एमाले महाधिवेशन: हेलिकप्टर लिएर चितवन जाँदैछन् देउवा, प्रचण्ड नजाने

एमालेको १०औँ राष्ट्रिय महाधिवेशन आज चिवनमा सुरु हुँदैछ । चितवनको नारायणी नदी किनार र सौराहा क्षेत्रमा चहलपहल ह्वात्तै बढेको छ

सम्बन्धित सामग्री

एमाले महाधिवेशन : प्रचण्डले पठाए लीलामणि पोखरेल

एमालेको १० औं महाधिवेशनलाई शुभकामना दिन नेकपा माओवादी केन्द्रका तर्फबाट लीलामणि पोखरेल चितवन आइपुगेका छन् । एमालेले महाधिवेशन उद्घाटन सत्रमा शुभकामना मन्तव्य दिन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बोलाएको थियो । प्रचण्ड भने काभ्रेका दुईवटा पालिकामा हुने पार्टीको अधिवेशन उद्घाटनमा गएका छन् । आफु नजाने भएपछि उनले नेता पोखरेललाई पठाएका हुन् । पोखरेल चितवन आइसकेका छन् ।

एमाले महाधिवेशनको उद्घाटन समारोहमा प्रचण्ड नआउने

९ मंसिर, चितवन । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा शुभकामना दिन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नजाने भएका छन् । एमाले महाधिवेशन भोलि शुक्रबार चितवनमा शुरु हुँदैछ । उद्घाटन समारोहमा एमालेले नेपालका प्रमुख राजनीतिक दलका नेताहरुलाई पनि बोलाएको छ । एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईका अनुसार प्रधानमन्त्री एवं नेपाली कांग्रेसका […]

एमाले महाधिवेशन : देउवा जाने, प्रचण्ड अन्योलमा, नेपाललाई बहिष्कार

नेकपा एमालेको भोलि (१० मंसिर) हुने महाधिवेशन उद्घाटनमा शुभकामना दिन प्रधानमन्त्री शेरबहादुर देउवा चितवन जाने तय भएको छ ।  सत्ता गठबन्धनका अर्का नेता नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भने अहिलेसम्म जाने नजाने टुंगोमा पुगिसकेका छैनन् । महाधिवेशन उद्घाटनका दिन प्रचण्डको काभ्रे जाने कार्यक्रम तय भएको छ । दुईवटा गाउँपालिकामा यसअघि नै तय भएको पार्टीको पालिका अधिवेशनमा प्रमुख अतिथि भएर प्रचण्ड जाँदैछन् ।‘उहाँ (प्रचण्ड) महाभारत गाउँपालिका र खानीखोला