कर्मचारीमा कोरोना सङ्क्रमण, सेवा बन्द

डोटी । बडिकेदार गाउँपालिकामा कार्यरत चार कर्मचारीमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि एक साताका लागि सेवा बन्द गरिएको छ । गाउँपालिकाले स्वास्थ्य सेवा बाहेकका सम्पूर्ण सेवा बन्द गरेको हो । गाउँपालिका अध्यक्ष कृष्णबहादुर चन्दका अनुसार चार कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भयो । सोही कारण सेवा लिन आउनेलाई सङ्क्रमण नहोस् भन्ने उद्देश्यले स्वास्थ्य बाहेकका सबै सेवा […]

सम्बन्धित सामग्री

कर्मचारीमा कोरोना, मेलौली नगरपालिकाम सेवा बन्द

कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि बैतडीको मेलौली नगरपालिकाका सेवा बन्द गरिएका छन्।  नगरपालिकामा कार्यरत पाँच कर्मचारीमा कोरोना देखिएपछि आजदेखि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएका हुन् ।

कर्मचारीमा कोरोना, नगरपालिकाका सेवा बन्द

कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि बैतडीको मेलौली नगरपालिकाका सेवा बन्द गरिएका छन् ।  नगरपालिकामा कार्यरत पाँच कर्मचारीमा कोरोना देखिएपछि आजदेखि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएका हुन्  । नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सपना कार्कीका अनुसार अर्को सूचना जारी नभएसम्मका लागि अत्यावश्यक बाहेकका सेवा बन्द गरिएका हुन् ।एन्टिजेन विधिमार्फत कोरोना परीक्षण गरिँदा नगरपालिकामा कार्यरत पाँच कर्मचारीमा सङ्क्रमण पुष्टि भएको हो । यसअघि मेलौली नगरपालिकास्थित केशरपुर प्राथमिक स्व

कर्मचारीमा कोरोना देखिएपछि काभ्रे मालपोतको सेवा पाँच दिन बन्द

मालपोत कार्यालय धुलिखेलमा कार्यरत केही कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि कार्यालयको सेवा पाँचदिनका लागि स्थगित गरिएको छ।

कर्मचारीमा कोरोना देखिएपछि काभ्रे मालपोतको सेवा पाँच दिन बन्द

मालपोत कार्यालय धुलिखेलमा कार्यरत केही कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि कार्यालयको सेवा पाँचदिनका लागि स्थगित गरिएको छ ।

३६ जना स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना सङ्क्रमण

मकवानपुरको सरकारी अस्पताल हेटौँडामा कार्यरत ३६ स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । गत बिहीबारदेखि आजसम्म गरिएको पिसिआर परीक्षणमा अस्पतालका ३६ जनालाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको अस्पताल विकास समितिका अध्यक्ष राजेश प्रसार्इंले जानकारी दिनुभयो । अस्पतालका अनुसार चार चिकित्सक, ११ नर्स र प्रयोगशालामा कार्यरत १३ स्वास्थ्यकर्मी र आठ जना …

कर्मचारीमा कोरोना, मालपोत कार्यालय विराटनगरको सम्पूर्ण सेवा बन्द

मालपोत कार्यालय विराटनगरका ८ जना कर्मचारीमा कोरोना सङ्क्रमण भएपछि कार्यालयबाट प्राप्त हुने सम्पूर्ण सेवा बन्द गरिएको छ ।कार्यालयका विभिन्न फाँटमा कार्यरत ती कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । सोमबार ६ जना कर्मचारी र मंगलबार थप दुई जना कर्मचारीमा सङ्क्रमण देखिएपछि कार्यालयबाट प्रदान हुने सम्पूर्ण सेवा हाललाई बन्द गरिएको कार्यालय प्रमुख लोकबहादुर भण्डारीले बताए ।उनले अर्को सूचना जारी नभएसम्मका लागि सेवा प्रवाह बन्द गरिए पनि कार्यालयको आन्तरिक काम भने सञ्चालन गर्ने निर्णय भएको बताए

कर्मचारीमा कोरोना सङ्क्रमण भएपछि प्रशासन कार्यालयको सेवा बन्द

जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुको सेवा बन्द गरिएको छ । कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि भदौ १ गतेसम्मका लागि सेवा बन्द गरिएको प्रशासन कार्यालय सोलुखुम्बुले जनाएको छ । निमित्त प्रमुख जिल्ला अधिकारी उर्मिला खतिवडाका अनुसार साउन २७ गते बुधबारदेखि सुरक्षा र मुद्दाबाहेकका सबै सेवा बन्द गरिएको छ । कार्यालयको नागरिकता शाखाका दुई कर्मचारीमा सङ्क्रमण […]

तीन प्रदेशसभा सदस्यसहित एक कर्मचारीमा कोरोना सङ्क्रमण

गण्डकी, १५ वैशाख: गण्डकी प्रदेशसभाका तीन प्रदेशसभा सदस्यसहित एकजना कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रदेशसभामा मङ्गलबार प्रदेशसभा सदस्यसहित १५३ जनाको कोरोना परीक्षण गरिएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक सपना सुवेदीले जानकारी दिए । मङ्गलबारको बैठकको शुरुमै नेकपा एमालेका तर्फबाट प्रदेशसभा सदस्य राजीव पहारीले कोरोना परीक्षण गरेर मात्र बैठक चलाउन माग गरेसँगै सत्तापक्षीय सदस्यहरूले बैठक […]