काठमाण्डाै - आज सभामुख, सांसद र केही मन्त्रीले कोरोनाविरुद्धको खोप लगाउने भएका छन् ।
बिहान १० बजे नयाँ बानेश्वरमा रहेकाे सिभिल अस्पतालमा सभामुख अग्नि सापकोटालगायत सांसद र मन्त्रीले खोप लगाउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
प्रतिनिधिसभाको बैठक आह्वान भएपछि सभामुखसहित सांसदहरुले कोरोनाविरुद्धको खोप लगाउन लागेका हुन् । आउँदो २३ गते प्रतिनिधिसभाको बैठक बस्दै छ । यस्तै, आज संसदको रिपोर्टिङ गर्ने केही पत्रकारले पनि खोप लगाउँदै छन् ।
सरकारले सबै नागरिकलाई खोप दिने भन्दै थप ५० लाख डोज कोरोनाविरुद्धको खोप ...