पहाडी क्षेत्रमा पनि सर्पदंश उपचारको व्यवस्था गर्न माग

चैत २७ गते शुक्रवार बाग्लुङको मूलपानीमा भेटिएको गोमन सर्प (किङ कोब्रा)लाई सर्प संरक्षण टोलीले सुरक्षित स्थानमा पठायो । उक्त सर्प गाउँ नजिकै छाडिएकाले फेरि फर्केर गाउँमा आउन सक्ने भन्दै स्थानीयवासी त्रसित छन् । गोमन सर्पले टोकेमा ३० मिनेटमा मानिसको मृत्यु हुन्छ । त्यस्तो विषालु सर्प बस्तीदेखि टाढा लैजानुपर्ने स्थानीयवासी रस्मी गौतमले बताइन् । “घरैमा आएको सर्प फेरि नआउला भन्न सकिँदैन, अन्यत्रै लगिदिएको भए हुने थियो, नजिकै छाडिँदा डर लागेको छ”, उनले भनिन् । विषालु सर्प कसरी आयो भन्ने यकिन नभएको उनले बताइन् । ...