माधव नेपालले मन्त्रालय धेरै मागेपछि मन्त्रिपरिषद् विस्तारमा ढिलाई, कसले कति मन्त्रालय मागे ?

काठमाडौं, १४ भदौ । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले आफ्नो पार्टीलाई ७ मन्त्रालय दिनुपर्ने अडान राखेका छन् । आज बसेको सत्तापक्षीय गठबन्धनको बैठकमा अध्यक्ष नेपालले ७ वटा मन्त्रालय नदिईए सरकारमा सहभागी हुन आफूहरुलाई अप्ठ्यारो रहेको सुनाएका थिए । सुरुमा, प्रधानमन्त्री शेरबहादुर देउवाले माधव नेपालको पार्टीलाई ५ वटा मन्त्रालय दिने […]

सम्बन्धित सामग्री

भोलि मन्त्रालय बाँडफाँड, पर्सि मन्त्रिपरिषद् विस्तार, को–को बन्दैछन् मन्त्री ?

सरकार विस्तारको गाँठो फुकाउन राजनीति दलका नेताहरू छलफलमा जुट्न थालेका छन् । सरकार बनेको डेढ महिना बित्दा पनि मन्त्रिपरिषद विस्तार हुन सकेको छैन ।  मन्त्रिपरिषद् विस्तार हुन नसक्दा सरकारका कामहरू अलपत्र पर्न थालेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले चार मन्त्री र एक राज्य मन्त्रीको भरमा सरकार चलाइरहेका छन् ।  एमालेबाट विद्रोह गरेको माधव नेपाल पक्षलाई सरकारमा सहभागी गराउने उद्देश्यले सत्तारूढ गठबन्धनले सरकार विस्तारमा ढिलाइ गरेको थियो । माधव नेपालले नेकपा (एकीकृत समाजवादी) दल दर्ता गरेपछि पाँचदलीय गठबन्धन...