केयुकेएलले अत्यावश्यकबाहेक सेवा बन्द गर्ने

काठमाडौं : उपत्यकामा बिहिबारदेखि जारी निषेधाज्ञामा काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले अत्यावश्यकबाहेक सेवा बन्द गर्ने भएको छ।खानेपानी उत्पादन, प्रशोधन वितरण, ट्यांकर तथा ढल सेवा, लिकेज मर्मत, ट्युबवेल मर्मतबाहेक अन्य सेवाहरू बन्द गर्ने भएको हो।काठमाडौं जिल्ला प्रशासन कार्यालयले वैशाख १३ गते जारी गरेको निर्णयअनुसार अन्य सार्वजनिक सेवा बन्द गर्ने भएको हो। कोभिड-१९ काठमाडौंमा तीव्र रुपमा फैलिएकाले उक्त सेवा बन्द गरिएको खानेपानी लिमिटेडले जारी गरेको सूचना उल्लेख गरिएको छ।