तनहुँका पालिकाको प्रमुखमा महिला नेतृत्व शून्य

तनहुँका १० पालिकाको प्रमुखमा महिला नेतृत्व शून्य भएको छ । विसं २०७४ को स्थानीय तह निर्वाचनबाट म्याग्दे गाउँपालिकाको अध्यक्षमा मायादेवी राना निर्वाचित भएर एक्लो पालिका प्रमुखको जिम्मेवारी निर्वाह गरेकी उनी यसपटकको निर्वाचनमा भने पराजित भएकी छन् । नेपाली काँग्रेसबाट अघिल्लो स्थानीय तह निर्वाचनबाट विजयी भएर एक्लो महिला प्रमुखको जिम्मेवारी निर्वाह गरेकी राना यसपटक नेकपा (एमाले)का उम्मेदवार श्रीप्रसाद श्रेष्ठसँग पराजित भएकी छन् । दश पालिकामध्ये म्याग्देमा मात्रै महिलाले प्रमुखमा उम्मेदवारी

सम्बन्धित सामग्री

खोटाङमा पहिलो पटक दुईजना महिला पालिका प्रमुख निर्वाचित

खोटाङ-खोटाङले पहिलो पटक पालिकामा महिला नेतृत्व पाएको छ । स्थानीय तह निर्वाचन २०७९ मार्फत जिल्लाका दुई पालिकामा महिला प्रमुख निर्वाचित भएका हुन् ।चार पालिकाको प्रमुखमा महिलाको उम्मेदवारी रहेकोमा दुईजनाले जितेका हुन् । हलेसी तुवाचुङ नगरपालिकाको मेयरमा नेपाली कांग्रेसबाट विमला राई र जन्तेढुंगा गाउँपालिकाको अध्यक्षमा कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी (एस) र जनता समाजवादी […]

तनहुँका स्थानीय तहको प्रमुखमा महिला शून्य

तनहुँ : जिल्लाका १० पालिकाको प्रमुखमा महिला नेतृत्व शून्य भएको छ।२०७४ सालको स्थानीय तह निर्वाचनबाट म्याग्दे गाउँपालिकाको अध्यक्षमा मायादेवी राना निर्वाचित भएर एक्लो पालिका प्रमुखको जिम्मेवारी निर्वाह गरेकी उनी यसपटकको निर्वाचनमा भने पराजित भइन्। अघिल्लो स्थानीय तहमा एक्लो महिला प्रमुखको जिम्मेवारी निर्वाह गरेकी मायादेवी राना यो पटक म्याग्दे गाउँपालिकामा नेकपा एमालेका उम्मेदवार श्रीप्रसाद श्रेष्ठसँग पराजित भइन्। १० पालिकामध्ये म्याग्देमा मात्रै प्रमुखमा महिलाको  उम्मेदवारी परेको थि

म्याग्दीका पालिका र वडामा महिला नेतृत्व शून्य

म्याग्दी । म्याग्दीका गाउँपालिका, नगरपालिका र वडामा महिलाको नेतृत्व शून्य भएको छ । जिल्लाका छ ओटा स्थानीय तह र ४५ वटा वडाको नेतृत्वमा सबै पुरुष उम्मेदवार निर्वाचित भएका हुन् । प्रमुख र अध्यक्ष पदमा सबै पुरुष निर्वाचित हुँदा उपाध्यक्षमा पाँच महिला र एक पुरुष उम्मेदवार विजयी भएका छन् । नगर र गाउँपालिकाको नेतृत्वका लागि तीन र वडाको नेतृत्वका लागि दुई महिला उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए । उनीहरू सबै पराजित हुँदा पालिका र वडाको नेतृत्वमा महिलाको उपस्थिति शून्य भएको हो । धवलागिरि गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले)बाट उम्मेदवार बनेकी थमसरा पुन कांग्रेसका प्रेमप्रसाद पुनसँग पराजित भइन् । नेकपा (माओवादी केन्द्र)बाट रघुगङ्गा गाउँपालिका अध्यक्षको उम्मेदवार बनेकी मीना विश्वकर्मा तेस्रो बनिन् । राप्रपाबाट बेनी नगरपालिकाको प्रमुखको उम्मेदवार बनेकी मीनाकुमारी शर्मा चौथो बनिन् । मङ्गला गाउँपालिकाको वडा नं ४ मा एमालेले लक्ष्मीकुमारी बुढाथोकी र माओवादी केन्द्रले मनमाया चोचाङ्गीलाई वडाध्यक्षको उम्मेदवार बनाएका थिए । कांग्रेसका लालबहादुर रोकाले दुवै जनालाई पराजित गरेर वडाध्यक्षमा निर्वाचित भए । स्थानीय तहको पहिलो कार्यकालमा धवलागिरिको अध्यक्षमा एमालेका थमसरा पुन, सोही पालिकाको वडा नं ५ मा कांग्रेसका खर्ककुमारी छन्त्याल र मालिका गाउँपालिका–५ को अध्यक्षमा कांग्रेसका पिपला बुढाथोकी वडाध्यक्षमा निर्वाचित भएका थिए । दलहरूले नेतृत्व तहमा महिलालाई अवसर नदिएका कारण निर्वाचित हुनेको संख्या पनि कम भएको म्याग्दी बहुमुखी क्याम्पसका उपप्रध्यापक रेखाकौशल रेग्मीले बताए । जिल्लामा नेकपा (एमाले) ले एक नगरप्रमुख, तीन गाउँपालिका अध्यक्ष, तीन उपाध्यक्ष, २२ वडाध्यक्ष, २१ महिला सदस्य, २३ दलित महिला सदस्य र ४५ खुला सदस्य गरी १८८ पदमा जितेको छ । कांग्रेसले दुई गाउँपालिका अध्यक्ष, एक उपाध्यक्ष, १७ वडाध्यक्ष, १८ महिला सदस्य, १६ दलित महिला सदस्य, ३४ खुला सदस्य गरी कूल ८८ पदमा जितेको छ । माओवादी केन्द्रले एक उपप्रमुख, एक उपाध्यक्ष, छ वडाध्यक्ष, छ दलित महिला सदस्य, छ महिला सदस्य र १० खुला सदस्य गरी ३० पदमा जितेको छ । धवलागिरि गाउँपालिका–१ गुर्जाका गुनराम छन्त्याल म्याग्दीमा निर्वाचित हुने एक मात्र स्वतन्त्र उम्मेदवार बनेका छन् । रासस

सुदूरपश्चिमका स्थानीय तहमा महिला नेतृत्व न्यून

धनगढी : सुदूरपश्चिममा स्थानीय तह सदस्य निर्वाचन २०७९ को अन्तिम मत परिणाम सार्वजनिक हुने क्रम जारी छ। अन्तिम मत परिणाम सार्वजनिक भएका स्थानीय तहमध्ये डेढ दर्जनभन्दा बढी पालिकाको प्रमुख र उपप्रमुखमा पुरूष निर्वाचित भएका छन्।गठबन्धनमा आबद्ध दलहरूले प्रमुख/उपप्रमुखमा महिलालाई टिकट नदिँदा सुदूरपश्चिममा स्थानीय पालिकाको नेतृत्वमा महिलाको उपस्थिति गत निर्वाचनभन्दा कम भएको छ। हालसम्मको नतिजाअनुसार प्रदेशका १९ पालिकाको प्रमुख–उपप्रमुख दुवैमा पुरुष निर्वाचित भएका छन्।प्रदेशको बझाङमा सबैभन्

म्याग्दीका पालिका र वडामा महिला नेतृत्व शून्य

स्थानीय तहको पहिलो कार्यकालमा धवलागिरिको अध्यक्षमा एमालेका थमसरा पुन, सोही पालिकाको वडा नं ५ मा कांग्रेसका खर्ककुमारी छन्त्याल र मालिका गाउँपालिका–५ को अध्यक्षमा कांग्रेसका पिपला बुढाथोकी वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो ।

स्थानीय तहको निर्वाचन: कुन–कुन पालिकामा महिला नेतृत्व ?

बिहीबार मध्यरातसम्मको मतगणना नतिजा अनुसार प्रदेश १ मा पाँच, मधेश प्रदेशमा दुई, वाग्मतीमा चार, गण्डकीमा तीन, लुम्बिनीमा एक, कर्णालीमा दुई पालिका प्रमुखमा निर्वाचित भएका हुन् । सुदुरपश्चिममा ७६ पालिकाको मत परिणाम आउदा नेतृत्वमा महिला एक जना पनि चुनिएका छैनन् ।

बागलुङमा दुई पालिकामा मात्रै महिला नेतृत्व,  ८५ वडाध्यक्षमा शुन्य

बागलुङ - दश पालिका रहेको बागलुङको मतगणना सकिएको छ । बागलुङको मतपरिणाम आइसक्दा ८५ वडाध्यक्षमा सबै पुरुष विजयी भएका छन् भने एक पालिका अध्यक्ष र एक पालिका उपाध्यक्षमा मात्रै महिला निर्वाचित भएका छन् ।  बागलुङको एक पालिकाको नेतृत्व यसपटक महिलाले गर्ने भए पनि स्थानीयतहको निर्वाचन २०७४ को तुलनामा महिला जनप्रतिनिधि वडा स...

बागलुङमा दुई पालिकामा मात्रै महिला नेतृत्व,  ८५ वडाध्यक्षमा शुन्य

बागलुङ - दश पालिका रहेको बागलुङको मतगणना सकिएको छ । बागलुङको मतपरिणाम आइसक्दा ८५ वडाध्यक्षमा सबै पुरुष विजयी भएका छन् भने एक पालिका अध्यक्ष र एक पालिका उपाध्यक्षमा मात्रै महिला निर्वाचित भएका छन् ।  बागलुङको एक पालिकाको नेतृत्व यसपटक महिलाले गर्ने भए पनि स्थानीयतहको निर्वाचन २०७४ को तुलनामा महिला जनप्रतिनिधि वडा स...

नेकपा एमाले धादिङ ८ पालिकाको नेतृत्व चयन, एक पालिकामा महिला नेतृत्व

धादिङ  । नेकपा एमाले धादिङको जारी पालिका अधिवेशन अन्तर्गत जिल्लाको आठ स्थानीय तहमा नेतृत्वको टुङ्गो लागेको छ ।महाधिवेशनको संघारमा एमालेले स्थानीय तहमा रहेका संगठनहरुलाई परिचालित गर्दै महिला, किसान, युवा, विद्यार्थी संगठनहरु समेत क्रियाशिल गरेको छ । जिल्लाको २ नगरपालिका र ११ गाउँपालिका गरि १३ पालिका मध्ये आठ वटा पालिकामा नयाँ नेतृत्व चयन भएका हुन। बाँकी […]