१८ फागुन, काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी (जसपा) को संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराई मंगलबार नेपाल फर्किएका छन् । स्वास्थ्य परीक्षणका लागि भारतको राजधानी दिल्ली गएका उनी उपचार पूरा भएपछि मंगलबार अपरान्ह काठमाडौं आएका हुन् । न्युरो-इन्डोक्राइनको ट्युमरमा क्यान्सर भएको आशङ्कामा परीक्षणका लागि नयाँ दिल्ली पुगेका भट्टराईले त्यहाँस्थित यकृत एवं पित्त विज्ञान […]