नेपालमा कोरोनाका सक्रिय संक्रमित ५०० भन्दा कम, कोभिड महामारी अन्त्य हुन लागेको हो त ?

वैशाख ३, काठमाडौं । नेपालमा विगत २४ घण्टामा १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उक्त अवधिमा ३ हजार ३० जनामा गरिएको पीसीआर परीक्षणमा १४ जनामा संक्रमण पुष्टि भएको हो । उक्त अवधिमा ८७३ जनामा गरिएको एन्टिजेन परीक्षणमा भने कसैलाई पनि कोरोना संक्रमण नदेखिएको मन्त्रालयले बताएको छ । उक्त अवधिमा ५५ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । हाल मुलुकभर ४३८ जना सक्रिय संक्रमित रहेका छन् । कोभिड महामारी अन्त्य हुन लागेको हो त ?  कोभिड महामारीको एक वर्षअघिको दोस्रो लहरयता शनिवार सक्रिय संक्रमितको सङ्ख्या ५०० भन्दा कम पुगेको हो। यो अवस्थालाई कतिपय स्वास्थ्य अधिकारीहरूले अव सजगतापूर्वक सामान्य जनजीवन कायम राखेर अगाडि बढ्नुपर्ने बताएका छन् ।   तर उनीहरु छिमेकी देशहरूमा नयाँ भेरिएन्ट देखिएको र संक्रमितहरुको संख्या उच्च रहेको अवस्थामा नेपालमा समेत ह्वात्तै बढ्न सक्ने जोखिम कायम रहेको बताउँछन्। मन्त्रालयका अनुसार नेपालमा १८ वर्ष वा सोभन्दा माथिको लक्षित जनसंख्यामा करीब ९४ प्रतिशतले कोभिड खोपको कम्तीमा एक मात्रा लगाएका छन् भने ८३ प्रतिशत जतिले पूर्ण मात्रामा खोप लगाएका छन्।

सम्बन्धित सामग्री

देशभर ३ हजार १३५ जना सक्रिय संक्रमित

नेपालमा कोरोनाका सक्रिय संक्रमित घट्दै गएका छन्। स्वास्थ्य मन्त्रालयको विवरणअनुसार हाल देशभर ३ हजार १३५ जना सक्रिय संक्रमित छन्।

नेपालमा कोरोनाका सक्रिय संक्रमित कति छन्?

नेपालमा हाल  जम्मा ८ हजार ५१७ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन्।  आइतबार स्वास्थ्य मन्त्रालयले यस्तो जानकारी दिएको हो। मन्त्रालयले दिएको जानकारीअनुसार सक्रिय संक्रमित क्रमशः घट्दै गएका छन्।

तीन वटा जिल्लामा मात्र कोरोनाको पाँच सय बढी सक्रिय संक्रमित

काठमाडौं, ललितपुर र कास्कीमा मात्र पाँच सयभन्दा बढी सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

५०० भन्दा बढी सक्रिय संक्रमित रहेका जिल्ला कति?

नेपालमा अझैं तीन जिल्लामा ५०० भन्दा बढी कोरोनाका सक्रिय संक्रमित रहेका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँ, ललितपुर र कास्कीमा ५०० भन्दा बढी सक्रिय संक्रमित छन्।

पाँच सयभन्दा बढी सक्रिय संक्रमित रहेका जिल्ला घट्दै

हाल ११ वटा जिल्लामा मात्र कोरोनाको पाँच सय बढी सक्रिय संक्रमित रहेका छन्।

नेपालमा कोरोनाका सक्रिय संक्रमित ९० हजार नाघे

नेपालमा कोरोनाका सक्रिय संक्रमित ९० हजार नाघेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ९० हजार ९७ जना सक्रिय संक्रमित पुगेका छन् । त्यसमध्ये अधिकांश संक्रमित घरमै आइसोलेसनमा छन् ।  देशमा कोरोना संक्रमण तीव्ररुपमा फैलिरहेको छ । पछिल्लो २४ घण्टामा ८ हजार ४५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

३७ हजार सक्रिय संक्रमित रहेको उपत्यकामा प्रशासनको एकपछि अर्को कडाइ

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बिहीबारको तथ्यांकअनुसार काठमाडौं उपत्यकामा ३७ हजार बढी सक्रिय संक्रमित रहेका छन् । उपत्यकाका तीन जिल्लामध्ये काठमाडौंमा २६ हजार ६९८, ललितपुरमा ६ हजार ६१२ र भक्तपुरमा ३ हजार ७८३ जना गरी कुल ९७ हजार ९३ सक्रिय संक्रमित रहेका हुन् । जबकी देशभर सक्रिय संक्रमित ५७ हजार ३२८ जना रहेका छन् । यो भनेको देशभर रहेका कुल सक्रिय संक्रमितमध्ये ६४.७० प्रतिशत उपत्यकामै छन् । जनघनत्वका साथै स्वास्थ्य मापदण्ड पालनामा लापरबाहीलगायतका कारण उपत्यकामा कोरोना संक्रमण भयावह बनेको हो । ओमिक्रोन भेरियन्ट छिटो फैलिने कार...

सात जिल्लामा कोरोनाको पाँच सयभन्दा बढी सक्रिय संक्रमित

मोरङ, सुनसरी, काठमाडौं, ललितपुर, भक्तपुर, चितवन र कास्कीमा कोरोनाको पाँच सय बढी सक्रिय संक्रमित छन्।

४५ जिल्लामा पाँच सय बढी सक्रिय संक्रमित

काठमाडौं। देशका ४५ वटा जिल्लामा कोभिड–१९ का पाँच सय बढी सक्रिय संक्रमित रहेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार प्रदेश १ का तीन, प्रदेश २ का ८, बागमतीका १२, गण्डकीका ४, लुम्बिनीका ९, कर्णालीका २ र सुदुरपश्चिमका ६ जिल्लामा हाल पाँच सय बढी सक्रिय संक्रमित रहेको देखिएको हो। अन्य १४ जिल्लामा दुई सय बढी सक्रिय संक्रमित रहेका छन्।