मंसिर १५ देखि सर्वोच्च अदालतमा गोलाप्रथाबाट पेशी तोक्ने व्यवस्थाको शुरूआत भएयता प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणा इजलासमा सहभागी भएका छैनन् ।
सर्वोच्चका बाँकी १९ जना न्यायाधीशले भने आफ्ना लागि गोलाबाट आफैँ इजलास र पेशी छान्ने गरेका छन् ।
मुद्दाको पेशी तोक्ने तजबिजी अधिकार खोसिएपछि राणा न्यायिक प्रक्रियामा सामेल नभएका हुन् । तर, प्रशासनिक कामका लागि भने उनी प्रत्येक दिन सर्वोच्च अदालत पुग्ने गरेका छन् ।
सर्वोच्च अदालत स्रोतका अनुसार राणा प्रत्येक दिन बिहान साढे १० बजेदेखि ११ बजेसम्ममा अदालत पुगिसक्छन् । दिनभर अन्य प्रशास...