नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठक आज बस्दैछ । माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने कि नलिने भन्नेबारे अलमल गरिरहेको बेला स्थायी कमिटी बैठक बोलाइएको हो । माओवादी केन्द्रकी नेतृ पम्फा भुसालले पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा* बिहान ८ बजेका लागि बैठक राखिएको खबर आएको रातोपाटीलाई जानकारी दिइन् । उनले बैठकमा पछिल्लो राजनीतिक अवस्थाका साथै सांगठनिक विषयमा छलफल हुने बताइन् ।प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई माओवादी केन्द्रले समर्थन कायम राखेकै कारण