सात उपाध्यक्ष राख्नुपर्ने सुझाव सकारात्मक : ओली

नेकपा एमालेले अब विधानमै सात उपाध्यक्ष राख्ने सुझाव अनुमोदन गर्ने भएको छ । विधान महाधिवेशनअघि प्रस्तावित एमालेको विधानमा ३ उपाध्यक्ष राख्ने मस्यौदा गरिएको थियो । उक्त मस्यौदामाथि केन्द्रीय कमिटी बैठकमा भएको छलफलमा अधिकाँश सदस्यहरुले सात उपाध्यक्षको व्यवस्था गर्नुपर्ने सुझाव दिएका थिए । आइतबारको केन्द्रीय कमिटी बैठकमा जवाफ दिने क्रममा अध्यक्ष केपी शर्मा ओलीले उक्त सुझाव राम्रो भएको भन्दै त्यसलाई केन्द्रीय कमिटीबाट निर्णय गरेर अघि बढाइने बताए ।‘सात उपाध्यक्ष राख्नुपर्ने यो सुझाव धे

सम्बन्धित सामग्री

एमाले नेताहरू आन्तरिक छलफलमा

काठमाडौँ । नेकपा एमालेका नेताहरू आन्तरिक छलफलमा जुटेका छन् । बिहीबार राति बालुवाटारमा नेपाली काँग्रेससँगको बैठक सकिएपछि आन्तरिक छलफलका लागि एमालेका नेताहरू ओली निवास बालकोट पुगेका हुन् । नेपाली काँग्रेससँगको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा आफूहरूको मागप्रति सकारात्मक देखिएको एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले बताएका छन् । बालुवाटार बैठकको समीक्षा र अबको रणनीति बनाउन एमालेका नेताहरू […]

प्रचण्डसँगको भेटपछि ओली सिधै बालुवाटारमा

काठमाडौं, १२ फागुन । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटारतर्फ प्रस्थान गरेका छन् । नयाँ बानेश्वरस्थित् संसद् भवनमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसहितका नेताहरुसँगको छलफल सकिएलगत्तै एमाले अध्यक्ष ओली प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटारतर्फ प्रस्थान गरेका हुन् । माओवादीका नेताहरुसँग पनि सकारात्मक छलफल भएको एमाले उपाध्यक्ष सुवास नेम्वाङले […]

यो गठबन्धनको अब औचित्य रहेन, साँझ ७ बजे एमालेसँग निर्णायक छलफल हुन्छ : गगन थापा

काठमाडौं, १२ फागुन । नेपाली कांग्रेस र नेकपा (एमाले) का नेताहरुबीच भएको छलफल सकिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र कांग्रेस महामन्त्री गगनकुमार थापा कांग्रेसबाट उक्त छलफलमा सहभागी थिए भने एमालेबाट अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपाध्यक्ष सुवास नेम्वाङ सहभागी थिए । आजको छलफल सकारात्मक भएको नेताहरुको प्रतिक्रिया […]

एमालेमा सात उपाध्यक्ष बनाउने प्रस्ताव

उनका अनुसार सो विषयमा पार्टी अध्यक्ष केपी शर्मा ओली पनि सकारात्मक भएका छन्।

एमालेमा ७ उपाध्यक्ष !

नेकपा (एमाले) को केन्दीय कमिटी बैठकले हाल कायम रहेको पदाधिकारी सङ्ख्या हेरफेरको प्रस्ताव अघि बढाएको छ ।  तीन दिनदेखि जारी बैठक समापनपछि बैठकको निर्णय सुनाउँदै प्रचार विभाग प्रमुख योगश भट्टराईले महासचिव, उपमहासचिव र सचिवको सङ्ख्या हाल रहेको कायम गर्दै सातजना उपाध्यक्षको विषय समूहगत छलफलमा उठेको बताए । उनका अनुसार सो विषयमा पार्टी अध्यक्ष केपी शर्मा ओली पनि सकारात्मक भएका छन् । अध्यक्ष ओलीले उपाध्यक्ष बढाउँदा त्यसले कमिटीमा पार्नसक्ने प्रभाव ध्यान दिनुपर्ने बताएका थिए । यस विषयमा फेरि छलफल गरेर ठोस धारणा बनाइने उनले ब...

एमालेमा सात उपाध्यक्ष बनाउन आएको प्रस्ताव सकारात्मक : ओली

एमाले अध्यक्ष केपी शर्मा ओलीले सात उपाध्यक्ष बनाउन समूहगत रुपमा आएको सुझाव सकारात्मक भएको बताएका छन् ।

कार्यदल बैठक सकियो, बेलुका ७ बजे निर्णायक वार्तामा बस्ने

काठमाडौं : नेकपा एमालेको विवाद समाधान कार्यदलको बैठक सकिएको छ। बैठक सकारात्मक दिशामा अघि बढेकाले बेलुका फेरि बस्ने ओली पक्षबाट कार्यदलको नेतृत्व गरेका सुवास नेम्वाङले दाबी गरे। उनले भने, 'बैठक सकारात्मक भएको छ। केही तयारी गरेर बेलुकी सात बजे बस्‍ने बैठकबाट निष्कर्षमा पुग्छौँ। बेलुका बस्ने बैठकले एउटा निर्णायक सहमति दिने हाम्रो प्रयास हो।' बैठकअघि नेता माधवकुमार नेपाललाई भेट्न  उपाध्यक्ष भीम रावल कोटेश्वर पुगेको थिए। त्यसअघि अध्यक्ष केपी शर्मा ओली पक्षका नेता विष्ण

ओली-नेपालबीचको वार्ता निष्कर्षविहीन, नेपाल पक्षको राट्रिय भेला नरोकिने

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको वार्ता निष्कर्षविहीन भएको छ । सोमबार पार्टी कार्यालय धुम्बाराहीमा भएको वार्तामा दुवै पक्षले आआफ्ना अडान दोहोर्‍याएपछि निष्कर्षमा पुग्न नसेकोको हो । अध्यक्ष ओलीले फागुन २८ गते आफूहरुलाई थाहै नदिई बैठक गरेर एकपक्षीयरुपमा नेताहरुको जिम्मेवारी हेरफेर गर्ने र कतिपयलाई जिम्मेवारीविहीन गरिएको हुँदा त्यस दिनका निर्णय रद्द गर्नुपर्ने नेपाल पक्षले अडान लिएको छ । त्यसो नगरे आफूहरुले चैत ४ र ५ गतेका लागि बोलाएको कार्यकर्ता भेला नरोक्ने बताएका छन् । वार्ता सकारात्मक भएको तर कुनै सहमति हुन नसकेको नेपाल पक्षीय नेता भीम रावलले बताउनुभयो । आफूहरुले फागुन २८ गतेको निर्णय रद्द गर्न अध्यक्ष ओलीलाई आग्रह गरेको उहाँले जानकारी दिनुभयो । उहाँले फागुन २८ गते बसेको केन्द्रीय समितिको निर्णय मान्ने हो भने सर्वोच्च अदालतको फैसला नमानेको ठहरिने दाबी पनि गर्नुभयो । ‘हामीले त साझारुपमा सहमति नभएका सबै गतिबिधि रोकौं भन्ने प्रस्ताव गरेका छौं, ती स्थगित गर्नुको अर्थ फागुन २८ गते गरेका निर्णय रद्द गर्नुपर्छ, ती निर्णय रद्द भएमा हामी पनि स्थगित गरेर साझारुपमा अघि बढ्न तयार छौं भनेर स्पष्टरुपमा राखेका छौं,’ उपाध्यक्ष रावलले भन्नुभयो । गत फागुन २८ गते अध्यक्ष ओली पक्षको बैठकले २३ जना पूर्वमाओवादीका नेताहरुलाई केन्द्रीय सदस्यमा मनोनित गर्नुको साथै नेपाल पक्षका नेताहरुलाई जिम्मेवारीबाट हटाएको थियो ।

ओली र माधव नेपालबीचको छलफल सकियो, ‘सकारात्मक कुरा भयो, निष्कर्ष निस्किएन’

काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको बैठक सकिएको छ । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकमा पार्टीमा देखिएका समस्याका विषयमा छलफल भए पनि कुनै निष्कर्ष ननिस्किएकाे उपाध्यक्ष भीम रावलले. जानकारी दिनुभयो । बैठकमा अध्यक्ष ओलीले राष्ट्रिय भेला स्थगित गर्न आग्रह गरे पनि नेपाल समूहले भने आफ्ना पूर्ववत् कार्यक्रम यथावत् रहने अडान राखेका छन् । माधव नेपाल पक्षले अध्यक्ष अ‍ोलीले फागुन २८ गते गरेका पदाधिकारी खारेज गर्ने र विभिन्न प्रदेश तथा सङ्...