काठमाडौँ– कोही नछुटुन् कोही नदोहोरिऊन् भन्ने मर्मका साथ जनगणना गरिने भएपनि यस पटक केही भूभागका नेपाली जनगणनाजस्तो राष्ट्रिय अभियानमा छुटेका छन्। नेपाली भूभागभित्र बसोबास गर्ने नेपालीहरुलाई यस्तो अभियानमा छुटाउन मिल्दैन। केन्द्रीय तथ्यांक विभागले दार्चुला जिल्लाको कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा जनगणना गर्न भारतले अनुमति नदिएपछि यस पटकको जनगणनामा ती ठाउँका मानिसहरु समावेश हुन नपाएका हुन्। […]