‘सेटिङमा ठेक्का’ अध्यक्षलाई दुई करोड कमिशन !

अछाम : अछामका दुई वटा गाउँपालिकाले सेटिङमा ठेक्का पार्न अस्पताल भवन निर्माणको बोलपत्र आह्वान गरेको आरोप लागेको छ।रामारोशन र मेल्लेख गाउँपालिकाले सेटिङमा ठेक्का पार्न अनावश्यक शर्त राखेर बोलपत्र आह्वान गरेको निर्माण व्यवसायीहरूले आरोप लगाएका हुन्। दुवै गाउँपालिका अध्यक्षले काठमाडौंका तीनवटा निर्माण कम्पनीसँगको मिलेमतोमा प्रतिठेक्का पाँच प्रतिशतले हुन आउँने रकम कमिशन लिने र उनीहरूले नै पाउने गरी बोलपत्रमा शर्त राखिएको आरोप पनि निर्माण व्यवसायीको छ।दुवै ठेक्का गरी ४० करोडभन्दा बढी बजेट छ।

सम्बन्धित सामग्री

मन्त्री किराती हवाईजहाजमा १८ करोड कमिशन खाने दाउमा छन् : रामहरि खतिवडा

काठमाडौँ : नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले सस्तो लोकप्रियताका लागि काम गरिरहेको बताएका छन्।आइतवारको प्रतिनिधिसभाको बैठकमा उनले थ्रि हन्ड्रेड जी जहाज किनेर १८ करोड रुपैयाँ कमिशन खाने काममा मन्त्री किराती लागेको आरोप लगाएका हुन्।उनले पर्यटनमन्त्रीले नेपाल एयरलाइन्सलाई के गर्न खोज्नुभएको हो भन्दै प्रश्न गरे। उनले जहाज किन्न नसक्ने अवस्था रहेको बेलामा जहाज किन्नु कति जायज हो भन्दै सोधे।उनले उत्पादन नै बन्द भइसकेका जहाज ल्याएर नेपाल एयरल

पहिलो त्रैमासमा अभियान लघुवित्त रू. २ करोड ८३ लाख खुद नोक्सानीमा, यस्तो छ कारण

काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्ष (आव)को पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनी चालू आवको पहिलो त्रैमासमा रू. २ करोड ८३ लाखभन्दा बढी नोक्सानीमा छ । गत आवको सोही अवधिमा भने कम्पनी रू. ३ लाख १५ हजार नाफामा थियो । चालू आवमा कम्पनीको खुद ब्याज आम्दानी र खुद फि कमिशन तथा आम्दानी घटेकाले नोक्सानीमा गएको हो । गत आवको तुलनामा चालू आवमा कम्पनीको खुद ब्याज आम्दानी ४० दशमलव ९९ प्रतिशत र खुद फि कमिशन ५८ दशमलव ६९ प्रतिशत घटेको छ ।  चालू आवमा कम्पनीको सञ्चालन नाफा रू. २ करोड ८३ लाख ऋणात्मक छ । कम्पनी नोक्सानी भएसँगै प्रतिशेयर आम्दानी पनि ४५ रुपैयाँ ३७ पैसा ऋणात्मक छ । गत आवको यसै अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ५१ पैसा छ । चालू आवमा कम्पनीको प्रतिशेयर नेटवर्थ ९९ रुपैयाँ ६० पैसा छ ।  चुक्ता पूँजी रू. २५ करोड रहेको कम्पनीले जगेडामा रू. ५ करोड ४९ लाख सञ्चिति गरेको छ । रिटेन्ड अर्निङ भने रू. ५ करोड ५९ लाख ऋणात्मक छ ।  सूचना हेर्न यहाँ क्लिक गर्नुहोस्

कोरोनाको सङ्क्रमण बढेपछि चीनको छङ्तु शहरमा लकडाउन

कोरोनाको सङ्क्रमण बढेपछि चीनको छङ्तु शहरमा फेरि लकडाउन गरिएको छ । त्यहाँको प्रशासनले अति आवश्यक काम नपरेसम्म सर्वसाधारणलाई घरबाहिर ननिस्कन आग्रह गरेको छ । लकडाउनका कारण छङ्तु शहरका २ करोड भन्दा धेरै मानिस घरबाहिर निस्कन नपाउने भएका छन् । छङ्तुका हेल्थ कमिशन निर्देशक याङ चियोङले सङक्रमण दर तीव्र रुपमा फैलिरहेको र जोखिम उच्च रहेको बताउनुभएको छ । साथै जोखिम क्षेत्रहरु बढ्न थालेकाले खाना र सामान प्याकिङ गरेर लैजानेबाहेक अन्य गतिविधि बन्द गरिएको छ । छङ्तुमा पछिल्लो २४ घण्टामा १ सय ५६ जनामा कोरोना संङक्रमण पुष्टि भएको...

कमिशन दिलाउन नसकेपछि आफैँले नियुक्ति गरेका हाकिमलाई मन्त्री आलेद्वारा कुटपिट

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले विवादास्पद छविका युवराज अधिकारीलाई नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्ष नियुक्त गरेका थिए । २०७८ कार्तिकमा मन्त्री आलेले निगमकै पूर्व कर्मचारी अधिकारीलाई नियुक्ति दिलाएका थिए ।त्यतिबेला नै गलत व्यक्तिलाई निगमको कार्यकारी अध्यक्ष बनाएको भन्दै आलोचना भएको थियो । तर, मन्त्री आलेले यस सम्बन्धमा सार्वजनिक मञ्चमा कतै बोलेनन् ।ठूलो रकम हत्याउने सेटिङमा ल्याईएका अधिकारीसँगै मन्त्री आलेको सम्बन्ध चिसिन थाल्यो । नयाँ जहाज खरिद, ग्राउण्डेड भएका चिनियाँ जहाँज (जुन चलाईयो भने निगमले दैनिक करोडौँ घाटा ब्यहोर्नुपर्नेछ)लाई उडान गराउन र निगमका जहाजको मर्मतमा सेटिङ मलिाएर कमिशन कुम्लयाउने मन्त्री आलेको सेटिङ अनुसार अध्यक्ष अधिकारीले काम गर्न नसकेपछि उनीहरुबीच सम्बन्ध चिसिँदै गएको थियो ।यसअघिःआलेको सेटिङमा निगमको ट्वीनअटर जहाज भाडामा, सबै विवरण गोप्यसाउदी अरबको रियादका लागि निगमले गरेको पहिलो उडानमा जम्बो टोली लगेको भन्दै आलेले अध्यक्ष अधिकारीसँग सार्वजनिक रुपमै असन्तुष्टि जनाएका हुन् ।ट्वीनअटर जहाज भाडामा लगाउँदाको कमिशन थोरै भएपछि हातपातनिगमसँग २ वटा ट्वीनअटर जहजा थिए । ती जहाजमध्ये एउटा जहाज मन्त्री आलेले सेटिङ मिलाएर निजी कम्पनीलाई भाडामा दिएका थिए । तर, यस विषयमा निगमका कसैलाई पनि बोल्न दिईएको थिएन ।भाडामा दिईएको जहाज पोखरालाई बेश बनाएर चार्टर उडानमा प्रयोग गरिएको थियो । तर, कुन कम्पनीलाई कति भाडामा दिईएको भन्ने विवरण गोप्या राखिएको थियो ।यसअघिः७० करोड कमिशन खाने दाउमा मन्त्री आले, ३ सदस्यलाई छिर्नै नदिई गराए निगमको बोर्ड बैठकस्रोतले दिएको जानकारी अनुसार दैनिक उडान गर्दा ८ वटा सम्म उडान गर्न सक्ने उक्त जहाजले १२ लाख रुपैयाँ आम्दानी गर्न सक्थ्यो । तर, मन्त्री आलेले दैनिक ६ लाखमा भाडामा दिएको स्रोत बताउँछ ।निगमको उक्त विमान चार्टर गरेर उडाईरहेको कम्पनीले पोखरा–जोमसोम–पोखरा उडानमार्फत ३ लाख २० हजार रुपैयाँ कमाउँदै आएको छ । तर, निगममा भने उक्त रुट पोखरा–जोमसोम–पोखरा उडानबाट १ लाख ३० हजार मात्रै आउने गरेको छ ।यहीँ विषयमा मन्त्री आलेले आफूले चाहेजति कमिशन नपाएपछि निगमका अध्यक्ष अधिकारीमाथि अपशब्द प्रयोग गरेर हातपात नै गरेका छन् । स्रोतले भने मन्त्री आलेले दैनिक १ लाख कमिशन पाउने गरी जहाज भाडामा लगाएका थिए ।यो पनिःनिगमको सम्पत्ति ‘कौडीको भाउ’मा मूल्यांकन गर्नेलाई मन्त्री आलेले बनाए अध्यक्ष

गोकुल बाँस्कोटाको इन्कारीले अख्तियारको आममाफी

झण्डै २७ अर्व रुपियाँको हिनामिना गर्न लागिएको तर ‘७० करोड काण्ड’ भनेर कुख्यात यो कमिशन काण्डमा अख्तियारको पनि मिलोमतो रहेको मानियो। जुनबेला यो अडियो सार्वजनिक भयो, मन्त्री बाँस्कोटाले राजीनामा दिए। त्यसै हप्ता मन्त्री बाँस्कोटालाई भ्रष्टाचारको कसुरमा अनुसन्धान गरी कारबाही गर्न माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरीहरू परे। त्यसमा बाँस्कोटासँगै प्रधानमन्त्री, सञ्चार मन्त्रालयका सचिव र […]

२०.७२ प्रतिशतले बढ्यो नागरिक लगानी कोषको नाफा, शेयरमा १६ अर्ब ७३ करोड लगानी

चालु आर्थिक वर्ष ७८/७९ को दोस्रो त्रैमासमा नागरिक लगानी कोषको खुद नाफा २०.७२ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीले ३२ करोड २५ लाख खुद नाफा कमाएकोमा चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा कम्पनीको खुद नाफा बढेर ३८ करोड ९४ लाख पुगेको छ । यस अवधिमा कम्पनीले यज आम्दानी बाट ८ करोड ८७ लाख , सेवा शुल्क तथा कमिशन आम्दानीबाट ५८ करोड ७२ लाख र विविध आम्दानी शिर्षकमा ३ लाख ८० हजार आम्दानी गरेको छ । यस अवधिमा कम्पनीले नेपाल सरकारको ऋणपत्रमा १ अर्ब ५ करोड लगानी गरेको छ । त्यस्तै संगठित संस्थाको शेयरमा १६ अर्ब ७३ करोड लगानी गरेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीले संगठित संस्थाको शेयरमा १२ अर्ब ४३ करोड लगानी गरेको थियो। कम्पनीले यस अवधिमा मुद्दती निक्षेपमा १ खर्ब ५ अर्ब लगानी गरेको छ । यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी भने घटेर २४ रुपैयाँ कायम भएको छ। कम्पनीको प्रति शेयर नेटवर्थ भने १६४ रुपैयाँ रहेको छ । कम्पनीको चुक्ता पुँजी ३ अर्ब २७ करोड रहेको छ ।

घरजग्गामा 'दलाल राज', ६ करोडको जग्गा बेच्दा १ करोड कमिशन !

माघ २६, काठमाडौं । कीर्तिपुरकी रमा नेपाल (नाम परिवर्तन) ले महिनौ लामो धपेडी पछि हालसालै मात्र जग्गा बेच्न सफल भइन् । जग्गा विक्री भएको खुसी साँट्न नपाउँदै उनलाई तनाव दिने अर्को कुरा अगाडी आयो । उनी छाँगा बाट खसे जस्तै भइन् ।  समयमै जग्गा विक्री नहुँदा जति तनाव भएको थियो, त्यो भन्दा बढी तनाव त्यतिबेला भयो, जब उनले कमिसन वापत १५ प्रतिशत रकम जग्गा व्यवसायीलाई तिर्नु पर्यो । कलंकीका बिजय थापा (नाम परिवर्तन) ले पनि ५/६ महिना अघि जग्गा किनेका थिए । प्रतिआना २५ लाख रुपैयाँ हालेर उनले किनेको जग्गामा जग्गा व्यवसायीले प्रति आना पाँच लाख रुपैयाँ आफूलाई राखेर मूल्य गरेका रहेछन् ।  यी दुई पात्र जग्गा किनबेच गर्दा ठगिएका प्रतिनिधि पात्र मात्रै हुन् । पछिल्लो समय काठमाडौंमा जग्गा किन्न होस या बेच्न जग्गा व्यवसायीहरुले मनमौजी मूल्य तोक्ने र कमिशन लिने गरेको खरीदविक्री कर्ताहरुको दुखेसो छ । शिक्षक देखि नेता सम्म र ज्यामी देखि ठेकेदार सम्मै जग्गा व्यवसायी जग्गाको किनबेच बढी हुने उपत्यकाका काठ क्षेत्रमा जग्गा दलालीसँग नजोडिएका स्थानीय विरलै भेटिन्छन् । स्थानीय स्तरमा मजदूरी गर्ने ज्यामी देखि ठेकेदार सम्म र शिक्षक देखि नेता सम्मको वैकल्पिक धन्दानै जग्गा दलाली रहेको स्थानीयहरु बताउँछन् । सानो चिया पसल चलाउने देखि मोटरसाइकल सर्भिसिङको काम गर्नेहरूको वैकल्पिक आम्दानीको स्रोत नै जग्गा दलाली रहेको पाइन्छ । कति सम्म भने फोहोर संकलन गर्ने देखि ढल मर्मत गर्नेहरू पनि कतै न कतै जग्गा दलालीमा जोडिएको जग्गा खरीदविक्री गरेकाहरुको अनुभव छ । जग्गा देखाएकै ५० हजार कमिशन ! कम्तिमा ३ तहमा दलाली  तपाईं जग्गा किन्ने मान्छे हो र सोझै जग्गा धनीलाई भेटेर जग्गा किन्छु भनेर डुल्न जानु भयो भने सबैभन्दा पहिला ठोकिने तिनै चिया पसल लगायतका व्यवसायीहरूसँगै हो । उनीहरुले बैभन्दा पहिला यो ठाउँमा यो जग्गा विक्रीमा छ भन्दै जग्गा देखाउन लैजान्छन् । त्यसपछि जग्गा मन पर्यो् र थप कुराकानी गर्न चाहनु भयो भने फहिलो तहका जग्गा दलालहरूसँग भेट गराई दिन्छन् । पहिलो तहका जग्गा दलालहरुसँग पनि सकारात्मक कुरा भएपछि उक्त जग्गा बेच्ने जिम्मा लिएका मुख्य जग्गा व्यवसायीहरुसँग भेट हुन्छ । त्यसपछि मात्रै तपाईंको जग्गाको अन्तिम मूल्य तय हुन्छ । तपाईंले केही गरि उक्त जग्गा किन्नु भयो भने चिया पसले देखि तह तहमा भेटिएका दलालहरुलाई कमिशन जोडेर जग्गाको मूल्य तय गरिएको हुन्छ ।  जग्गा देखाउने तल्लो तहको व्यक्तिले ५० हजार रुपैयाँ कमिशन पाउँछ भने माथिल्लो तहका दलालहरुले १ लाख, २ लाख गर्दै कमिशन रकम बढाउँदै लगेका हुन्छन् । जग्गा व्यवसायीको सिन्डिकेटले जग्गाधनी नै पिडित अहिले काठमाडौं उपत्यकाका धेरै जसो ठाउँमा सोझै जग्गा धनीसँग भेटेर जग्गै किन्न सकिन्न । स्थानीय जग्गा व्यवसायीहरुले कुनै पनि जग्गा किनबेच गर्न उनीहरुलाई नै सम्पर्क गर्नुपर्ने वातावरण बनाएका हुन्छन् ।  जस्तो जग्गा धनीलाई आर्थिक समस्या पर्यो  भने सानो तिनो रकम उनीहरुले नै चलाई दिन्छन् । र त्यसलाई पछि बैना रकमको रुपमा गणना गरेर राख्छन् ।  तर ठूलै आर्थिक संकट आएको बेला सस्तो मूल्यमै भएपनि जग्गा बेच्छु भन्न उनीहरुले पाउँदैनन् । जग्गा धनीलाई जति नै ठूलो समस्या परेपनि व्यवसायीहरुले भनेको मूल्य नपाएसम्म उक्त जग्गा विक्री हुँदैन ।  तह तहमा कमिशनको चक्करले आकासिदै जग्गाको भाउ शेयर बजारमा शेयर किनबेच गर्दा निश्चित कमिशन लिने कानूनी व्यवस्था भए जस्तो घरजग्गा किनबेचमा कति कमिशन लिने भन्ने कानूनी व्यवस्था नभएको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका प्रवक्ता जनकराज जोशी बताउँछन् । कम्पनी दर्ता गरेर नियम संगत काम गर्ने कम्पनीहरुले ५ प्रतिशत सम्म कमिशन लिने गरेको भए पनि, कम्पनी दर्ता नगरेका व्यक्ति विशेषबाट जग्गा किन्दा भने १५ देखि २० प्रतिशत सम्मै कमिशन तिर्नु परेको जग्गा किनबेच गरेकाहरूको गुनासो छ । यसरि जग्गा व्यवसायीको मनोमानी मूल्य र कमिशन रकमका कारण घरजग्गाको मूल्यले आकाश छोएको घरजग्गा क्षेत्रका जानकारहरु बताउँछन् । ६ करोडको जग्गा बेच्दा १ करोड कमिशन ! रमा नेपालले भरखरै बेचेको ६ करोड रुपैयाँको जग्गाको कमिशन मात्रै १ करोड रुपैयाँ तिर्नुपरेको छ । ६ करोड रुपैयाँमा जग्गा बेचेको भनेपनि आफूले पाँच करोड रुपैयाँ मात्रै पाएको उनको गुनासो छ । त्यस्तै जग्गा किन्नेहरुले पनि त्यतिकै रकम कमिशनमा तिरिरहेका छन् । यसले जग्गाको मूल्य दिन दिनै आकासिदै गएको छ । जग्गा किन्न होस या बेच्न दलालको पञ्जा बाहिरबाट काम गर्न सक्ने स्थिती नै नभएको जग्गाधनीहरूको गुनासो छ ।

६ महिनामा नेपाल बैंकले कमायो १ अर्ब ४१ करोड नाफा

नेपाल बैंक लिमिटेडले चालु आ.व.को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्बजनिक गरेको छ । प्रकाशित वित्तीय अनुसार बैंकले दोस्रो त्रैमाससम्म कुल १ अर्व ४१ करोड ७० लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ  । सो मुनाफा गत आ.व. सोहि अवधिकोे भन्दा करिब ५ प्रतिशतले बढि हो । यस अवधिमा बैंकको निक्षेप १ खर्ब ८३ अर्व ३४ करोड पुगेको छ भने कर्जा लगानी १ खर्ब ७२ अर्ब ९१ करोड पुगेको छ । २७ वटा बाणिज्य बैंकहरुमध्य निक्षेप संकलन तथा कर्जा लगानी दुबैमा नेपाल बैंकले आक्रामक वृद्धि गरेको छ । निक्षेप संकलनमा १९.७९ प्रतिशत र कर्जा लगानीमा २७.९६ प्रतिशत वृद्धि गर्न सफल बैंक गत ६ महिनामा निक्षेप संकलन तथा कर्जा विस्तार गर्ने दोस्रो ठूलो बनेको छ ।  बैंकको खुद ब्याज आम्दानी १.८० प्रतिशतले बढेको छ भने खुद फि तथा कमिशन आम्दानी ३६.३६ प्रतिशतले बढेको छ । बैकले खराव कर्जाको अनुपातलाई  पनि उल्लेखनिय रुपमा घटाउन सफल भएको देखिएको छ । गत आ.व.को दोस्रो त्रैमासम्म कुल कर्जामा खराब कर्जाको अनुपात २.८८ प्रतिशत रहेकोमा यो आ.व.को दोस्रो त्रैमासमा त्यसमा उल्लेखनिय रुपमा कमि आई १.९१ प्रतिशत पुगेको छ ।  बैंकले ११३ शाखाहरु, १४७ एटिएम मेसिन साथै ४७ वटा एक्सटेन्सन काउन्टरहरु मार्फत सेवा प्रदान गर्दै आएको छ ।