मौद्रिक नीति चुहिएकोप्रति अर्थमन्त्री असन्तुष्ट

काठमाडौं । मौद्रिक नीति सार्वजनिक हुनुभन्दा अगाडि नै सूचना चुहिएकोप्रति अर्थमन्त्री जनार्दन शर्माले असन्तुष्टि व्यक्त गरेका छन् । मन्त्री शर्माले उक्त विषयलाई आफूले गम्भीर रूपमा लिएको भन्दै यस्तो कार्य आगामी दिनमा नदो¥होयाउन चेतावनी दिएका छन् । आर्थिक वर्ष २०७७/७८ को वार्षिक समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको सोमवारको बैठकलाई सम्बोधन गर्दै मन्त्री शर्माले मन्त्रालय वा संस्थाको प्रवक्ता र वेबसाइटलाई प्रभावकारी बनाएर आवश्यक सूचना प्रवाह गर्नुपर्नेमा त्यसो नगरी टेबुल टेबुलबाट सूचना चुहाउने कार्य हुनु ठीक नभएको बताए । ‘तोकिएको समय अगाडि नै मौद्रिक नीति चुहिनु परीक्षा अगाडि नै प्रश्नपत्र आउट गरेजस्तो हो । यसले राज्यको मनोबल गिराउने काम गर्छ । यस्तो कार्य तत्काल रोक्नुस्,’ मन्त्री शर्माले भने । पारदर्शिता कायम गर्न सूचनाको प्रवाह जरुरी भएको भन्दै उनले प्रवक्ता र कार्यालयको वेबसाइटमार्फत सूचना दिने व्यवस्था मिलाउन निर्देशन दिए । मन्त्री शर्माले वैदेशिक रोजगारीबाट आर्जन गरेको पूँजीलाई उत्पादनशील क्षेत्रमा लगानी गर्ने वातावरण निर्माण गर्नेगरी नीति बनाउनुपर्ने भन्दै त्यसमा लाग्न निर्देशन दिए । अर्को एक प्रसंगमा शर्माले घाटामा रहेका सार्वजनिक संस्थानहरूको कुरा अब धेरै सुन्न नसकिने भन्दै तिनलाई नाफामा सञ्चालन गर्नेगरी नीतिगत तथा व्यवस्थापकीय सुधारको योजना माग गरे । जनतामा बैंकिङ पहुँच पुर्‍याउने सम्बन्धमा मन्त्री शर्माले पालिकाहरूमा बैंकका शाखा खोलेर मात्र नपुग्ने भन्दै तिनले जनतामा छिटो छरितो  र सरल ढंगले सेवा प्रवाह गर्ने व्यवस्था मिलाउन राष्ट्र बैंकलाई आग्रह समेत गरे । उनका अनुसार हाल गाउँ गाउँमा पुगेका बैंकहरूले मात्र सेवा दिन नभ्याएकाले सरकारी स्वामित्वमा रहेका बैंकहरूले प्रत्येक पालिकामा शाखा पुर्‍याउन आवश्यक छ । कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलले अर्थन्त्रको दिगो स्रोत व्यवस्थापन गर्नुपर्नेमा जोड दिए । उनका अनुसार जलविद्युत् र सिमेन्ट उद्योगहरूलाई व्यवस्थित गरेमा तिनले राष्ट्रिय अर्थतन्त्रमा दीर्घकालीन स्रोतको काम गर्नेछन् । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सहुलियतपूर्ण कर्जा कार्यविधि, व्यावसायिक ऋण कार्यविधि, नवप्रवर्तन सम्बन्धी कार्यविधि संशोधन गर्नुपर्ने आवश्यकता औंल्याए । उनका अनुसार सुधारका लागि गर्नुपर्ने कामहरू संकटको बेला पनि गर्नुपर्ने भन्दै मौद्रिक नीतिमार्फत कर्जा–पूँजी–निक्षेप अनुपात  (सीसीडी रेशियो) खारेज गरिएको छ । अर्थसचिव मधुकुमार मरासिनीले कोरोना महामारीका बीच मन्त्रालय र मातहतका निकायहरूले राम्रो काम गरेको भन्दै त्यसमा थप प्रगति हासिल गर्नुपर्ने बताए । मरासिनीले आगामी दिनमा परिणाम सुधार गर्ने गरी काम गर्न निदेशन समेत दिए । उनका अनुसार राजस्व संकलनको लक्ष्य पूरा गर्ने, घाटामा रहेका निकायहरूलाई नाफामा लैजाने र बेरुजू घटाउने काममा अधिकारीहरूले विशेष ध्यान दिनुपर्छ ।

सम्बन्धित सामग्री

सन्तुलित मौद्रिक नीति ल्याउन सुझाव

नेपाल राष्ट्र बैंकले मौद्रिक नीति ल्याउने तयारी गरिरहँदा वित्त नीतिसँग तालमेल हुने खालको सन्तुलित मौद्रिक नीति ल्याउन सरोकारवालाले सुझाव दिएका छन्।...

‘मौद्रिक नीति सन्तुलित आएको छ’

काठमाडौँ : नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौलाले मौद्रिक नीति सन्तुलित आएको बताएका छन् । खबरहबले आयोजना गरेको मौद्रिक नीतिमाथिको छलफलमा बोल्दै पछिल्लो समय अर्थतन्त्र संकटमा पर्ने अनुमान भइरहेका बेला उनले मौद्रिक नीति सन्तुलित आएको बताएका हुन् । मौद्रिक नीतिका सीमिततालाई ध्यान दिएर सरकारले मौद्रिक नीति बाहिर ल्याएको पनि उनको भनाई छ । […]

मौद्रिक नीति २०७९/८० : एक मूल्यांकन

मुलुकको अर्थतन्त्र असहज स्थितिमा रहेको भन्दै सार्वजनिक भाषणमै संकुचनात्मक मौद्रिक नीति आउने संकेत गरिरहेका गभर्नरले चालू आर्थिक वर्ष २०७९/८० का लागि संकुचनात्मक मौद्रिक नीति सार्वजनिक गरेका छन् । सरकारले बजेट पेस गरेपछि नेपाल राष्ट्र बैंक (एनआरबी) मौद्रिक नीति ल्याउने अघिल्लो परम्परालाई जस्तै २०७९/८० को मौद्रिक नीति सार्वजनिक गरेका छन् ।मौद्रिक नीति भनेको त्यो प्रक्रिया हो […]

मौद्रिक नीति भोलि आउने

काठमाडौं, ४ साउन । नेपाल राष्ट्र बैंकले भोलि आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति ल्याउने भएको छ । गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति भोलि सार्वजनिक गरिने जानकारी दिए । राष्ट्र बैंकअन्तर्गत अनुसन्धान विभागले तयार पारेको मौद्रिक नीति यसपटक अलिक कसिलो भएर आउने बुझिएको छ । राष्ट्र बैंकले यही सोमबार नै नीति ल्याउने तयारी गरेको थियो […]

मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ)

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/०७९ को मौद्रिक नीति सार्वजनिक गरेको छ। शुक्रबार आयोजित एक कार्यक्रमकाबीच गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति सार्वजनिक गरेका हुन्। यस्तो छ राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक...

मौद्रिक नीति सार्वजनिक (लाइभ)

काठमाडौं, साउन २९ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति शुक्रबार सार्वजनिक गरिरहेको छ । गभर्नर महाप्रसाद अधिकारीले आर्थिक वर्ष २०७८/२०७९ को मौद्रिक नीति सार्वजनिक गर्दै । राष्ट्र बैंकले साउन पहिलो साता नै मौद्रिक निति ल्याउने तयारी गरेको भएपनि असार अन्तिम साता भएको सरकार परिवर्तनले मौद्रिक नीति पछि सरेको हो ।

मौद्रिक नीति सार्वजनिक हुँदै, कस्ता नीति आउला ?

नेपाल राष्ट्र बैंकले आज (शुक्रवार) मौद्रिक नीति सार्वजनिक गर्दैछ । दिउँसो सवा ४ बजे मौद्रिक नीति सार्वजनिक गर्ने गरी राष्ट्र बैंकले तयारी गरेको छ ।  बिहान बसेको राष्ट्र बैंकको सञ्चालक समितिको बैठकले मौद्रिक नीति पास गरेसँगै मौद्रिक नीति सार्वजनिक गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ ।  अर्थमन्त्रालयले सार्वजनिक गरेको बजेटलाई सहयोग पुग्नेगरी सार्वजनिक हुने मौद्रिक नीति यस वर्ष विगतमा भन्दा ढिला सार्वजनिक हुन लागेको हो ।  यस अघि राष्ट्र बैंकले साउन पहिलो सातामा मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको ...

आज मौद्रिक नीति सार्वजनिक गर्ने तयारी

काठमाडौं। नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष२०७८/७९को मौद्रिक नीति आज सार्वजनिक गर्ने भएको छ। बैंककाअनुसार२८दिन ढिलो गरी मौद्रिक नीति ल्याउन लागिएको हो। यसअघिको सरकार हुँदा नै मौद्रिक नीति तयार भएपनि देउवा नेतृत्वको नयाँ सरकार गठन भएपछि सरकारको योजना र नीति थप गर्ने क्रममा मौद्रिक नीति ढिलो भएको हो। सरकारले न्यूनतम साझा कार्यक्रमको घोषणा गरेपछि बजेटलाई नकुरी आज मौद्रिक नीति ल्याउनेछ।

मौद्रिक नीति यसै साता सार्वजनिक हुने

२५ साउन, काठमाडौं । सरकार परिवर्तनका कारण सार्वजनिक हुन नसकेको मौद्रिक नीति यहीँ साताभित्रमा सार्वजनिक हुने भएको छ । नेपाल राष्ट्र बैंकले आगामी शुक्रबारसम्म मौद्रिक नीति सार्वजनिक गर्ने गरी तयारी सकेको हो । राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले यो साताभित्रमा मौद्रिक नीति सार्वजनि गर्ने तयारी रहेको बताए । आन्तरिक तयारी पुरा नभएक कारण केही ढिला […]

मौद्रिक नीति ल्याउने राष्ट्र बैंकको तयारी

काठमाडौं । नेपाल राष्ट्र बैंकले यही साउन ७ गतेभित्रै मौद्रिक नीति ल्याउने तयारी गरेको छ । राष्ट्र बैंकले मौद्रिक नीति लेखन कार्य सकेर व्यवस्थापन समितिमा छलफल पनि सकेको छ । साउन ५ गते अर्थात आज मौद्रिक नीति ल्याउने तयारीमा राष्ट्र बैंक थियो । तर सरकार परिवर्तनले गर्दा मौद्रिक नीति एक दुई दिन पछाडि धकेलिन पुगेको […]