बाजुराको बुढीगंगामा सकियो मतदान

धनगढी : बाजुराको बुढीगंगा नगरपालिकामा बिहीबार पुनः मतदान सकिएको छ। बुढीगंगा नगरपालिका वडा नम्बर ९ बाहेक अन्य सम्पूर्ण ठाउँमा शान्तिपूर्ण तरिकाले मतदान सम्पन्न भएको निर्वाचन अधिकृत लक्ष्मणबहादुर कठायतले बताए।गत वैशाख ३० गते भएको निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमालेबीच मतदानमा धाँधली भएको भन्दै विवाद भएपछि मतदान नै स्थगित गरिएको थियो।विवादपछि निर्वाचन आयोगले पुनः मतदान गर्ने निर्णय गरेको थियो। स्थानीय तह निर्वाचन सकिएको दुई महिनापछि नयाँ नेतृत्व चयनका लागि बुढीगंगामा पुनः मतदान भएको हो।बिहीबार

सम्बन्धित सामग्री

महासंघमा मतदान सकियो

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमिति चयनका लागि मतदान सम्पन्न भएको छ । व्यवसायीको भीडले आआफ्ना उम्मेदवारको पक्षमा होहल्ला गरेपछि करिब १ घण्टा मतदान रोकिएको थियो । मतदानमा वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ, रामचन्द्र संघाई र उमेशलाल श्रेष्ठबीच प्रतिस्पर्धा भइरहेको छ । निर्वाचनमा कुल १९५३ मतदाता सहभागी छन् । महासंघ निर्वाचनमा ५० प्रतिशत मतभार […]

मतदान सकियो, अब के हुन्छ? यस्तो छ मतगणना सुरु हुनुअघिका प्रक्रिया

प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य २०७९ अन्तर्गत आज देशभर मतदान निर्धारित समय अनुसार साँझ ५ बजे सकियो। मतदान सकिएपछि के के हुन्छ त? निर्वाचन आयोगले तयार पारेको निर्देशिका अनुसार अब हुने प्रक्रिया यस्ता छन्- मतदान गर्न तोकिएको समय समाप्त भएपछि मतदान अधिकृतले सो मतदान केन्द्रमा उपस्थित उम्मेदवार, निर्वाचन प्रतिनिधि वा मतदान प्रतिनिधिको रोहबरमा मतपत्र… Continue reading

डोल्पाको फोतगाउँ मतदान केन्द्रमा मतदान सकियो

डोल्पा : जिल्लाको जिल्ला  शे-फोक्सुन्डो गाउँपालिका अन्तर्गत वडा-६ मा पर्ने फोतगाउँ मतदान केन्द्रमा मतदान सम्पन्न भएको छ।आइतबार बिहानदेखि नै भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन सकिएको हो।मुख्य निर्वाचन अधिकृत बाबुराम सुवेदीले मतदान सम्पन्न भइसकेको जानकारी दिए। उनका अनुसार उक्त मतदान केन्द्रमा ३४ मतदाता छन्।

जिल्ला कारागार धनकुटामा मतदान सकियो

धनकुटा : जिल्ला कारागार धनकुटामा मतदान सम्पन्न भएको छ। कारागारमा रहेका ८८ कैदीबन्दी मध्ये ४२ जना मतदाता रहेका थिए। कारागारमा ५० पुरुष र ३८ महिला रहेका छन्। ४२ जना मतदातामा १ जनाको मृत्युु भएको र १ जना भर्खरै छुटेको कारण ४० जनाले मतदान गरेको मतदान अधिकृत शिव श्रेष्ठले जानकारी दिए। पूरा मत नझरेका कारण मत पेटिका शिलको कार्यक्रम ५ बजे मात्रै हुनेछ। धनकुटाका अन्य मतदान केन्द्रमा भने धमाधम मतदान भइरहेको जिल्ला निर्वाचन अधिकारी जयराम श्रेष्ठले जानकारी दिए।

सकियो मतदान (फोटो फिचर)

३० वैशाख, काठमाडौं । शुक्रबार विहान ७ बजे सुरु भएको स्थानीय तह निर्वाचनको मतदान साँझ ५ बजेपछि सकिएको छ । कतिपय ठाउँमा लाइनमा बसेका मतदाताले मतदान गरिरहेका छन् । तर धेरैजसो ठाउँमा भने मतदान सकिएको छ । काठमाडौंका धेरैजसो क्षेत्रबाट मतपेटिका संकलन सुरु गरिएको छ । मतपेटिका राष्ट्रिय सभागृहमा संकलन गरी गणना गर्ने तयारी छ […]

मतदान सकियो, अब के हुन्छ? यस्तो छ मतगणना सुरु हुनुअघिका प्रक्रिया

स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत आज देशभर मतदान निर्धारित समय अनुसार साँझ ५ बजे सकियो। मतदान सकिएपछि के के हुन्छ त? निर्वाचन आयोगले तयार पारेको निर्देशिका अनुसार अब हुने प्रक्रिया यस्ता छन्- मतदान गर्न तोकिएको समय समाप्त भएपछि मतदान अधिकृतले सो मतदान केन्द्रमा उपस्थित उम्मेदवार, निर्वाचन प्रतिनिधि वा मतदान प्रतिनिधिको रोहबरमा मतपत्र रहेका सबै मतपेटिकाको… Continue reading

तिंकरमा मतदान सकियो, छाङ्गरुमा सकिँदै

दार्चुलाको व्याँस गाउँपालिका–१ को तिंकरमा मतदान सकिएको छ । चीनको सीमा नजिकै रहेको तिंकर गाउँमा मतदान सकिएको हो । तिंकरमा १३६ जनाले मतदान गरेका हुन् ।मतदान गर्नेमा ७३ पुरुष र ६३ महिला मतदाता छन् । तिंकरमा मतदान सकिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्मका गुल्मपति धीरेन्द्र शाहले जानकारी दिए । तिंकर मतदान केन्द्रमा १११ पुरुष र १२० महिला गरी २३१ जना मतदाता रहेका थिए । व्याँस–१ कैलाशपति आधारभूत विद्यालय छाङ्गरुमा मतदान अन्तिम चरणमा पुगेको जनाइएको छ । दिउँसोसम्म छांगरुमा २०९ ले म

राष्ट्रियसभा निर्वाचन : गण्डकीमा पनि सकियो मतदान

राष्ट्रियसभा सदस्य निर्वाचनमा आफ्नो पार्टीको उम्मेदवार नरहेको प्रदेशमा मतदान नगर्ने पार्टी ह्वीप विपरीत म्याग्दी बेनीकी उपमेयर सन्जु बरुवालले मतदान गरिन् । राप्रपाले चुनावको अघिल्लो दिन सूचना जारी गरेरै मतदानमा सहभागी नहुन निर्देशन गरेको थियो ।सन्जु मंगलबार नै मतदानका लागि पोखरा आएकी हुन् । ‘मलाई सूचना आएको थिएन । मतदान नगर्ने कुरा थाहा पनि छैन,’ उनले भनिन्, ‘मैले मतदान गरेँ । पार्टीले कारबाही गरे पनि भोग्ने होला अब ।’ राप्रपाबाटै निर्वाचित भएका बागलुङका उपमेयर सुरेन

कांग्रेस महाधिवेशन : फेरि मतपत्र सकियो, मतदान केहीबेरलाई स्थगित्

काठमाडौं, २७ मंसिर । नेपाली कांग्रेसको जारी १४औं महाधिवेशनमा मतदान जारी छ । तर, अहिले मतपत्र सकिएको कारण मतदान स्थगित गरिएको हाम्रा सहकर्मी मुकुन्द कालिकोटेले जानकारी दिए । अपरान्ह ५ बजेसम्म मतदानको समय रहेकोमा निर्वाचन समितिले मतदानका लागि समय थपेको छ। आज बेलुकी ९ बजेसम्म मतदान गर्न पाउने गरी समय थप भएको निर्वाचन समिति संयोजक […]

एमाले महाधिवेशन : मतदान सकियो

नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान सम्पन्न भएको छ । मंगलबार बिहानदेखि जारी मतदान केहीबेरअघि सकिएको हो । महाधिवेशनमा विद्युतीय मेसिनबाट मतदान गरिएको थियो । सोमबार राति सुरु गर्ने भनिएको मतदान प्राविधिक कारणले ढिला गरी सुरु भएको थियो ।एमालेमा अध्यक्ष, उपाध्यक्ष, सचिव र केन्द्रीय सदस्यका केही क्लस्टरमा आज मतदान भएको हो । एमालेको नयाँ नेतृत्वमा केपी शर्मा ओली र भीम रावल प्रतिस्पर्धामा छन् । ६ वटा पद भएको उपाध्यक्षमा सुवासचन्द्र नेम्वाङ, रामबहादुर थाप, घनश्याम भुसाल, अष्टलक्ष्मी शा