बाबु-छोरीको कथामा फिल्म ‘छोरी’

बसन्त पोखरेलको लेखन तथा निर्देशनमा सट फिल्म ‘छोरी’ तयार भएको छ । पैसा प्रशस्त भएपनि अमेरिकाबाट दसैँ, तिहार, तीज जस्ता पर्व मनाउन नपाएकी एउटी छोरी र सम्पत्ति भएपनि सन्तान र आफन्त टाढा भएका एक बुवाको कथा फिल्मले देखाउन खोजेको छ । १५ मिनेटको फिल्म सुरेन्द्र थापाको प्रस्तुतिमा सुवासप्रसाद पाण्डेले निर्माण गरेका हुन् । फिल्मका कार्यकारी निर्मातामा नवराज भण्डारी रहेका छन् । फिल्ममा बसन्त पोखरेल, सरिता भुजेल, अजय पन्त, सुरेन्द्र थापा लगायत कलाकारको अभिनय देख्न सकिन्छ । गौतमराज खड्काको