सर्वोच्च अदालतमा पहिलो पटक गोला प्रथाबाट पेसी तोकियो

काठमाण्डाै – सर्वोच्च अदालतमा आजदेखि गोला प्रथाबाट पेसी तोक्न सुरु भएको छ । आज दुईवटा एकल इजलाससहित १० वटा इजलास गठन भएका छन् । गोला प्रथामार्फत ११ इजलासमा दुई सय १७ मुद्दाको पेसी तोकिएको सर्वोच्च अदालत प्रशासनले जानकारी दिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा कोरोना संक्रमित भएपछि प्रधानन्यायाधीशपछिका वरिष्ठ न्यायाधीश दीपककुमार कार्कीको नेतृत्वमा गोला प्रथामार्फत पेसी र इजलास तोकिएको हो । सर्वोच्च अदालतमा आज सबै प्रकृतिका मुद्दामा पेसी तोकिएको छ । सर्वोच्च अदालत नियमावली संशोधन र गोला प्रथाबाट पेसी त...

सम्बन्धित सामग्री

सर्वोच्चमा आजदेखि गोला प्रथा, न्यायाधीशहरु ३७ दिनपछि इजलासमा फर्किँदै

काठमाण्डाै – सर्वोच्च अदालतमा आजदेखि गोला प्रथा अर्थात् गाेला प्रक्रियाद्वारा मुद्दाको पेसी तोकिने भएको छ । नेपालमा आधुनिक न्यायालयको इतिहासमा पहिलो पटक सर्वोच्चमा गोला प्रक्रियाद्वारा मुद्दाको पेसी तोकिने भएको हो । यस्तो अभ्यास जिल्ला अदालतमा केही समय गरिए पनि पछि हटाइएको थियो । सर्वोच्च अदालत नियमावली संशोधन र गोला प्रक्रियाबाट पेसी तोक्नेसम्बन्धी निर्देशिका जारी गरेर सर्वोच्च अदालतको पूर्ण बैठकले न्यायाधीशहरुको इजलास गठन गरी मुद्दा तोक्ने अधिकार प्रधानन्यायाधीशबाट कटौती गरेको हो । यसबाट पेसी व्यवस्थापनमा देख...