पर्वत : नेकपा एमालेका सचिव तथा प्रचार विभागका प्रमुख योगेश भट्टराईले एमालेबाट बाहिरिएका माधव नेपाल ‘होम सिक’ भएपछि आफूले छोडेर गएको घरमा फर्किने बताएका छन्। प्रेस चौतारी नेपाल, कास्कीले शुक्रबार बिहान पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा भट्टराईले नेकपा (एकीकृत समाजवादी)मा गएका सबै नेताहरूले अब बिस्तारै सपनामा पनि एमाले नै देख्ने र एमालेमा रहँदा भएका सबै पलहरू स्मरण गरिरहने उल्लेख गरे।‘माधवजीले आगामी दिनमा अब सपना देख्नुहुन्छ। सपनामा एमालेसँगै बसेको, सँगै खाएको, सँग