एक महिनादेखि जिल्ला अस्पतालमा छैन जीवनजल

सुर्खेत :   सदरमुकामको मुगु जिल्ला अस्पतालमा जीवनजलकै अभाव रहेको छ।  जिल्लाको एक मात्र सरकारी अस्पतालमा जीवनजल अभाव हुँदा बिरामीहरू समस्यामा परेका छन्।सरकारले निशुल्क वितरण गर्दै आएको जीवनजल अहिले मुगु अस्पतालमा अभाव छ। मुगु अस्पतालमा जीवनजलसमेत पाइन छाडेको बिरामीले गुनासो गरेका छन्। औषधि नभएकोले झाडापखाला लागेर जिल्ला अस्पतालमा पुग्ने हो भने पनि बिरामीले जीवनजल पनि नपाउने अवस्था छ।झाडापखालाका बिरामी उपचार गर्न अस्पताल आउँदा जीवनजल नपाउने गरेको बताउँछन्। अस्पतालमा जीवनजलको अभाव हु