लण्डनमा भूतपूर्व गोर्खाहरुले सुरु गरेको अनशन तोडियो

काठमाण्डाै - बेलायती सैनिक समान पेन्सनलगायतका अधिकारकाे माग गर्दै बेलायतको लण्डनमा भूतपूर्व गोर्खा सैनिकहरूले सुरु गरेको भोक हड्ताल तोडिएको छ । बेलायत सरकारले नेपाल सरकार र गोर्खा प्रतिनिधिसँग वार्ता गरि उनीहरुका समस्या समाधान गर्ने लिखित प्रतिबद्धता जनाएपछि अनशन तोडिएको हो । बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मी र बेलायतका रक्षा राज्यमन्त्री लियो डोचेर्टीले जुस पिलाएर अनशन तोडाएका हुन् । भूपू गोर्खाहरूको पेन्सनलगायतका विषयमा गोर्खा प्रतिनिधि, नेपाल सरकार र  बेलायत सरकारबीच आउँदो भदौ २३ गते त्रिपक्ष...

सम्बन्धित सामग्री

१० बुँदे सहमतिपछि डा.केसीको अनशन तोडियो

काठमाण्डौ – सरकारसँगको १० बुँदे सहमतिपछि डाक्टर गोविन्द केसीले अनशन तोड्नुभएको छ । विभिन्न मागसहित अनशनमा बसेका डा. केसीसँग सरकारको वार्ता टोलीका सदस्यहरूले आज बेलुका त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पुगेर सहमतिपत्रमा हस्ताक्षर गरेपछि उहाँले अनशन तोड्नुभएको डा. केसीका सहयोगी तथा वार्ता टोलीका सदस्य प्रितम सुवेदीले जानकारी दिनुभयो  । केसीले बिरामी अमनलाल चौधरीको हातबाट जुस पिएर अनशन तोड्नुभएको हो । पछिल्लो पटक कैलालीबाट अनशन सुरु गरेका डा. केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि ...

डा. केसीको अनशन तोडियो, सरकारसँग १० बुँदे सहमति

काठमाडौं : विगत १३ दिनदेखि अनशनरत डा. गोविन्द केसीले अनशन तोडेका छन्।उनले आज साँझ सरकारसँग १० बुँदे सहमति भएपछि अनशन तोडेका हुन्।केसीले बिरामी अल्मान अन्सारीको हातबाट जुस पिएर अनशन तोडेका हुन्। आज भएको सहमतिलाई अनुमोदनका लागि मन्त्रिपरिषद्‌मा पेस गर्ने समेत सम्झौता भएको उनका समर्थित प्रितम सुवेदीले बताए।केसीका मागमध्ये धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीलाई बर्खास्त गर्ने मागका विषयमा भने कुनै सहमति हुन सकेको छैन । उक्त मागका विषयमा निरन्तर सं

सरकारसँग सहमति भएपछि निहारिका राजपुतको अनशन तोडियो

काठमाण्डाै - सरकारसँग सहमति भएपछि निहारिका राजपुतले अनशन तोड्नुभएको छ । १७ दिनदेखि काठमाण्डौमा अनशन बसिरहनुभएकी महोत्तरी जलेश्वरकी निहारिका राजपुत भनिने सोनालीकुमारी सिंहले हिजो बेलुकी अनशन तोड्नुभएको हो । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद कोइरालाको उपस्थितिमा काठमाण्डौका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालसँग भएको सहमतिपत्रमा उच्च अदालत जनकपुरमा विचाराधीन मुद्दाको डीएनए परीक्षण गर्न अदालतसमक्ष जाहेरवालाका तर्फबाट सरकारी वकिलले माग गर्ने र डीएनए परीक्षणलाई विश्वसनीय बनाउन अदालतसमक्ष आवश्यक...

सरकारसँग पाँचबुँदे सहमतिपछि निहारिकाको अनशन तोडियो

काठमाडौँ । न्याय माग गर्दै आमरण अनशनमा बसेकी सोनाली कुमारी सिंह (निहारिका) र सरकारबीच पाँचबुदे सहमति भएको छ।  राष्ट्रिय महिला आयोगकी सदस्य कृष्णा पौडेल खतिवडाको पहलमा सरकारी प्रतिनिधिसँग सहमति भएपछि निहारिकाले गृहमन्त्री बालकृष्ण खाँणको हातबाट जुस खाएर अनशन तोडेकी हुन्। छोराको डिएनए परीक्षणको कानूनी प्रक्रिया अघि बढाउन पहल गर्ने, छोराको सुरक्षा आवास व्यवस्थापनका लागि गृह मन्त्रालय र […]

निहारिकाको अनशन तोडियो, सरकारसँग पाँचबुँदे सहमति

काठमाडौं : न्याय माग गर्दै आमरण अनशनमा बसेकी सोनाली कुमारी सिंह (निहारिका) र सरकारबीच पाँचबुदे सहमति भएको छ। राष्ट्रिय महिला आयोगकी सदस्य कृष्णा पौडेल खतिवडाको पहलमा सरकारी प्रतिनिधिसँग सहमति भएपछि निहारिकाले गृहमन्त्री बालकृष्ण खाणको हातबाट जुस खाएर अनशन तोडेकी हुन्।छोराको डीएनए परीक्षणको कानूनी प्रक्रिया अघि बढाउन पहल गर्ने, छोराको सुरक्षा आवास व्यवस्थापनका लागि गृह मन्त्रालय र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमार्फत पहल गर्ने, निहारिकाको आर्थिक सहायताका लागि गृह मन्त्रालयमार्फ

४१ दिनपछि अनशन तोडियो, माग पूरा नभए फेरि आन्दोलन, (तस्वीरहरू)

काठमाडौं : नेपालगन्जकी निर्मला कुर्मी र नन्कुन्नी धोबी घटना अनुसन्धानको माग गर्दै ४१ दिनदेखि जारी धर्ना स्थगित गरिएको छ। सरकारसँग मंगलबार भएको चारबुँदे सहमतिलगत्तै आन्दोलनरत पक्षले अनशन तोडेर धर्ना स्थगित गरेको हो।सहमतिपछि नागरिक आन्दोलनका अगुवा डा. गोविन्द केसीले खानलाई जुस खुवाएर आन्दोलन स्थगित भएको घोषणा गरिएको थियो।  बाँकेको नेपालगन्जकी निर्मला कुर्मीको अपहरण तथा शरीर बन्धक गरी हत्या प्रकरणमा न्यायको माग गर्दै रुबी खानको समूह अनशनरत थियो।यस क्रममा गृह मन्त्रालयको तर्फबाट सहसचिव मुक

कांग्रेस केन्द्रीय कार्यालयको अनशन तोडियो

नेपाली कांग्रेस डडेल्धुराका नेता, कार्यकर्ताहरुले डडेल्धुरामा गरिएका वडा तथा पालिका अधिवेशन बदर गर्न माग गर्दै केन्द्रीय कार्यालयमा गरिएको अनशन स्थगित गरेका छन् ।मंगलवार नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिको उपस्थितिमा अनशन स्थगित गरिएको हो । नेपाली कांग्रेस डडेल्धुरा जिल्ला सभापति कर्ण बहादुर मल्ल लगायतका नेता, कार्यकर्ताहरुले हटाइएका क्रियाशिल सदस्यता कायम गर्नुपर्ने, अवैधानिक ढंगले थपिएका क्रियाशील सदस्यता […]

डडेल्धुराका कांग्रेस कार्यकर्ताको अनशन तोडियो

नेपाली कांग्रेस डडेल्धुराका नेता, कार्यकर्ताहरुले डडेल्धुरामा गरिएको वडा तथा पालिका अधिवेशन बदर गर्न माग गर्दै केन्द्रीय कार्यालयमा गरिएको अनशन स्थगित गरेका छन्। मंगलबार नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिको उपस्थितिमा अनशन स्थगित...

काँग्रेस जिल्ला सभापतिको अनशन तोडियो

विभिन्न माग राखेर चार दिनदेखि काँग्रेस केन्द्रीय कार्यालय सानेपामा जारी जिल्ला सभापतिको रिले अनशन स्थगन भएको छ । देशभरका ७७ वटै जिल्लाको वडामा एकैपटक अधिवेशन प्रारम्भ गर्नुपर्ने, एउटा निर्वाचन क्षेत्र भएको जिल्ला सभापति स्वतः महाधिवेशन प्रतिनिधि हुन पाउनुपर्ने, क्रियाशील सदस्यताको सूची तत्काल सार्वजनिक गर्ने र त्रुटि भएको भए सच्याउनु पाउनुपर्ने लगायत माग राखेर जारी अनशन आज साँझ स्थगन भएको हो ।जिल्ला सभापतिको अनशन तोडाउन क्रियाशील सदस्यता विवाद समाधानमा खटिएका नेता एवम् पूर्वमहामन्त्री कृष्णप्रसा

आगामी जेठ ३० गते स्ववियु निर्वाचन गर्ने सहमति, ४८ दिनदेखिको रिले अनशन तोडियो

त्रिभुवन विश्वविद्यालयले आगामी जेठ ३० गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन गर्ने सहमति भएको छ ।  नेपाल विद्यार्थी सङ्घ त्रिभुवन विश्वविद्यालय समितिले स्ववियु निर्वाचनसहित  पाँच बुँदे माग राखेर ४८ दिनदेखि बसेको रिले अनशन तोड्दै  स्ववियु निर्वाचन गर्ने गरी त्रिवि र विद्यार्थीबीच सहमति भएको हो । त्रिविले स्ववियु निर्वाचन गर्नका लागि यही चैत २५ गते सर्वपक्षीय छलफल गर्ने भएको छ । त्रिवि र नेविसङ्घ विश्वविद्यालयबीच विगतमा भएका २३ बुँदे सम्झौतामध्ये कार्यान्वयन हुन बाँकी बुँदा यथाशीघ्र कार्यान्वयन गर्ने, कोभिड...