प्युठानमा जन्ती बोकेको जिप दुर्घटना : आठको मृत्यु‚ पाँच घाइते

काठमाडौं : प्युठानमा बेहुली लिएर फर्कँदै गरेको जिप दुर्घटना हुँदा आठजनाको मृत्यु भएको छ।नौबहिनी गाउँपालिकाको लुङमा विवाह सकेर बेहुली लिएर गौमुखी गाउँपालिकातर्फ जाँदै गरेको ग १ ज ५० ९२ नम्बरको जिप दुर्घटना भएको हो। दुर्घटनामा मृत्यु हुनेमध्ये पाँचजना महिला र तीन पुरुष रहेका जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ।प्रहरीका अनुसार ६ जनाको घटनास्थलमै र दुई जनाको उपचारका क्रममा मृत्यु भएको हो। मृतकको पहिचान खुल्न बाँकी छ। बेहुला बेहुलीसहित पाँच जना घाइते छन्। उनीहरुलाई उपचारका लागि जिल्ला अस्प

सम्बन्धित सामग्री

जिप दुर्घटना अपडेट : आठको मृत्यु, सबैको सनाखत

टक्सार (भोजपुर) । धरानबाट भोजपुर घोरेटारतर्फ जाँदै गरेको यात्रुवाहक जिप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या आठ पुगेको छ । घटनास्थलमा नै सातजनाको मृत्यु भएको थियो भने थप एकजनाको धरानमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय, भोजपुरका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) सुदीपराज पाठकका अनुसार मृतक सबैको सनाखत भएको छ । मृत्यु हुनेमा इटहरी–९ का चालक ४० वर्षीय मानबहादुर बस्नेत, भोजपुरको हतुवागढी गाउँपालिका–२ का ७० वर्षीया पर्वतमाया राई, सोही वडाका २३ वर्षीय चन्द्रप्रकाश राई, छ महीनाकी बालिका बिसाङ चाम्लिङ राई, हतुवागढी–५ की ३२ वर्षीया राजकुमारी राई, हतुवागढी–९ का ६८ वर्षीय पदमबहादुर थापा, ४५ वर्षीया कमला अधिकारी र हतुवागढी–५ का ४२ वर्षीय किशन राईको सनाखत भएको प्रहरी प्रमुख तथा डीएसपी पाठकले जानकारी दिए । किशन राईको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।  साथै दुर्घटनामा परी गम्भीर घाइते भएकालाई उद्धार गरी उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । इलाका प्रहरी कार्यालय, घोरेटारबाट सातजना र हसनपुरबाट पाँचजना गरी १२ जना प्रहरीको टोलीलाई तत्काल घटनास्थलमा पठाएर उद्धारको व्यवस्था मिलाइएको प्रहरी प्रमुख पाठकले जानकारी र्दिए । घाइतेको विवरण लिने काम भइरहेको प्रहरीले जनाएको छ ।  धरानबाट भोजपुरको दक्षिणतर्फ आउँदै गरेको को१ज २५९३ नम्बरको जिप आज बिहान १०ः३० बजेतिर उदयपुरको बेलका–७ मैनामैनीमा दुर्घटना भएको थियो । जिपमा क्षमताभन्दा बढी यात्रु सवार रहेको देखिएकाले दुर्घटना भएको देखिएको प्रहरीको प्रारम्भिक अनुमान छ । रासस