचको मर्जर प्रक्रिया असफल भएसँगै एउटा ठूलो र शक्तिशाली बैँकको उदय अहिलेका लागि रोकिएको छ। हिमालयन बैंकको बार्षिक साधारणसभाले शुक्रबार इन्भेस्टमेन्टसँगको मर्जर प्रस्ताव अस्वीकृत गरेको हो। साधारण सभामा उपस्थित सदस्यहरुमध्ये ६४ प्रतिशत मर्जरका पक्षमा रहे पनि ३६ प्रतिशतले यसको विपक्षमा राय दिएका थिए। मर्जरको विशेष प्रस्ताव स्वीकृत हुन ७५ […]

असफल भयो हिमालयन र इन्भेस्टमेन्ट बैँकबीचको मर्जर प्रक्रिया

काठमाडौँ– हिमालयन बैंक लिमिलेट र नेपाल इन्भेस्टमेन्ट बैँकबीचको मर्जर प्रक्रिया असफल भएको छ। हिमालयन बैंकको बार्षिक साधारणसभाले शुक्रबार इन्भेस्टमेन्टसँगको मर्जर प्रस्ताव अस्वीकृत गरेको हो। मर्जर विशेष प्रस्ताव स्वीकृत हुन ७५ प्रतिशत सेयर सदस्यहरुको मत प्राप्त हुनुपर्ने भएकामा प्राप्त नभएको हो। हिमालयन बैँक स्रोतका अनुसार अधिकांश सदस्यहरु मर्जरको विपक्षमा देखिएका थिए। हिमालयन र इन्भेस्टमेन्ट बैँकबीच ३० वैशाख […]

स्वस्तिक र समाज लघुवित्त मर्जर प्रक्रिया अघि नबढ्ने निष्कर्ष

भदौ १७, काठमाडौं । समाज लघुवित्त वित्तीय संस्था लिमिटेड र स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेड मर्जरमा नजाने भएका छन् ।  समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको भदौ १६ गते बसेको सञ्चालक समितिको बैठकले मर्जर प्रक्रिया अघि बढाउन नसकिने निर्णय गरेको हो । यी दुई कम्पनी बीच २०७७ साल असोज ५ गते मर्जरका लागि प्रारम्भिक सम्झौता भएको थियो ।  समाज लघुवित्तले २०७८ साल जेठ ११ गते मर्जर प्रस्ताव पारितका लागि विशेष साधारण सभा बोलाएको थियो । उक्त सभामा गणपूरक संख्या नपुगेपछि असार १० गते पुनः दोस्रो पटक विशेष साधारण सभा बोलाइएको थियो ।  दोस्रो पटकको विशेष साधारण सभामा २५ प्रतिशत प्रतिनिधित्वलाई गणपूरक मानिने व्यवस्था बमोजिम कुल शेयरको ५५ दशमलव ४९ प्रतिशतको उपस्थिति रहेको थियो ।  उक्त सभामा कुल उपस्थितिको ६६ दशमलव ६७ प्रतिशत तथा कुल शेयरपूँजीको ३७ प्रतिशत शेयरधनीहरुबाट केन्द्रीय कार्यालय बर्दिबास महोत्तरीमा नभई साविकको स्वस्तिक लघुवित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालय लहानमा राख्ने भएकाले स्वस्तिक लघुवित्त वित्तीय संस्थासँगै मर्जर गर्न नसकिने राय बहुमतबाट प्राप्त भएको कम्पनीको भनाइ छ ।  तत्पश्चात पुनः मर्जर प्रक्रियालाई अगाडी बढाउनका लागि नेपाल राष्ट्र बैंकका पदाधिकारीको राय सल्लाहबमोजिम शेयरधनीहरुसँग आन्तरिक छलफल तथा परामर्शसमेत गरेको कम्पनीले अन्तत : सकारात्मक निष्कर्ष नआएकाले मर्जर प्रक्रिया अघि नबढाउने निर्णय गरेको हो । यी दुई कम्पनी बीच १ बराबर १ को अनुपातमा शेयर आदानप्रदान गर्ने गरी मर्जरमा जाने सहमति भएको थियो ।