वायु सेवा निगमको महाप्रबन्धकमा ज्वारचन नियुक्त

काठमाण्डौ – नेपाल वायु सेवा निगमको महाप्रबन्धकमा वायु सेवाकै वरिष्ठ पाइलट दीपु ज्वारचन नियुक्त हुनुभएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले मन्त्रीस्तरीय निर्णयबाट आज बिहीवार ज्वारचनलाई महाप्रबन्धकमा नियुक्त गर्नुभएको हो । निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी निलम्बनमा परेपछि रिक्त रहेको निगमको कार्यकारी प्रमुखको जिम्मेवारी अब ज्वारचनले सम्हाल्ने मन्त्रालयले जनाएको छ । निगमको अप्रेशन निर्देशक रहनुभएका ज्वारचनले वरिष्ठ पाइलटको हैसियतमा न्यूनतम उडान गर्ने गरी जिम्मेवारी पाउनुभएको बताइएको छ । ...

सम्बन्धित सामग्री

६५ वर्ष पुग्यो वायु सेवा निगम

काठमाडौं : राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ६५ वर्ष पुगेको छ।  सन् १९५८ जुलाई १ मा स्थापना भएको निगमले २८ सिट क्षमतायुक्त डोग्लस डीसी ३ डाकोटाबाट सेवा प्रारम्भ गरी ६४ वर्षे दौरानमा पछिल्लो पटक वाइड बडी ए ३३०–२०० सिरिजको विमान भित्र्याएर सेवा दिइरहेको छ। निगमले हाल अन्तराष्ट्रियतर्फ भारतको नयाँदिल्ली, बेङ्लोर र मुम्बई तथा हङकङ, मलेसिया, थाइल्याण्ड, जापानको नारिता, कतारको दोहा, युनाइटेड अरब इमिरेटस्को दुबई र साउदी अरबको रियादमा उडान भर्दै आएको छ।

नेपाल वायु सेवा निगमको ६५ वर्षे यात्रा सुरु

राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले ६५ वर्षे यात्रा सुरु गरेको छ । सन् १९५८ जुलाई १ मा स्थापना भएको निगमले २८ सिट क्षमतायुक्त डोग्लस डिसी ३ डाकोटाबाट सेवा प्रारम्भ गरी ६४ वर्षे दौरानमा पछिल्लो पटक वाइडबडी ए ३३०–२०० सिरिजको विमान भित्र्याएर सेवा दिइरहेको छ । निगमले हाल अन्तराष्ट्रियतर्फ भारतको नयाँदिल्ली, बेङ्लोर र […]

नेपाल वायु सेवा निगम : कमजोर व्यवस्थापन

रमेशकेशरी वैद्य निपाल वायु सेवा निगम, राम्रो संस्थान तर कहिल्यै उँभो नलाग्ने । सरकारी हस्तक्षप र कमजोर व्यवस्थापनले गर्दा यो संस्थान दिनपर दिन उँधो लागिरहेको अवस्था छ । पहिला यो संस्थान यस्तो अवस्थामा पुगेको थिएन । त्यति बेलाको कुरा गर्दा यहाँ यति धेरै सरकारी हस्तक्षप हुँदैनथ्यो । कर्मचारी व्यवस्थापन राम्रो थियो । रकमको समस्या कहिल्यै […]

वायु सेवा निगमले साउदी अरेबियामा उडान गर्ने

काठमाण्डाै – नेपाल वायु सेवा निगम (नेपाल एअरलाइन्स) ले साउदी अरेबियाको रियादमा उडान गर्ने भएको छ । आज आइतवार नेपाल वायु सेवा निगमलाई साउदी अरेबियाको नागरिक उड्डयन प्राधिकरणले उडान अनुमति दिएको छ । उडान अनुमतिअनुसार नेपाल वायु सेवा निगमले साउदी अरेबियाको रियाद, दमाम तथा जेद्दामा उडान भर्न पाउनेछ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेकाे विशेष निर्देशन र कार्यकारी अध्यक्ष युवराज अधिकारीकाे पहलमा यो उडान अनुमति प्राप्त भएको निगमले जनाएको छ ।  निगमले अप्रिल २०२२ बाट नै व्यावसायिक...

वायु सेवा निगम सुधारको लागि समिति गठन गर्न अर्थको सुझाव

नेपाल वायु सेवा निगमको भावी कार्यदिशा र जारी कर्मचारी आन्दोलनको सम्बन्धमा अध्ययन गर्न एक उच्च स्तरीय समिति बनाउन उपयुक्त हुने अर्थ मन्त्रालयले बताएको छ । अर्थमन्त्री जनार्दन शर्माले पर्यटन सचिवको संयोजकत्वमा अध्ययन समिति गठन गर्नुपर्ने बताए ।उनले उक्त समितिमा अर्थ मन्त्रालय र वायु सेवा निगमका प्रतिनिधि तथा उड्डयन क्षेत्रसँग सम्बन्धित स्वतन्त्र विज्ञ समेत राख्नुपर्ने बताए । उक्त समितिले १५ देखि २० दिनभित्र सुझावसहितको प्रतिवेदन पेस गर्ने गरी प्रक्रिया अघि बढाउनुपर्ने अर्थमन्त्री शर्माको भना

वायु सेवा निगम निजीकरण गर्ने प्रक्रिया रोक्न अल्पकालीन अन्तरिम आदेश

काठमाण्डाै – सर्वोच्च अदालतले नेपाल वायु सेवा निगम (नेपाल एअरलाइन्स) निजीकरण गर्ने सम्पूर्ण प्रक्रिया रोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । निगम निजीकरण रोक्नु नपर्ने माग गर्दै नेपाली पार्टीका तर्फबाट आतिस कार्कीले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश कुमार रेग्मीको इजलासले निजीकरणका कुनै पनि काम अघि नबढाउन अल्पकालीन अन्तरिम आदेश दिएको हो । यस विषयमा थप छलफलका लागि सर्वोच्च अदालतले दुवै पक्षलाई १५ दिनभित्र लिखित जवाफ पेस गर्न निर्देशन दिएको छ । दुवै पक्षको छलफलपछि अन्तरिम आदेशको निष्कर्...

नेपाल वायु सेवा निगम सुधारको खाँचो

नेपाल वायु सेवा निगम कुनै समय औसत नेपालीका सपनाको रोजागारदाता थियो । निजी क्षेत्रका कुनै पनि वायुसेवा कम्पनी अस्तित्वमा थिएनन् । वैकल्पिक कुनै अन्य वायुसेवा नभएको अवस्थामा बजारमा एउटामात्र उपलब्ध सेवाको कारण निगमको हालीमुहाली थियो । तर, २०४६ सालको जनआन्दोलनपछिको सरकारले मुलुकमा खुला आर्थिक नीति अवलम्बन ग-यो । निजी क्षेत्रका लागि नेपालको आकाश पनि खुला […]

टेलिकम र वायु सेवा निगम निजीकरण गर्न खोजिएको हो ? अर्थसचिव ढुंगानाले दिए जवाफ

घाटामा गएको नेपाल वायु सेवा निगमलाई निजीकरण गर्नु भन्दापनि रणनीतिक साझेदार भित्र्याउने तयारी भएको सरकारले बताएको छ । बजेट समीक्षा गर्न आइतवार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थसचिव शिशिर कुमार ढुंगानाले प्रतिस्पर्धात्मक प्रणालीबाट रणनीतिक साझेदार भित्र्याउने तयारी भएको बताएका हुन ।  ‘वायु सेवा निगममा प्रतिस्पर्धात्मक प्रणालीबाट स्टाटेजिक पार्टनर ल्याउने तयारी भएको छ, मोडालिटीका लागि कार्यदल गठन गरेर ड्राफ्ट गर्ने हो’ उनले भने ।  यस्तै नेपाल टेलिकमलाई निजीकरण गर्न खोजिएको नभई टेलिकमक...

वायु सेवा निगमको सञ्चालक समितिमा प्रधान नियुक्त

सरकारले राष्ट्रिय ध्वजाबाहक वायु सेवा निगम (नेपाल एयरलाइन्स) को सञ्चालक समिति सदस्यमा किशोर प्रधानलाई नियुक्त गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले विराटनगर महानगरपालिका–१० मोरङका किशोरकुमार प्रधानलाई मंगलवार निगमको बोर्ड सदस्यमा नियुक्त गरेका हुन् ।  मन्त्री ढकालले निगमको बोर्ड सञ्चालकमा ४ वर्षका लागि प्रधानलाई नियुक्त गरेका पर्यटन मन्त्रीका प्रेस संयोजक माधवप्रसाद तिवारीले जानकारी दिए । नेपाल वायु सेवा निगम ऐन २०१९ को परिच्छेद २ को दफा ४ को उपदफा (१) बमोजिम प्रधानलाई नियुक्त...