माधव नेपाल पक्षसँग वार्ता गर्न पौडेल र नेम्वाङ सिंहदरबारमा

काठमाण्डाै – नेकपा एमालेको माधव नेपाल पक्षसँग छलफलका लागि अध्यक्ष केपी शर्मा ओलीले दुई जना नेतालाई सिंहदरबार पठाउनुभएको छ । ओलीले माधव नेपाल पक्षसँग वार्ताका लागि विष्णु पौडेल र सुवासचन्द्र नेम्वाङलाई सिंहदरबार पठाउनुभएको हो । माधव नेपाल पक्षका सांसदले सामूहिक राजीनामा दिने तयारी गरिरहेका बेला उनीहरूको राजीनामा रोक्न ओलीले नेताहरूलाई संसदीय दलको कार्यालय सिंहदरबार पठाउनुभएको हो । प्रधानमन्त्री ओलीले सोमवार (भाेलि) संसदमा विश्वासको मत लिने तयारी गरिरहेका बेला नेपाल पक्षका सांसदले भने सामूहिक राजीनामा...

सम्बन्धित सामग्री

माधव नेपाल पक्षका नेताहरु चन्द्रागिरी रिसोर्टमा

नेकपा एमाले विभाजन गरी नयाँ पार्टी दर्ताको अन्तिम चरणमा पुगेका माधव नेपाल पक्षका नेताहरूलाई चन्द्रागिरिमा लगेर राखिएको छ।

यस्तो छ माधव नेपाल नेतृत्वको पार्टीको संरचना

नेकपा एमालेबाट विभाजित भएका माधव नेपाल पक्षले नयाँ दल ‘नेकपा एमाले समाजवादी’ निर्वाचन आयोगमा दर्ता गरेको छ।

माधव नेपाल पक्षको केन्द्रीय कमिटी बैठक बस्दै

पछिल्लो राजनीतिक अवस्थाको बारेमा छलफल गर्न बैठक बोलाइएको माधव नेपाल निकट सांसद रामकुमारी झाक्रीले जानकारी दिइन्।

एमाले स्थायी कमिटी बैठक सुरु, माधव नेपाल पक्ष अनुपस्थित्

काठमाडौं, १८ साउन । नेकपा (एमाले) को स्थायी कमिटी बैठक जारी छ । तुलसीलाल स्मृति भवनमा बसिरहेको बैठकमा माधव नेपाल पक्षधर सदस्यहरु भने अनुपस्थित् भएका छन् । आजको बैठकमा माधव नेपाल पक्षधर नआए अब पर्खन नसकिने अध्यक्ष केपी शर्मा ओलीले प्रष्ट पारिसकेका छन् । यता, पार्टीको बैठक चलिरहँदा उता माधव नेपाल आफ्नो पक्षको स्थायी सदस्यहरुसँग […]

सिंहदरबारमा गठबन्धनको बैठक, माधव नेपाल अनुपस्थित्

काठमाडौं, ३१ असार । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जसपाको उपेन्द्र यादव पक्ष र जनमोर्चा सम्मिलित गठबन्धनको बैठक बसेको छ । सिंहदरबारमा बसेको बैठकमा एमालेका वरिष्ठ नेता माधव नेपाल पक्ष भने उपस्थित् भएन । नेता नेपालले यसअघि ने आफू यो गठबन्धनमा नरहने घोषणा गरिसकेका छन् । माधव नेपाल पक्षधर सांसदहरुकै समर्थनमा शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त […]

योगेश भट्टराई फेरि माधव नेपाल समूहतिरै लागे

एमाले नेता योगेश भट्टराई केपी ओली समूहतिर फर्किएको चर्चाका बीच फेरि माधव नेपाल समूहतिरै देखिएका छन् । माधव नेपाल समूहले बुधबार जारी गरेको विज्ञप्तिमा योगेशको नाम पनि रहेको छ ।  नेपाल पक्षमा १५ स्थायी समिति सदस्यले केपी ओलीको कार्यशैलीको विरोध गर्दै निकालेको विज्ञप्तिमा भट्टराईको पनि नाम समावेश भएको हो । यसअघि ओलीको विकल्पमा काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रयोजनका लागि भट्टराईले हस्ताक्षर नगरेपछि उनी ओली समूहतिर लागेको टिकाटिप्पणी हुन थालेको थियो । उसो त देउवालाई प्रधानमन्त्री बनाउन हस्त...

देउवालाई भेटेलगत्तै माधव नेपाल राष्ट्रपति निवासमा

काठमाडौं। नेकपा एमालेका नेता माधव नेपाल कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर राष्ट्रपति निवास पुगेका छन्। नेता नेपाल केही बेरअघि राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका हुन्। के विषयमा छलफल हुन्छ भन्नेबारे भने खुलाइएको छैन। हिजो माधव नेपाल, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपेन्द्र यादवबीच छलफल भएको थियो।

माधव नेपाल समूहको छुट्टै भेला

आगामी रणनीतिको सम्बन्धमा छलफल गर्न नेपाल कम्युनिष्ट पार्टी(एमाले) माधव नेपाल समूहका नेताहरुले छुट्टै भेलाको आयोजना गरेका छन् ।नेपाल कम्युनिष्ट पार्टी(एमाले)का माधव नेपाल समूहका केन्द्रीय कमिटी सदस्यहरुले समसामयिक राजनीतिको विषयमा छलफल तथा आगामी रणनीति तय गर्न बानेश्वरको अर्याल होटलमा भेलाको आयोजना गरेका हुन् ।बुधबार दिउँसो भएको भेलामा नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल, अष्टलक्ष्मी शाक्य, भिम आचार्य, […]

माधव नेपाल एक नम्बर अध्यक्ष हुनुहुन्छ, म माधवसँग मिलेँ– प्रचण्ड

नेकपा प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफ्नो पार्टीको पहिलो अध्यक्ष माधव नेपाल भएको बताएका छन् । माधव नेपालकै प्रमुख आतिथ्यमा प्रज्ञा भवनमा आयोजित प्रचण्ड-नेपाल समूहको जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रचण्डले माधव नेपाल प्रचण्डसँग लागे भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रचारको खण्डन गरे । 'केपी ओलीले माधव नेपाल प्रचण्डसँग गयो, सिध्दियो भन्नुहुन्छ,' प्रचण्डले भने, 'आज एक नम्बर अध्यक्ष माधव नेपाल हुनुहुन्छ । म माधवभित्र गएँ, म माधवसँग मिलें ।' त्यसअघि प...