१४ वैशाख, काठमाडौं । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले आफ्नो कार्यकालमा तल्लो तहका प्रहरी कर्मचारीका लागि अभूतपूर्व काम भएको दाबी गरेका छन् । तीस वर्ष सेवा अवधिका कारण १९ वैशाखबाट अवकाशमा जान लागेका महानिरीक्षक थापाले बुधबार प्रहरी प्रधान कार्यालय, नक्सालमा पत्रकार सम्मेलन गरेर भने, ‘आईजीपी विशिष्ट श्रेणीको कर्मचारी हो, ऊ सधैँ विशिष्ट श्रेणीप्रति मात्र केन्द्रीत […]