प्रधानमन्त्री र विप्लवबीच भेटवार्ता

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ बीच भेटवार्ता भएको छ। प्रधानमन्त्री देउवालाई भेट्न विप्लवसहित पार्टीका नेताहरू खड्गबहादुर विश्वकर्मा र धर्मेन्द बास्तोलाको बालुवाटार पुगेका हुन्। जारी भेटवार्तामा सरकारकातर्फबाट गृहमन्त्री बालकृष्ण खाण पनि उपस्थित छन्। शान्ति प्रक्रियामा आएसँगै अघिल्लो सरकारसँग भएको तीन बुँदे सम्झौता कार्यान्वयनका लागि विप्लवले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

सम्बन्धित सामग्री

बालुवाटारमा प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता

काठमाडौं १५ चैत । प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्ड र सभामुख देबराज घिमिरेबीच भेटवार्ता भएको छ । आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।प्रतिनिधिसभाको बैठक आज बस्दैछ त्यसै सन्दर्भलाई लिएर छलफल गर्न भेटवार्ता भएको बताईएको छ । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन २०७८(०७९ […]

प्रधानमन्त्री प्रचण्डसँग भारतीय राजदूतको भेटवार्ता

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् ।राजदूत श्रीवास्तवले शुक्रबार प्रधानमन्त्री दाहालसँग भेटवार्ता गरेका हुन् । भेटका क्रममा राजदूत श्रीवास्तवले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पठाउनुभएको बधाई पत्र प्रधानमन्त्री दाहालसमक्ष हस्तान्तरण गरेका थिए ।भेटमा नेपाल भारत बीचको सम्बन्धलाई अझै मजबुत बनाउने बारेमा छलफल भएको थियो ।

प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता

प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख अग्नि सापकोटाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा आइतबार नियमित भेटवार्ता भएको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए । छलफलको कुनै विशेष एजेन्डा नभएको उनले...

प्रधानमन्त्री देउवा र मोदीबीच भेटवार्ता

प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । दुई देशका प्रधानमन्त्रीबीच लुम्बिनीमा भेटवार्ता भएको हो ।भेटमा नेपाल–भारत द्विपक्षीय सम्बन्धका विषयमा छलफल भएको थियो । भेटवार्तामा गत अप्रिल १ देखि ३ सम्म प्रधानमन्त्री देउवाले गरेको भारत भ्रमणका उपलब्धिको स्मरण गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । आज नै परराष्ट्रमन्त्री डा. नारायण खड्काले भारतीय प्रधानमन्त्री मोदीसँग लुम्बिनीमा शिष्टाचार भेटवार्ता गरेका थिए । मोदी भारतीय वायु से

प्रधानमन्त्री देउवा र अमेरिकी राजदूतबीच भेटवार्ता

प्रधानमन्त्री शेरबहादुर देउवा र नेपालका लागि राजदूत र्यान्डी बेरी बीच भेटवार्ता भएको छ । प्रधानमन्त्री देउवा र राजदूत बेरीबीच बुधबार साँझ ६ बजे प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो ।भेटवार्तामा प्रधानमन्त्री र राजदूत बेरीबीच एमसीसी कार्यान्वयनका विषयमा छलफल भएको भएको बालुवाटार निकट श्रोतले जनाएको छ ।

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच भेटवार्ता

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच  भेटवार्ता भएको छ । राष्ट्रपतिको कार्यालय शीलतनिवासमा विहीबार दिउँसो तीन बजे प्रधानमन्त्री देउवा राष्ट्रपति भण्डारीबीच भेटवार्ता भएको हो । प्रधानमन्त्री र राष्ट्रपतिबीच के–के विषयमा छलफल भयो भन्नेबारे जानकारी नभएको प्रधानमन्त्री देउवाका निजी सचिव जनक भट्टले  बताए । उनले भने, ‘ प्रधानमन्त्रीज्यू तीन बजे  शीतल निवास जानु भएको हो छ । छलफलको विषय जानकारी छैन ।’

प्रधानमन्त्री देउवा र जर्मनीका राजदूतबीच भेटवार्ता

काठमाडौँ, १९ असोजः प्रधानमन्त्री शेरबहादुर देउवा र नेपालका लागि जर्मनीका राजदूत डा. थोमस प्रिन्ससहितको प्रतिनिधिमण्डलबीच भेटवार्ता भएको छ । उनीहरुबीच मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो ।

प्रधानमन्त्री देउवा र मुख्यमन्त्री भट्टबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टबीच भेटवार्ता भएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान प्रधानमन्त्री देउवा र मुख्यमन्त्री भट्टबीच भेटवार्ता भएको हो । भेटमा सुदूरपश्चिम प्रदेशमा कोरोनाको सम्भाव्य जोखिम र नियन्त्रण, कोरोना विरुद्दको खोप व्यवस्थापन लगायतका विषयमा कुराकानी भएको छ । साथै सुदूरपश्चिम प्रदेशको समग्र विकासका सम्बन्धमा छलफल भएको मुख्यमन्त्री […]

प्रधानमन्त्री देउवासँग अमेरिकी राजदूतको भेटवार्ता

प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपालका लागि अमेरिकाका राजदूत र्यान्डी बेरीले भेटवार्ता गरेका छन् । बिहीबार अपरान्ह प्रधानमन्त्री देउवा र राजदूत बेरीबीच भेटवार्ता भएको हो ।भेटवार्तामा राजदूत बेरीले प्रधानमन्त्री देउवालाई कार्यकाल सफलताको शुभकामनासहित बधाई दिएका छन् । छलफलमा दुई देशबीचको सम्बन्धका बारेमा छलफल भएको थियो ।

प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्निप्रसाद सापकोटाबीच भेटवार्ता भएको छ। जारी संसद् अधिवेशनको विषयमा प्रधानमन्त्री ओली र सभामुख सापकोटाबीच भेटवार्ता भएको हो। आइतबार प्रधानमन्त्री ओली र सभामुख सापकोटाबीच भेटवार्ता भएको प्रधानमन्त्रीको प्रेस सल्लाहकार सूर्य थापाले बताएका छन्। ओली र सापकोटाबीच सम्बन्ध खटपट भइरहेको छ। ओलीले सार्वजनिक कार्यक्रममै सभामुखप्रति माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको इसारामा चलेको आरोप लगाउँदै आएका छन्। सभामुखले प्रधानमन्त्री ओलीलाई गतसा