नेपाल–भारत सातामा ५६ उडान गर्ने तयारी

काठमाडौं–दिल्ली सातामा ५६ वटा उडान गर्ने तयारी गरिएको छ । कोभिड–१९ पछि दुई देशबीच उडान संख्यामा कटौती गर्दै एयर बबल सम्झौता अनुसार हुँदै आएको उडानलाई नियमित गर्न लागिएको हो ।भारत पक्षका विमानबाट २८ र नेपालतर्फबाट २८ गरी साताको ५६ वटा उडान गर्ने योजनाअनुरुप संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा भारतीय राजदूतावासबाट पत्राचार भएको मन्त्रालयका सहसचिव […]

सम्बन्धित सामग्री

भारतले किन दिएन भैरहवाबाट नयाँदिल्ली उडान अनुमति ?

एक वर्षअघि व्यावसायिक रुपमा सञ्चालनमा आएको रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल वायुसेवा निगमले नयाँ दिल्ली र मलेसिया उडान गर्ने तयारी गरे पनि भारतले अझै पनि अनुमति दिएको छैन । निगमले जेठ १५ देखि उडान गर्नेगरी आवश्यक तयारी गरिरहेको छ । निगमले भैरहवाबाट भारतको नयाँदिल्ली र मलेसियाको क्वालालम्पुर सातामा एक–एक उडान गर्ने कार्यतालिका बनाएको छ …

नेवानिको दिल्ली–भैरहवा उडान अनिश्चित

नेपाल वायुसेवा निगम (नेवानि)ले भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (जिबिआइए)मा गर्न लागेको अन्तर्राष्ट्रिय उडान अनिश्चित बनेको छ । निगमले १२ मंसिरदेखि सातामा चार दिन काठमाडौं–दिल्ली–भैरहवा–काठमाडौं उडान गर्ने तयारी थालेको थियो । तर, नेपाल...

तीन महिनापछि सुकेटार विमानस्थलमा उडान

प्रतिकूल मौसमका कारणले अवरुद्ध रहेको ताप्लेजुङको सुकेटार विमानस्थलमा तीन महिनापछि उडान भएको छ । नेपाल एयरलाइन्सले आज उडान भरेको हो ।जहाजले काठमाडौँबाट सात यात्रु लिएर आएको र ताप्लेजुङबाट पाँच यात्रु लिएर काठमाडौँ फर्केको नेपाल वायुसेवा निगम ताप्लेजुङ कार्यालय प्रमुख लोकेन्द्र लिम्बूले जानकारी दिए । उनका अनुसार अब तालिकाअनुसार सातामा सोमबार, बुधबार र शुक्रबार उडान हुनेछ । यात्रुको चापलाई मध्यनजर गर्दै केही समयपछि शनिबार पनि उडान थप्ने तयारी भइरहेको कार्यलयले जनाएको छ ।ताप्लेजुङबाट काठमाडौँसम्मका

धमाधम उडान विस्तार गर्दै नेपाल एयरलाइन्स, नयाँ दिल्लीमा दैनिक दुई उडान

चैत ३, काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले कोभिड–१९ महामारीका कारण उडान स्थगित भएका गन्तव्यमा धमाधम उडान विस्तार गरिरहेको छ ।            महामारीको जोखिम कम भएसँगै सबैजसो क्षेत्र सहज बनेपछि नेपाल एयरलाइन्सले महामारीअघि उडान सेवा दिइरहेका गन्तव्यमा पुनः उडान शुरु गरेको हो । नेपाल एयरलाइन्सले दुई वर्षको अन्तरालपछि भारतको मुम्बई र बैङलोरमा पुनः उडान गर्ने घोषणा गरिसेको छ । निगमले आगामी मार्च २१ देखि बैङ्लोर र मार्च २९ तारिखदेखि मुम्बईमा उडान गर्ने तयारी गरेको छ ।            बैंङ्लोरमा साताको मंगलवार, बिहीवार र शनिवार उडान सञ्चालन हुनेछ भने मुम्बईमा बुधवार, शुक्रवार र आइतवार उडान गरिनेछ ।            नयाँ दिल्लीमा दैनिक दुई उडान            महामारीको असहज अवस्थामा पनि नियमित उडान भइरहेको भारतको नयाँ दिल्ली गन्तव्यमा पनि गत फागुन ३० देखि दैनिक दुई उडान भइरहेको छ । भारतले आफ्ना सबै प्रकारका व्यावसायिक उडान खुला गरेसँगै नेपाल एयरलाइन्सले दिल्लीमा दैनिक दुई उडान गरिरहेको हो ।            जापानको नारितामा साताको दुई उडान            नेपाल एयरलाइन्सले जापानको नारितामा साताको दुई दिन उडान गर्ने गरी आवश्यक तयारी गरिरहेको छ । कोभिड महामारीका कारण उडान स्थगन भएको यो गन्तव्यमा निगमले पुनः उडान सञ्चालन गर्न लागेको हो । निगमले जापानको नारितामा साताको दुई उडान गर्ने निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिइन् ।            नारिता विमानस्थलमा अप्रिल १ देखि उडान गर्नेगरी तयारी भइरहेको हो । निगमका प्रवक्ता अड्काले कोभिड महामारी पूर्वका सबैजसो गन्तव्यमा पुनः उडान विस्तार गरेर नेपाल एयरलाइन्स उडान सेवामा पूर्ववत लफमा फर्किएको उल्लेख गरिन् । नेपाल एयरलाइन्सले नारितामा अप्रिल १ देखि साताको मंगलवार र शुक्रवार उडान गर्नेगरी नयाँ तालिका सार्वजनिक गरिसकेको छ ।            अहिले नारितामा शुक्रवार मात्र उडान भइरहेको छ । हाल नारितामा साताको एक दिन शुक्रवार मात्रै उडान भइरहेको छ । नेपाल एयरलाइन्सले सात देशका नौ ओटा गन्तव्यमा उडान गर्दै आएको छ ।            बैंककमा पनि साताको दुई उडान            नेपाल एयरलाइन्सले थाइल्याण्डको राजधानी बैंकक गन्तव्यमा पनि साताको दुई उडान सञ्चालन गर्ने भएको छ । यसअघि सातामा एक मात्रै उडान गरिरहेको नेपाल एयरलाइन्सले आगामी चैत ७ देखि सातामा दुई उडान गर्ने तयारी गरेको हो ।  रासस

रेसुङ्गा विमानस्थलमा वैशाखदेखि नियमित उडान गर्ने तयारी

२० माघ, गुल्मी । गुल्मीको रेसुङ्गा विमानस्थलमा आगामी वैशाखदेखि नियमित उडान गर्ने गरी काम थालिएको छ । अहिले विमानस्थलमा टर्मिनल भवन र धावन मार्गको काम सम्पन्न हुने चरणमा छ । विमानस्थलको टर्मिनल भवन र धावनमार्ग कालोपत्रे गर्ने काम अबको एक सातामा सकिने आयोजना प्रमुख सञ्जीव खड्काले बताए । विमानस्थलको धावन मार्ग र टर्मिनल भवनको काम […]

श्रीलंकन एयरलाइन्सले नेपालमा सातामा दुई ओटा उडान गर्ने

भदौ १२, काठमाडौं। श्रीलंकन एयरलाइन्सले नेपालमा पहिलो पटक उडान गर्ने भएको छ । उक्त विमान सेवाले कोलम्बो काठमाडौं दुईतर्फी उडान गर्ने तयारी शुरु गरेको  हो । नियमित उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणबाट स्वीकृति पाएसँगै कम्पनीले आगामी मंगलवारदेखि कोलम्बो काठमाडौं उडान गर्ने बताइएको छ ।  श्रीलंकनले मंगलवार र शनिवार गरी साताको दुई दिन उडान गर्ने छ ।