आज साफ फुटबल फाइनल : नेपाल बलियो कि भारत ? तथ्य र इतिहास के भन्छ ?

फाइनलमा जे पनि हुनसक्छ।फाइनलसम्म पुगेको टोली कमजोर हुने कुरै भएन। यसपाली माल्दिभ्स पुगेको नेपाली टोली त कमजोर हुँदै नभएको प्रमाणित नै भइसकेको छ।भारतले विस्तारै शुरुआत गरे पनि फाइनल सम्मको यात्रा तय गर्दा उसको खेल झन् परिष्कृत बनेको छ र उपाधिको बलियो दाबेदारका रूपमा उभिइसकेको छ।आज शनिवार नेपाली समयअनुसार बेलुका ८ बजेर ४५ मिनेटमा हुने फाइनल भारतको दक्षिण एसियाली फुटबलमा राज गर्ने दौडको निरन्तरता विरुद्ध साफ च्याम्पियनसिपमा नयाँ विजेताका रूपमा उदाउने उत्कट चाहनामा रहेको नेपालबीचको घमासान प्रतिस्पर्धा हुनेछ।नेपालको हकमा भन्ने हो भने यो नेपाली फुटबलको निकै नै महत्त्वपूर्ण क्षणमध्येको एक हुनेछ।जितले नेपाललाई दक्षिण एसियाली फुटबलको नयाँ विजेताको उपमा दिलाउनेछ भने नेपाली फुटबलको स्तरवृद्धिको प्रमाणपत्र पनि। व्यग्र प्रतीक्षा गरिएको सो खेल शनिवार राती माल्दिभ्सको राष्ट्रिय रंगशालामा हुनेछ।इतिहासनिश्चित रूपमा नेपाली फुटबलको दाँजोमा भारतीय फुटबल हरेक दृष्टिकोणबाट समृद्ध छ। त्यहाँ भारतीय फुटबल खेलाडीहरूको प्रसिद्ध फुटबल प्रतियोगिता आइपीएल चल्छ, जुन धेरै दर्शकले हेर्ने विश्वको चर्चित फुटबल प्रतियोगितामध्येको एकमा पर्छ।उनीहरू सार्क क्षेत्रभन्दा माथि उड्ने अभियानमा लगातार मेहनत गरिरहेका छन्। साफ च्याम्पियनसिप त भारतले सातपटक जितिसक्यो ।नेपाल त इतिहासमै पहिलोपटक फाइनलमा पुगेको हो। नत्र टोली सेमिफाइनलसम्म पुगेर रोकिँदै आएको थियो। तर दुई टोलीको वर्तमान अवस्था भने विल्कुलै फरक देखिएको छ।एकातिर भारतलाई माल्दिभ्समा आफ्नो शैलीमा आउन निकै समय लाग्यो। नेपालले भने पहिलो दिन देखिनै प्रभाव जमाउँदै आएको छ। फेरि नेपाल र भारतबीचको फुटबल भिडन्तमा भारतलाई कहिल्यै पनि सजिलो भएको छैन।भारतीय टोलीका कप्तान सुनिल क्षेत्रीको भनाइ सापटी लिने हो भने उनले भनेका छन् - 'जहाँ र जुनसुकै परिस्थितिमा पनि भारतको लागि नेपाल कहिले पनि सजिलो प्रतिस्पर्धी होइन।'नेपाल भारतको पछिल्लो ताजा भेटकै उदाहरण लिउँ।गत महिना नेपालमा खेलिएका दुई मैत्रीपूर्ण खेलमा पहिलो १-१ गोलको बराबरीमा टुङ्गियो भने दोस्रो २-१ को संघर्षपूर्ण खेलमा नेपाल पराजित भयो। साफ च्याम्पियनसिपको लिग चरणमा भएको भेटमा पनि भारतले अन्तिम समयमा १ गोल गरेर नेपाललाई हराएको हो।हतियारयी सबै खेलमा नेपाललाई पराजित गर्दा भारतीय कप्तान क्षेत्रीले नै गोल गरेका हुन्। निसन्देह क्षेत्री नेपाल विरुद्धको सबैभन्दा बलियो हतियार हुन्।जारी प्रतियोगितामा उनले ४ गोल गरिसकेका छन् र प्रतियोगिताको उच्च गोलकर्ता र उत्कृष्ट खेलाडीको दाबेदारीमा अग्रपंक्तिमा छन्।ठीक विपरीत नेपालसँग चुस्त मिडफिल्डर अञ्जन विष्ट हुने छैनन्। दुई पहेँलो कार्ड पाएका कारण उनले महत्त्वपूर्ण फाइनल खेल्नबाट वञ्चित भएका छन्।नेपालसग के छ त? जबाफ नेपाली प्रशिक्षक अब्दुल्ला अल मुताइरीको रणनीतिमा हुनेछ।माल्दिभ्समा रहेका खेल पत्रकार हिमेशरत्न बज्राचार्य भन्छन् - 'अञ्जन नहुँदा टोलीमा फरक पर्ने निश्चित छ। तर प्रशिक्षकले हरेक खेलमा फरक फरक रणनीति अपनाएकोले टोली उनमा मात्र निर्भर भने हुनेछैन।'हुनपनि जारी प्रतियोगितामा नेपालले हरेक खेलमा फरक शैली अपनाएको छ। र फरक फरक खेलमा फरक खेलाडीहरू चम्किएका छन्। जस्तै माल्दिभ्स विरुद्धको खेलमा मनिष डाँगी, श्रीलंका विरुद्ध आयुष घलान, अनि सुमन लामा।फेरि किरण चेम्जोङ, रोहित चन्द नेतृत्वको नेपाली रक्षापंक्ति बलियो छ। त्यो त नेपालको मुख्य रक्षा हतियार हो। त्यसो त भारतले दुई पहेँलो कार्ड खाएका रक्षापंक्तिका सुभासिस घोष र चोटका कारण अग्रपंक्तिका फारुख चौधरीलाई पनि फाइनलमा गुमाइसकेको छ।प्रशिक्षक भिडन्तसाफ च्याम्पियनसिपको पहिलो चरणमा भारत र नेपालका प्रशिक्षकबीचको जुहारी त माल्दिभ्समा चर्चा चलेको विषय मध्येको एक हो। सुनिल क्षेत्रीले नेपाल विरुद्ध गोल गरेपछि भारतका क्रोयसियाली प्रशिक्षक इगोरले टच लाइनमा हात उचारेर सेलिब्रेसन गरे।त्यो दुरुस्त त्यही शैलीको खुशियाली थियो, जुन अल मुताइरीले श्रीलंका विरुद्ध नेपालले गोल गर्दा गरेका थिए। खेलपछिको पत्रकार सम्मेलनमा अल मुताइरीले आफूलाई गिज्याएको भन्दै इगोरको जमेर आलोचना गरे। खेलको विश्लेषणभन्दा यिनीहरूको जुहारी समाचारको विषय बन्यो।जबाफमा इगोरले भनेका थिए - 'अवमूल्यन त अल मुताइरीले आफ्नै खेलाडीलाई गरेका हुन्। आफ्नो खेलाडीले एक प्रतिशत मात्र जित्छ भनेर खेलाडीको आत्मबल घटाउने प्रशिक्षक को?'रोचक कुरा के हो भने फाइनलमा भारतीय प्रशिक्षक इगोर हुनेछैनन्। माल्दिभ्ससँगको खेलमा रेफ्रीको निर्णयमा बारम्बार असन्तुष्टि जनाएपछि उनले पनि दोहोरो पहेँलो कार्ड सहित रातो कार्ड पाएका कारण सेकेन्ड हाफमा मैदान छोड्नु परेको थियो।पक्कै पनि त्यो नेपाली प्रशिक्षक अल मुताइरीको लागि भने केही सहज स्थिति बन्नसक्छ। अर्को जिज्ञासा के हो भने लिगमा नेपालको जित्ने मौका 'एक प्रतिशत मात्र रहेको' भन्ने अल मुताइरीले फाइनल अगाडि भने के भन्लान्।प्रतिस्पर्धीभारत र नेपालबीचको फुटबल भिडन्तमा अधिकांश नतीजा भारतकै पक्षमा गएका छन्। ३६ वर्ष भइसक्यो नेपाल र भारतबीच फुटबल प्रतिस्पर्धा हुन थालेको। यस अवधिमा यी दुई टोलीबीच २० खेलमा आमने सामने प्रतिस्पर्धा भइसक्यो ।जसमा ३ खेलमा मात्र नेपालले जित हात पारेको छ। नेपालले पाएका ती जितमा एउटा साफ च्याम्पियनसिप पनि हो। जुन नेपालमा सन् २०१३ मा भएको थियो।स्ट्राइकर अनिल गुरुङ र जुमानु राईले २ गोल गरेपछि नेपाल २-१ ले विजयी भएको थियो। यो खेललाई नेपालको भारत विरुद्धको सबैभन्दा प्रभावशाली जित मानिन्छ।नेपालले भारतलाई पहिलोपटक हराएको भने सन् १९९३ मा ढाकामा भएको दक्षिण एसियाली फुटबल प्रतियोगिता (साग)मा हो। निर्धारित समयमा २-२ को बराबरीपछि टाइब्रेकरमा पराजित गरेर नेपालले भारतलाई हराएन मात्र, सागमा स्वर्ण पदक समेत जितेको थियो।त्यो बेला नेपालको लागि उमेश प्रधान र मणि शाहले गोल गरेका थिए। नेपालले भारतलाई हराएको अर्को अवसर सन् २००६ मा भएको एएफसी च्यालेञ्ज कप फुटबल प्रतियोगितामा हो।नेपाल ३ -० ले विजयी भएको सो खेलमा प्रदिप महर्जनले २ गोल र अर्को गोल बसन्त थापाले गरेका थिए। यद्यपी सो प्रतियोगितामा भारतले प्रमुख खेलाडीहरू समावेश गरेको थिएन।पर्खाइप्रतीक्षा अब शनिवार राती ८ बजेर ४५ मिनेटको हुनेछ। माल्दिभ्सको राष्ट्रिय रंगशालामा उपस्थति हुने स्थानीय समर्थकहरूले नेपाली टोलीको समर्थन गर्ने आशा गरिएको छ। माल्दिभ्समा रहेका नेपालीहरूले त शुरु देखिनै देशको पक्षमा समर्थन गर्दै आएका छन्।धेरैको अनुमान छ - भारतीय फुटबलको साख तथा नेपाली युवा खेलाडीहरूको जोश र टिम भावनाबीचको भिडन्त अत्यन्त रोचक हुनेछ। -बिबिसीबाट 

सम्बन्धित सामग्री

जनता–सेना सम्बन्धको इतिहास

नेपाली सेनामा इतिहासकालदेखि नै पसिना बगाउने काम प्रशस्तै भयो तर इतिहास लेख्ने र जनतालाई इतिहास पढाउने काम भएन। जसका कारण जनता र सेनाबिचको खाडल पुरिएन।...

सकिएकै हो त इतिहास अध्ययनको औचित्य ?

असाध्यै उपेक्षित विषय हुन पुगेको छ, यतिखेर इतिहास विषय । हुन त त्रिभुवन विश्वविद्यालयकै मानविकी तथा सामाजिकशास्त्र सङ्कायको कतिपय विभागमा पढ्ने विद्यार्थीभन्दा पढाउने प्राध्यापकहरुको सङ्ख्या बढी छ । बढो मुस्किलले घस्रदै यात्रा गरिरहेका त्रिविको केन्द्रीय विभागमध्ये इतिहास विभाग पनि एक हो । कुनै समय समय इतिहास एक लोकप्रिय विषय थियो । त्रिविले प्रमाणपत्र तह हटाएसँगै …

नयाँ पिँढीलाई पुरानो इतिहास

अग्रजबाट यसरी आफ्नो जीवनको उत्तरार्द्धमा अनुभव सँगालेर पस्किँदा नयाँ पिँढीलाई पुरानो इतिहास, विगतका तौरतरिका र शासन पद्धतिबारे जान्ने–बुझ्ने र सिक्ने अवसर प्राप्त हुने  भएकाले यो ज्ञान हस्तान्तरणका लागि लेखकलाई हृदयदेखि नै नमन...

इतिहास रचे जोकोभिकले

सर्वियाली नोभाक जोकोभिकले पुरुष ग्रान्डस्लाममा नयाँ इतिहास रचेका छन् । पेरिसमा आइतबार राति फ्रेन्च ओपन जितेसँगै जोकोभिक पुरुषतर्फ सर्वाधिक ग्रान्डस्लाम जित्ने खेलाडी बनेका छन् । जोकोभिकले राफेल नाडालको २२ ग्रान्डस्लामलाई पछि पार्दै...

इतिहास दोहोर्‍याउने होइन, तोड्ने लक्ष्य

३० भदौ, काठमाडौं । इतिहास जित्नेको लेखिन्छ । साफ महिला च्याम्पियनसिपमा नेपालले जितको इतिहास लेख्न सकेको छैन, भारतलाई हराउन नसक्दा धेरै पटक उपाधिबाट भने चुकेको छ । नेपाली महिला फुटबल टिमका प्रमुख प्रशिक्षक कुमार थापा यो पटक विगत दोहोर्‍याउने होइन, इतिहास तोड्ने विश्वासमा छन् । भोलि (शुक्रबार) दशरथ रंगशालामा भारतसँग हुने खेल जितेर नेपाललाई फाइनलमा […]

बाबुराम आचार्यको जन्मदिनलाई ‘इतिहास दिवस’ घोषणा गर्न माग

काठमाडौं : इतिहास शिरोमणि बाबुराम आचार्यको जन्मजयन्तीको दिन पारेर फागुन २९ गतेलाई इतिहास दिवस घोषणा गर्न माग गरिएको छ।आचार्यको १३५औँ जन्मजयन्तीका अवसरमा आइतबार नेपाल प्रज्ञा प्रतिष्ठान र इतिहास शिरोमणि बाबुराम आचार्य स्मृति प्रतिष्ठानसँगको सहकार्यमा आयोजित ‘बाबुराम आचार्य र उनको योगदान’ विषयक विचार गोष्ठीमा यस्तो माग गरिएको हो। कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै संस्कृतिविद् डा गोविन्द टण्डनले बाबुराम आचार्यले नेपालको प्रामाणिक इतिहास लेखनमा पुर्‍याएको योगदानको कदर गर्दै उ

बाबुराम आचार्यको जन्मदिनलाई इतिहास दिवस घोषणा गर्न माग

इतिहास शिरोमणि बाबुराम आचार्यको जन्मजयन्तीको दिन पारेर फागुन २९ गतेलाई इतिहास दिवस घोषणा गर्न माग गरिएको छ।...

राष्ट्रपतिद्वारा इतिहास र वातावरण विज्ञ नियुक्त

राष्ट्रपति विद्यादेवी भण्डारीले इतिहास, पुरातत्व र वातावरण विज्ञ नियुक्त गरेकी छन्।  राष्ट्रपति भण्डारीले सोमबार डा. महेशराज पन्तलाई इतिहास तथा पुरातत्व  क्षेत्र र डा. कृष्णप्रसाद ओलीलाई वातावरण विज्ञ पदमा नियुक्त गरेकी...

झुट्टा इतिहास

ताजमहलको निर्माणमा जुटेका मेरा हात काटिए ती हत्केलाका कंकाल कुन म्यूजियममा छ्न ? इतिहास बोल्दैन श्रमिकको निम्ति इतिहास लाटो छ !...

साफमा इतिहास कोर्न लक्ष्य छः अल्मुताईरी

नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले माल्दिभ्समा हुने साफ च्याम्पियनसिपमा इतिहास कोर्ने दावी गरेका छन् । उनले साफमा फाईनलको यात्रा तय गरेर नयाँ इतिहास कोर्न लक्ष्य रहेको स्पष्ट पारे ।...