सल्यानमा बहुमत कार्यपालिका सदस्यद्वारा बैठक बहिष्कार

सल्यान : सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा बहुमत कार्यपालिका सदस्यहरूले बैठक बहिष्कार गरेका छन्।बैठकमा वडा न १ का अध्यक्ष शान्तकुमार यरीको विषयलाई लिएर विवाद हुँदा बैठक बहुमत सदस्यहरूले बैठक बहिष्कार गरेका हुन्।सोमबार बसेको बनगाड कुपिण्डे नगरपालिकाको कार्यपालिका बैठक बहुमत सदस्यद्वारा बहिष्कार भएपछि कुनै कार्य सूचीमा प्रवेश नगरी अनिश्चित कालका लागि स्थगित भएको छ।वडा नम्बर १ का अध्यक्ष यरीलाई कारबाही भएको जानकारी स्वरूप नगरप्रमुखले बैठकमा नबस्न आग्रह गरेपछि बहुमत सदस्यहरूले बैठक बहिष्कार गरेका