घाइते पैदलयात्रीको परिचय नखुल्दा उपचारमा समस्या

तनहुँ, २० कात्तिक (रासस) : कात्तिक १७ गते बुधबार बिहान साढे ७ बजे बसको ठक्करबाट घाइते भएका पैदलयात्रीको परिचय खुल्न नसक्दा उपचारका लागि समस्या भएको प्रहरीले जनाएको छ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँ व्यास नगरपालिका वडा नं १ तालघरेमा अचेत अवस्थामा भेटिएका ती पुरुषको अहिले पोखरास्थित मणिपाल अस्पतालको आइसियु कक्षमा उपचार भइरहेको छ । डुम्रेबाट दमौलीतर्फ […]

सम्बन्धित सामग्री

ढुंगा लागेर घाइते भएकी महिलालाई उपचारमा समस्या

भिरबाट खसेको ढुंगा लागेर घाइते भएकी एक महिलालाई रकम अभावले उपचारमा समस्या भएको छ । बझाङको विकट साइपाल गाउँपालिका वडा नम्बर–१, की एकल महिला पुनीदेवी बोहराको उपचारमा समस्या भएको हो ।

कुकर पड्किँदा तीन घाइते, आर्थिक अभावले उपचारमा समस्या

बुधबार बिहान खाना पकाउने क्रममा प्रेसर कुकर पड्किँदा घाइते ४२ वर्षीया हरिशोभा परियार, १० वर्षीय छोरा गणेश परियार र हरिशोभाका देवरका छोरा १० वर्षीय लोकेन्द्र परियार घाइते भएका थिए।...

जहाज टिकट नपाएपछि भालुको आक्रमणबाट घाइते तामाङको उपचारमा समस्या

जहाजको टिकट नपाएपछि भालुको आक्रमणमा परि घाइते कुन्जेन तामाङलाई उपचारका लागि जिल्ला बाहिर लैजान समस्या भएको छ। उत्तरी नाम्खा गाउँपालिका–४ याल्वाङमा घट्टको पुदालो ल्याउन जंगल गएका अन्दाजीद ४८ वर्षीय कुन्जेन तामाङलाई...

एसिड आक्रमणबाट घाइते महिलाको उपचारमा समस्या

२४ चैत, वीरगञ्ज । पर्साको बहुदरमाई नगरपालिका–२ बैरियाविर्ता घर भई बराको कलैया बस्दै आएकी २८ वर्षीया सीता भनिने कविता पटेल एसिड आक्रमणबाट घाइते छिन् । ११ चैतमा कलैया उपमहानगरपालिका–२३ कोरिया टोल नजिकै उनीमाथि एसिड आक्रमण भएको थियो । जेठाजु रामबाबु साह र ससुरा हवारी साहले नचिनेका अरु दुई जना मानिसको सहयोगमा एसिड प्रहार गरेको आरोप […]

एमसीसीविरुद्धको आन्दोलनमा घाइते भएका डाँगीको उपचारमा समस्या

२२ फागुन, सुर्खेत । अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौताविरुद्धको आन्दोलनका क्रममा घाइते भएका सुर्खेतका रणबहादुर डाँगीको उपचारमा समस्या देखिएको छ । फाल्गुन १६ गते प्रदर्शनकारीको ढुङ्गा प्रहारबाट सख्त घाइते भएका ३८ वर्षीया होटल व्यवसायी डाँगीको आर्थिक अभावका कारण उपचारमा समस्या देखिएको हो । ढुंगा प्रहारबाट टाउको, दाँत, नाक र आँखामा चोटग्रस्त डाँगीको वीरेन्द्रनगरको देउती अस्पतालमा […]

दुर्घटनाका घाइतेको उपचारमा समस्या

विराटनगरमा भएको सवारी दुर्घटनामा परी घाइते भएकाको आफन्त सम्पर्क नहुँदा उपचारमा समस्या परेको छ।...

दुर्घटनामा परी गम्भीर घाइतेको पहिचान नखुल्दा उपचारमा समस्या

गत बुधबार पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१ तालघरेमा बसको ठक्करबाट घाइते पैदलयात्रुको चार दिन वित्दा पनि पहिचान खुल्न सकेको छैन । दुर्घटनामा परी गम्भीर उनको पहिचान खुल्न नसक्दा उपचारमा समस्या भएको छ । पहिचान खुल्न नसक्दा उपचार गर्न समस्या भएको प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले बताउनुभयो । अचेत अवस्थामा भेटिएका ती पुरुषको हाल कास्कीको पोखरास्थित …

घाइते पैदलयात्रीको परिचय नखुल्दा उपचारमा समस्या

२० कात्तिक, तनहुँ । बुधबार बिहान बसको ठक्करबाट घाइते भएका पैदलयात्रीको परिचय खुल्न नसक्दा उपचारका लागि समस्या भएको प्रहरीले बताएको छ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१ तालघरेमा अचेत अवस्थामा भेटिएका ती पुरुषको अहिले पोखरास्थित मणिपाल अस्पतालको आईसीयू कक्षमा उपचार भइरहेको छ । डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको ना ६ ख  ५०३१ नम्बरको बसले पैदलयात्रीलाई ठक्कर […]

पर्वत अस्पतालमा रगत अभावले उपचारमा समस्या

पर्वत । रगतको पर्याप्तता नहुँदा पर्वत अस्पतालमा आउने बिरामीको उपचारमा समस्या हुन थालेको छ । पर्वत अस्पतालले माग अनुसार रगत उपलब्ध नहुँदा आवश्यक परेका बेला बिरामीका आफन्त र ग्रूप मिल्ने मानिस खोजेर जोहो गर्नुपर्ने अवस्था रहेको बताएको छ । नेपाल रेडक्रस सोसाइटीले माग अनुसार रगत दिन नसकेको अस्पताल विकास समितिका अध्यक्ष गोविन्द पहाडीले बताए । अस्पतालमा नियमित हुने शल्यक्रिया, डायलासिस, दुर्घटनाका घाइते, सुत्केरी हुने महिलाका लागि रगत तयारी अवस्थामा नहुँदा समस्या भएको पहाडीको भनाइ छ । पर्वत अस्पतालमा डायलासिस गर्न मासिक ३०/४० जना बिरामी आउने गरेका छन् । यस्तै दैनिकजसो सुत्केरी हुने महिला आउँछन् । साथै रक्तअल्पता भएका बिरामीलाई पनि रगत उपलब्ध गराउन कठिनाइ भएको उनले बताए । जिल्लामा रगतको जिम्मा नेपाल रेडक्रस सोसाइटीसँग छ । सक्दो प्रयास गरेर रगतको आपूर्ति गरिँदै आएको रेडक्रसले बताएको छ । रेडक्रसका जिल्ला सभापति रुद्रबहादुर रिमालले अस्पतालमा आवश्यक रगत हरहालतमा उपलब्ध गराउँदै आएको बताए । तर केही समययता रक्तसञ्चार केन्द्रमा कार्यरत प्राविधिक कर्मचारी बेनी सरुवा भएर गएपछि नियमित रक्त सञ्चारमा समस्या भएको उनको भनाइ छ । अस्पतालले मागेको खण्डमा बागलुङबाट समेत रगत ल्याएर समस्या समाधान गरिएको उनले बताए । पर्वत अस्पतालले भने रगत चाहिएको बेला उपलब्ध हुन नसकेको बताएको छ । कोरोना संक्रमणका कारण रक्तदान कार्यक्रम कम मात्रामा भएका छन् । पर्वत अस्पतालमा आउने बिरामीका आफन्तले रगत सहजै उपलब्ध नहुँदा दुःख पाइएको गुनासो गर्दै आएका छन् । रगत आवश्यक परेमा सामाजिक सञ्जालमा अनुरोध गरेर रगत खोज्नुपरेको अस्पताल प्रशासनले बताएको छ । रेडक्रसको रक्तसञ्चार केन्द्रको क्षमता बढाउने, उपकरण थप गर्ने, नियमित रक्तदान भइरहने र लामो समय भण्डारण गर्न सक्ने अवस्था भएमा मात्रै रक्त अभावको समस्या समाधान गर्न सकिने सरोकारवालाहरू बताउँछन् ।

सवारी दुर्घटनामा गम्भीर घाइते महिलाको पहिचान खुलेन

विराटनगर / विराटनगरमा सवारी दुर्घटनामा परी घाइते भएकी महिलाको पहिचान गर्न समस्या भएको छ । बुधबार विराटनगरको महेन्द्रचौक स्थित मदर एण्ड चाईल्ड अस्पताल अगाडी दुर्घटना हुँदा एक महिला गम्भिर घाइते भएकी थिइन् । घाइते महिलाको उपचारका लागि न्यूरो अस्पताल भर्ना गरिएको छ । तर गम्भिर अवस्थाकी महिलाको पहिचान नखुल्दा उपचारमा समस्या भएकाे छ ।विराटनगर बसपार्कतर्फ... The post सवारी दुर्घटनामा गम्भीर घाइते महिलाको पहिचान खुलेन appeared first on Purbeli News.