जिम्मेवार बन्ने बेला

नेपालको अर्थतन्त्रका परिसूचकहरूमा नकारात्मक संकेत देखिएको लामै समय भए पनि अहिले आएर विदेशी विनिमय सञ्चिति घटेपछि सरकार आयात नियन्त्रणतर्फ लागेको छ । श्रीलंकाको आर्थिक संकटको समाचारबाट त्रस्त आमनागरिकलाई सरकारले विश्वस्त पारेर अर्थतन्त्रको लय भत्किन नदिन पर्नेमा उल्टै आतंकित बनाउने काम गरेको छ जसले गर्दा समस्या थप जटिल बन्दै जाने देखिन्छ । एकातिर संकट आइसकेको जस्तो गर्नु र अर्कातर्फ संकटमोचनका उपाय चाहिँ समाधान गर्ने खालको भन्दा पनि थप जटिलता निम्त्याउने खालको हुनु अझ गम्भीर समस्या हो । अर्थ मन्त्रालयमा अर्थतन्त्रको गहिराइ बुझेको र त्यसलाई सम्बोधन गर्न सक्ने व्यक्ति नेतृत्वमा हुनुपर्छ । त्यसो भएमा उसले अर्थतन्त्रको कुन चरमा समस्या आएको हो त्यसअनुसार उपचारको नीति तय गर्न सक्छ । अर्थतन्त्र संकटतर्फ लागिसकेको भन्ने दृष्टिकोणले राष्ट्र बैंकले विदेशी विनिमय सञ्चिति जोगाउन कडा नीति लिन थालेको छ । उता योजना आयोगका उपाध्यक्षले हल्ला गरिएजस्तो संकट आएको छैन भन्ने आशयका अभिव्यक्ति दिएको पाइन्छ । अझ अचम्म अर्थतन्त्रको मूल चाबी लिएको अर्थ मन्त्रालयले आफू गम्भीर भएको भन्नेबाहेक ठोस कदम चालेको देखिँदैन । यसरी सरकारी संयन्त्रबीच नै समान दृष्टिकोण र समन्वयको अभाव देखिन्छ । राष्ट्र बैंक आफै पनि समस्याको गम्भीरताप्रति परिपक्व दृृष्टिकोण बनाउन सकेको अनुभव हुँदैन । अहिलेको अवस्थामा सरकारको पहिलो काम आमनागरिकलाई आफ्नो अर्थतन्त्रप्रति विश्वस्त पार्नु हो । संकट आउनै लागेको भए पनि हल्ला गर्नुभन्दा त्यो चुनौतीलाई कसरी सामना गर्ने हो त्यो कार्यक्रम बनाएर कार्यान्वयन गर्नु हो । सरकारले नियन्त्रणका कार्यक्रम ल्याउनु भन्दा सरकार आफैले खर्च कटौती गरेर उदाहरणीय बन्नु पर्ने हो । संकटको लक्षण देखिइसकेपछि त्यसको अध्ययन गरेर सुधारका कदम चाल्नु पर्ने हो तर यसमा सरकार चुकेको छ । विदेशी मुद्रा सञ्चितिमा मात्रै दबाब परेको हो कि अर्थतन्त्रका अन्य अवयवहरू पनि त्यतिकै संकटमा परेको हो भन्ने स्पष्ट छैन । बैंकहरूमा तरलताको अभाव आजको समस्या होइन, यो त दशकौंदेखि यस्तै देखिँदै आएको छ । त्यसैले अर्थ मन्त्रालयले तथ्यांकहरूको विश्लेषण गरेर अर्थतन्त्रको चिरफार गरी औषधि गर्न लागिहाल्नुपर्ने हो । विप्रेषण आयमा मुलुकको अर्थतन्त्रले गति लिएको तथ्य सबैसामु छर्लङ्ग नै छ । विप्रेषणमा मात्र भर पर्दा जुनसुकै बखत समस्या आउँछ र त्यसका लागि विकल्प खोज्नुपर्छ भन्ने आवाज उठेको दशकभन्दा बढी भइसकेको छ । तर, सरकार विप्रेषण आय र त्यसरी भित्रिएको डलरबाट बढेको आयात राजस्वमा दंग परेर बस्यो । मुलुकभित्र उत्पादन शिथिल बन्दै गए पनि आर्थिक वृद्धिदरको आँकडा बढाएर सफलताको पगरी गुथ्न अर्थमन्त्रीहरूबीच प्रतिस्पर्धा नै चलेको थियो भन्न सकिन्छ । विप्रेषण नभित्रिएर मात्रै अर्थतन्त्रमा समस्या आएको हो भने तत्कालका लागि बढी विप्रेषण भित्र्याउने विभिन्न उपाय हुन सक्छन् । बंगलादेशमा १ लाख रुपैयाँ विप्रेषण भित्रियो भने सरकारले त्यसमा रकम थपेर दिन्छ । त्यसो भएपछि औपचारिक प्रणालीबाट विप्रेषण भित्रिन्छ । विप्रेषण कम भित्रिएकामा कोकोहोलो मच्चाउने सरकारले ऋण गरेर विदेश गएका कामदारको पक्षमा कति काम गरेको छ भन्ने कुरा उठ्नु स्वाभाविक हो । सरकारले उनीहरूलाई दिएको हैरानीको लेखाजोखा त्यति सहज छैन । त्यसैले उनीहरूलाई आग्रह गर्नुको अर्थ हुँदैन । अर्थ मन्त्रालयमा अर्थतन्त्रको गहिराइ बुझेको र त्यसलाई सम्बोधन गर्न सक्ने व्यक्ति नेतृत्वमा हुनुपर्छ । त्यसो भएमा उसले अर्थतन्त्रको कुन चरमा समस्या आएको हो त्यसअनुसार उपचारको नीति तय गर्न सक्छ । अहिलेको अवस्थामा सरकारसँग वास्तविक विज्ञहरूको टोली बनाएर काम गर्न सक्ने अर्को सुविधा पनि बाँकी नै छ । तर नेपालमा विज्ञको नाममा आफ्ना कार्यकर्ता भर्ती गर्ने र जागीर खुवाउने प्रचलन छ । फेरि पनि त्यस्तै गरियो भने त्यो कदम थप प्रत्युत्पादक हुनसक्छ । आफ्नो विद्वत्ता देखाउने हिसाबले गरिने तर्क र बहसलाई भन्दा देशको वास्तविकतालाई समेट्ने खालका नीति तय गर्न सक्ने समूहलाई यस्तो जिम्मेवारी दिइनुपर्छ । उनीहरूले समस्याको सूक्ष्म अध्ययन गरेर दिएका सुझावलाई कडाइका साथ कार्यान्वयन गरे समाधान त्यति कठिन देखिँदैन । अतः अर्थतन्त्रलाई थप क्षति हुन नदिन तथा देशभित्र नै उत्पादन बढाउन आवश्यक रणनीति तय गर्न विशेष कदम जरुरी छ । त्यो कदम चाल्न ढिला गरियो भने मुलुक समस्याको भुँवरीमा नफस्ला भन्न सकिँदैन ।

सम्बन्धित सामग्री

विश्वप्रकाशले भने- प्रश्न कांग्रेस कस्तो बन्ने र नेता को बन्ने भन्ने होइन

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेस कस्तो बन्ने भन्दा पनि समाजको असन्तुष्टिको कारण खोज्नुपर्ने र यसका लागि कांग्रेस महासमिति बैठकले यी प्रश्नहरुको जवाफ दिनसक्ने बताएका छन्। कांग्रेसका देउवाइतर नेता डा. शेखर कोइरालाले बोलाएको बैठकमा अनुपस्थित रहने भएका शर्माले कांग्रेस कस्तो बन्ने र कांग्रेसमा को बन्नेभन्दा पनि महत्वपूर्ण प्रश्न समाजमा देखिएको असन्तुष्टि रहेको बताए। उनले […]

जुम्लाको लोठचौरमा हाईअल्टिच्युट ट्रेनिङ्ग सेन्टर बन्ने

जुम्लाको पातारासी गाउँपालिकाको लोठचौरमा हाईअल्टिच्युट ट्रेनिङ्ग सेन्टर बन्ने भएको छ । पातारासी गाउँपालिका ३ लोठचौरमा निर्माण हुने हाईअल्टिच्युट ट्रेनिङ्ग सेन्टरको बन्ने भएको गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाले बताइन्।...

जुम्लाको लोठचौरमा हाईअल्टिच्युट ट्रेनिङ्ग सेन्टर बन्ने

जुम्लाको पातारासी गाउँपालिकाको लोठचौरमा हाईअल्टिच्युट ट्रेनिङ्ग सेन्टर बन्ने भएको छ । पातारासी गाउँपालिका ३ लोठचौरमा निर्माण हुने हाईअल्टिच्युट ट्रेनिङ्ग सेन्टरको बन्ने भएको गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाले बताइन्।...

मन्त्री बन्ने चाहना छैन : विश्वप्रकाश शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अहिले नै मन्त्री बन्ने चाहना नभएको बताउनुभएको छ । नेपाली कांग्रेस झापा क्षेत्र नं १ काठमाडौँ सम्पर्क समितिले आज यहाँ आयोजना गरेको ‘सम्मान समारोह’मा बोल्दै उहाँले सबैले निर्वाचन जितेपछि मन्त्री बन्ने आकाङ्क्षा राख्ने गरे पनि आफूमा मन्त्री बन्ने कुनै आकाङ्क्षा नरहेको स्पष्ट पार्नुभएको हो । उहाँले मन्त्री बन्नेभन्दा पनि दूरदराजमा […]

मन्त्री बन्ने चाहना छैन : महामन्त्री शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अहिले नै मन्त्री बन्ने चाहना नभएको बताएका छन्  । नेपाली कांग्रेस झापा क्षेत्र नं १ काठमाडौँ सम्पर्क समितिले आज यहाँ आयोजना गरेको ‘सम्मान समारोह’मा बोल्दै उनले सबैले निर्वाचन जितेपछि मन्त्री बन्ने आकाङ्क्षा राख्ने गरे पनि आफूमा मन्त्री बन्ने कुनै आकाङ्क्षा नरहेको स्पष्ट पारेका हुन् ।उनले मन्त्री बन्नेभन्दा पनि दूरदराजमा रहेका आम नागरिकको भावनाअनुसार काम गर्ने विषय आफ्नो पहिलो प्राथमिकतामा भएको उल्लेख गरे । उनले कुनै बेला एक्लै दुई

प्रधानमन्त्री भन्दा राष्ट्रपति को बन्ने भन्ने महत्वपूर्ण छ : महामन्त्री शर्मा

२ पुस, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अहिले प्रधानमन्त्री भन्दा पनि राष्ट्रपति को बन्ने भन्ने विषय महत्वपूर्ण रहेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले अहिले गठबन्धनबाट प्रधानमन्त्री बन्ने भएकाले दुई वर्षलाई मात्र हुने बताए । ‘अहिले प्रधानमन्त्री को बन्ने भन्ने विषय जति महत्वपूर्ण छ, त्यो भन्दा धेरै महत्वपूर्ण विषय राष्ट्रपतिको […]

‘आरआरआर’ को सिक्वेल बन्ने

जुनियर एनटीआर र राम चरण स्टारर फिल्म ‘आरआरआर’ को सिक्वेल बन्ने भएको छ । विश्वव्यापी चर्चा कमाउन सफल फिल्मको सिक्वेल निर्णय निर्देशक एसएस राजामौलीले गरेका हुन् । राजमौलीले ‘आरआरआर २’ बन्ने सार्वजनिक गरेपनि फिल्मको विषयमा अन्य जानकारी दिएका छैनन् । राजामौली अहिले ओस्कर समारोहका लागि अमेरिकामा छन् । अमेरिकामा आरआरआरको प्रदर्शन कार्यक्रममा सहभागी भइरहेका छन् । यस अवसरमा उनलाई प्रश्न सोधिएको थियो । ‘आरआरआर’ को सिक्वेल बनाउने सोचमा हुनुहुन्छ ? यसबारे उनले

को हुन् फिल्म बन्ने फुटबलर अञ्जिला ?

महिला राष्ट्रिय टोली तथा एपिएफकी गोलकिपर अञ्जिला तुम्बापो सुब्बाको कथामा फिल्म बन्ने घोषणा भएको छ ।  काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै  उनको वास्तविक कथामा आधारित हुने फिल्मको नाम ‘अञ्जिला’ फिल्म बन्ने घोषणा गरिएको हो । अञ्जिलाले फिल्ममा आफ्नो भूमिका उनी आफैँले निर्वाह गर्ने भएकी छन् ।  मिलन चाम्सको निर्देशनमा बन्ने फिल्ममा अन्जिलासँगै दयाहाङ राई, सृजना […]