काठमाडौं : रामेछापको सुनापती गाउँपालिकामा बस दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ। रामेछापबाट काठमाडौं आउँदै गरेको बा ३ ख ८३९६ नम्बरको बस दुर्घटना हुँदा कम्तिमा ११ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी प्रमुख डिएसपी राजकुमार थिङले जानकारी दिए। थाहाखबरसँग उनले भने, ‘घटनास्थलमा ९ जनाको मृत्यु भएको र उपचारका लागि लैजाँदै गर्दा बाटोमा २ जनाको मृत्यु भएको छ। २७ जना सवार बसमा एकजना बेपत्ता छन्।’घाइतेलाई उपचारका लागि धुलिखेल अस्पताल पठाइएको उन