बारको अवरोधको बीच प्रधानन्यायाधीश जबरा सर्वोच्च अदालत प्रवेश गरे

काठमाडौं, २६ कार्तिक । नेपाल बार एशोसिएशनको अवरोधका बावजुद पनि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा सर्वोच्च अदालत प्रवेश गरेका छन् । प्रधानन्यायाधीश जबरा सर्वोच्च प्रवेश गर्नुअघि ठूलो संख्यामा प्रहरी तैनाथ गरिएको थियो । प्रधानन्यायाधीश जबरालाई बारले कार्यालय प्रवेश गर्न नदिने भनेको थियो । बारले प्रधानन्यायाधीश जबराको राजीनामा मागेर आन्दोलन जारी राखेको छ । हिजो बारको आन्दोलनमा […]

सम्बन्धित सामग्री

फेरि सक्रिय हुने दाउमा प्रधानन्यायाधीश जबरा

पछिल्ला दिनमा बारको आन्दोलन प्रभावकारी हुन नसकेको र संसदमा आफू विरुद्ध महाभियोग दर्ता नहुने सम्भावना देखेका प्रधानन्यायाधीश जबरा प्रशासनिक र पदेन संलग्न हुने निकायमा सक्रिय हुने चाहना देखाइरहेका छन् ।

प्रधानन्यायाधीश जबरा सर्वोच्च अदालतमा

१९ मंसिर, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट मुक्त भएपछि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा सर्वोच्च अदालत आएका छन् । उनको कोरोना रिपोर्ट शुक्रबार नेगेटिभ आएको थियो । कोरोना संक्रमण भएपछि प्रधानन्यायाधीश राणा सशस्त्र प्रहरीको एपीएफ अस्पताल भर्ना भएका थिए । त्यही बेला सर्वोच्च अदालतमा भने गोला प्रथाबाट पेशी तोक्न थालिएको छ ।

प्रधानन्यायाधीश जबरा अस्पतालबाट डिस्चार्ज, बालुवाटारबाट सर्वोच्च अदालत चलाउने

काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा अस्पतालबाट डिस्चार्ज भएका छन्। कोरोना भाइरस संक्रमण देखिएपछि जबरा मंसिर १३ गते राति बलम्बुस्थित नेपाल एपीएफ अस्पताल पुगेका थिए। उनको त्यही उपचार भइरहेको थियो।  आज डिस्चार्ज भएपछि जबराले अब प्रधानन्यायाधीश निवास वालुवाटारबाटै सर्वोच्च अदालतको प्रशासनिक काम संचालन गर्ने बताइएको छ। कोभिड१९ निमोनिया देखिएपछि अस्पतालमा उपचार…

प्रधानन्यायाधीश जबरा आज यसरी छिरेका थिए सर्वोच्च (तस्विरमा हेर्नुहोस्)

काठमाडौं, ३० कात्तिक । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा बारको विरोधको बाबजुद पनि मंगलबार सर्वोच्च अदालत प्रवेश गरेका छन् । जबराले आफ्नो लागि बाहेक आज २ एकल र ८ संयक्त गरी १० इजलास तोेकेका हुन् । उनले आज बन्दी प्रत्यक्षीकरणसहित सबैखाले मुद्दाको पेशी तोकेका हुन् ।

बारको आन्दोलनबीच प्रधानन्यायाधीश जबरा सर्वोच्च प्रवेश (फोटोफिचर)

कानुन व्यवसायीहरुको आन्दोलन जारी रहँदा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा सर्वोच्च अदालत प्रवेश गरेका छन्। सर्वोच्च परिसरमा कानुन व्यवसायीहरुले प्रदर्शन गरिरहँदा जबरा सर्वोच्च प्रवेश गरेका हुन्। प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै नेपाल...

प्रधानन्यायाधीश जबरा आज पनि वैकल्पिक बाटोबाट अदालत प्रवेश

काठमाण्डाै - प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा आज पनि अवरोधकैबीच सर्वोच्च अदालत प्रवेश गर्नुभएको छ । नेपाल बार एसोसिएशनले प्रधानन्यायाधीश जबराको राजीनामा माग गरेर आज पनि सर्वोच्चमा धर्ना दिएका छन् । उनीहरुले गएको शुक्रवार पनि जबरालाई अदालत प्रवेश गर्न रोकेका थिए । तर उहाँ अर्को गेटबाट भित्र छिर्नुभएको थियो । शुक्रवार जस्तै आज पनि प्रधानन्यायाधीश जबरा वैकल्पिक बाटो हुँदै छिर्नुभएको हो । अदालत परिसरमा वकिलहरुले धर्ना दिइरहेका छन् । यसैबीच बारले धर्ना र प्रदर्शन गरेका बेला प्रधानन्यायाधीश जबराको समर्थनमा प्रदर्शन गर्ने पाँच...

धर्ना छल्दै प्रधानन्यायाधीश जबरा सर्वोच्च अदालत प्रवेश

काठमाण्डाै - आन्दोलनरत कानुन व्यवसायीको धर्ना छल्दै प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा सर्वोच्च अदालत प्रवेश गर्नु भएको छ । महान्यायाधिवक्ता कार्यालय नजिकको गेटबाट उहाँ सर्वोच्च प्रवेश गर्नु भएको हो । उहाँलाई आज सर्वोच्चमा प्रवेश गर्न नदिने भन्दै कानुन व्यवसायीहरुले बिहान १० बजेदेखि नै मूल गेटमा धर्ना दिएका थिए । तर  धर्ना छल्दै प्रधानन्यायाधीश जबरा सर्वोच्च प्रवेश गर्नु भएको हो । सर्वोच्च आसपासमा बिहानैदेखि सुरक्षा व्यवस्था कडा पारिएको छ । यसअघि बिहान कानुन व्यवसायीको विरोध प्रदर्शनमा झडप समेत भएको थियो । सर्वोच्च अदा...

प्रधानन्यायाधीश जबरा पछि नहट्ने, अदालत जाने

काठमाडौं, २६ कात्तिक । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा आज कार्यालय समयमै सर्वोच्च अदालत जाने भएका छन् । उनी १० बजे नै अदालत प्रवेश गर्ने बुझिएको छ । नेपाल बार एशोशिएसनले जबरालाई अदालतमा छिर्न नदिने कार्यक्रम राख्दा जबरा भने ब्याक नहुने भएका छन् । निकट स्रोतका अनुसार उनी सर्वोच्चले दिने न्यायसेवा अवरुद्ध हुन नदिने अडानका साथ […]

प्रधानन्यायाधीश जबरा आफ्नाे भूमिका निर्वाह गर्न असफल : सर्वोच्च बार

काठमाडौं : सर्वोच्च अदालत बार एशोसिएशनले पनि प्रधानन्यायाधीश चाेलेन्द्र शमशेर जबराको राजीनामा मागेको छ।सोमबार बसेको बारको बैठकले प्रधानन्यायाधीश जबरा आफ्नो भूमिका निर्वाह गर्न असफल तथा असक्षम भएको निष्कर्ष निकाल्दै राजीनामा दिनुपर्ने निर्णय गरेको हो।सर्वोच्च बारका सचिव ऋषिराम घिमिरेले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘उचित न्यायिक नेतृत्व गर्न नसकेको कारण आजैका लागि तोकिएको पूर्ण बैठकसमेत बस्न नसकेबाटै वर्तमान प्रधानन्यायाधीश नेपालको संविधानको धारा १३६ बमोजिम प्रभावकारी भूमिका निर्वाह गर्न

प्रधानन्यायाधीश जबरा र प्रधानसेनापति थापाबीच भेटवार्ता

१० फागुन, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र प्रधानसेनापति पूर्णचन्द्र थापाबीच सोमबार भेटवार्ता भएको छ । जबरालाई भेट्न सेनापति थापा दिउँसो सर्वोच्च अदालत पुगेका थिए । उनलाई जग्गाको विषयमा छलफल गर्न आफूहरुले नै बोलाएको अदालत प्रशासनले जनाएको छ । सर्वोच्चको हालको भवन रहेको स्थानदेखि पछाडि नयाँ भवन बन्दैछ । यसका लागि जग्गा प्राप्ति र टेण्डर […]