विदेश पठाईदिन्छु भन्दै साढे दुई करोड ठगी, ५ जना पक्राउ

भ्रमण भिसामा नेपालबाट दुबई पठाई करोडौँ ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लमजुङ राईनास नगरपालिका–३ का ४७ वर्षीय मधुविलास बास्कोटा, सोलुखुम्बु दुधकुण्ड नगरपालिका–८ का ५४ वर्षीय होमबहादुर खड्का, काठमाडौँ कागेश्वरीमनोहरा नगरपालिका–७ बस्ने ३५ वर्षीया रञ्जना ढकाल प्याकुरेल र सोही ठाउँका ४० वर्षीय सन्तोष प्याकुरेल तथा रुपन्देही देवदह नगरपालिका ५ का ३० वर्षीय राजु भन्ने खुमबहादुर बस्याल रहेका छन् ।उनीहरुले दुबईस्थित त्रिनेत्र म्यानेजमेन्ट कन्सल्टेन्सी एलएलसीको सञ्चालक कोमलराज उपाध्यायसमेतको गिरोहले आम्र्स गार्डमा ५०० को आवश्यकता भएको र मासिक रु तीन हजार दिरामसम्म पाउने भनी प्रलोभनमा पारेर प्रतिव्यक्ति रु तीन लाख ५० हजारदेखि आठ लाखसम्म खर्च लाग्ने भनी ठगेको खुलेको छ ।गिरोहले फेसबुक, ह्वाट्सएप जस्ता सामाजिक सञ्जालको पेजमा भ्रमात्मक विज्ञापन राखी आकर्षक तलब, सेवा सुविधाको प्रलोभन देखाई दुबईमा पु¥याएर काममा नलगाई बिचल्ली बनाएर फरार भएका खुल्न आएको छ । उक्त घटनामा संलग्न उनीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको टोलीले सर्लाही, रुपन्देही र काठमाडौँका विभिन्न स्थानबाट विभिन्न मितिमा पक्राउ गरेको आज एक सूचना जारी गरी जनाइएको छ ।नेपाल सरकार, श्रम मन्त्रालय, गृह मन्त्रालय, नेपाल प्रहरी, नेपाल र दुबईस्थित विभिन्न संस्थाहरुको सहयोग तथा सहकार्यमा पीडितहरूलाई नेपाल फिर्ता ल्याइएको थियो । हालसम्म ७६ पीडितहरुबाट रु दुई करोड ४३ लाख ३६ हजार ठगी भएको खुल्न आएको छ । उनीहरू उपर ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभसम्बन्धी कसुरमा अदालतबाट म्याद लिई थप अनुसन्धान भइरहेको जनाइएको छ ।

सम्बन्धित सामग्री

तनहुँबाट लागुऔषधसहित ५ जना पक्राउ

पोखरा – तनहुँमा बुधबार लागु औषधसहित ५ जना पक्राउ परेका छन्। पक्राउ परेका मध्य ३ जना भारतीय नागरिक हुन्। बुधबार विहान ६ बजे आँबुखैरेनी गाउँपालिका–४ बेनीटारस्थित पृथ्वीराजमार्गबाट ३ जना भारतीय नागरिक पक्राउ परेका छन्। आँबुखैरेनीतर्फ आइरहेको ग १ ख ९६८४ नम्बरको यात्रुवहाक बस चेकजाँचको क्रममा लागु औषधसहित उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना […]

सम्पत्ति शुद्धीकरण अभियोगमा बंगलादेशमा एक चिनियाँसहित ५ जना पक्राउ

काठमाडौँ- चिनियाँ मोबाइल एपमार्फत् समाजमा अश्लीलता बढाएर कमाएको पैसा विदेश लैजान खोजेको भन्दै बंगलादेशमा एक चिनियाँ नागरिकसहित ५ जना पक्राउ परेका छन् । बंगलादेशको डेली सङ्ग्राम अखबारका अनुसार चिनियाँ मोबाइल एप बिगो बाङ्लाका चिनियाँ प्रबन्ध निर्देशक सहित ५ जना पक्राउ परेका हुन् । उक्त एपमार्फत् अश्लील सामग्री प्रसारण हुने गरेको बताइएको छ । बंगलादेशको अपराधि […]

अवैध मुद्रा कारोबारको आंशकामा ५ जना पक्राउ

सुर्खेतको भेरीगंगा नगरपालिका १२ देउती टोलबाट अवैध मुद्रा सम्बन्धी कारोबार गरेको आरोपमा ५ जना पक्राउ गरेका छन्। स्थानीय एक खाजा पसलमा अवैध मुद्रा सम्वन्धी कारोबार गरेको प्रहरीले सुचना पाएपछि संलग्न ५ जनालाई प्रहरीले पक्राउ गरेको हो।...

विनाेद शाही मृत्यु प्रकरणमा ५ जना पक्राउ

धनगढी- अछाममा किशाेर मृत्यु प्रकरणमा प्रहरीले अनुसन्धानका लागि ५ जना पक्राउ गरेकाे छ। पञ्चदेवल विनायक नगरपालिका-४ का विनोद शाही मृत्यु प्रकरणमा सिआइबीले पाँच जनालाई सोधपुछका लागि नियन्त्रणमा लिएको प्रहरीले बताएको छ। ‘सिआइबीले हिजो साँझ पाँचजनालाई सामान्य सोधपुछका लागि नियन्त्रणमा लिएको हो। अहिले घटनाको अनुसन्धान सिआइबीले नै गरिरहेको छ’, जिल्ला प्रहरी कार्यालय अछामका प्रवक्ता प्रहरी निरीक्षक […]

स्रोत नखुलेको ४ करोड नगदसहित ५ जना पक्राउ

काठमाडौं : नागढुंगाबाट स्रोत नखुलेको ३ करोड ८९ लाख नगदसहित ५ जना पक्राउ परेका छन्। नुवाकोटबाट काठमाडौंतर्फ आउँदै गरेको बीएबी ५७१० नम्बरको कारमा ३ करोड ८९ लाख १३ हजार ७२० रूपैयाँ नगदसहित ४ जना चिनियाँ नागरिकसहित ५ जना पक्राउ परेका हुन्।प्रहरी प्रभाग नागढुंगाले चन्द्रागिरी नगरपालिका-२ स्थित नागढुङ्गास्थित चेकप्वाइन्टबाट चालक नुवाकोट विदुर नगरपालिका-८ का ४४ वर्षका फूलबहादुर गुरुङ, चिनियाँ नागरिकहरु ५० वर्षका एउयाङ जाइकिङ, ४९ वर्षका झाङ ताओ, ३१ वर्षीय मेङ युङ सुङ र २६ वर्षका मौजियाङ हुआलाई नियन

लगभग चार करोड रुपैयाँसहित ५ जना पक्राउ

प्रहरी वृत्त थानकोटले नागढुंगा नाकाबाट जाँच गर्ने क्रममा कारको डिक्कीमा प्लाष्टिकको बोरामा लुकाएर स्रोत नखुलेको नगद ३ करोड ८९ लाख १३ हजार ७ सय २० रूपैयाँसहित ५ जना पक्राउ गरेको छ ।

होटलमा जुवातास खेल्ने ५ जना पक्राउ

बाँके,२२ चैत्र । जुवातास खेलिरहेको अवस्थामा ५ जना पक्राउ परेका छन् । जुवातास खेलिरहेको अवस्थामा कोहलपुर नगरपालिका–११ बसपार्कस्थित होटेल रेडिसनबाट जुवातास खेलिरहेको अवस्थामा ५ जनालाई गएराति प्रहरीले पक्राउ गरेको हो । उक्त होटलमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख ६२ हजार ६ सय ५० रूपैयाँ सहित […]

मियाँको हत्यामा संलग्न ५ जना पक्राउ

झापा, ३० कात्तिक । हत्यामा संलग्न रहेको अभियोगमा ५ जना पक्राउ परेका छन् । गौरादह नगरपालिका–५ बस्ने ४६ वर्षीय मबेसिर हुसेन मियाँको धारिलो हतियार प्रहार गरी हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा गौरादह नगरपालिका–५ बस्ने ३१ वर्षीय महम्मद सद्दाम, उनकी श्रीमती २८ वर्षीया सुमेरन खातुन, सोही […]

बारको विरोधमा प्रदर्शन गर्ने ५ जना पक्राउ

काठमाडौं, २८ कात्तिक । सर्वोच्च अदालतको मुल गेटबाट ५ जनालाई आज प्रहरीले पक्राउ गरेको छ । नेपाल बार एसोसियशनहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै सर्वोच्च अदालतमा अगाडी प्रदर्शन गर्दै गर्दा बारको विरुद्धमा उत्रिएका ५ जना पक्राउ परेका हुन् । आइतबार पक्राउ पर्नेमा गोरखा फुजेलका नुरप्रसाद अधिकारीसहित ५ जना रहेका छन् । प्रधानन्यायाधीशलाई कार्यालयमा […]

गोरु काट्दै गरेको अवस्थामा ५ जना पक्राउ

काठमाडौं, १७ भदौ । गोरु काट्दै गरेको अवस्थामा ५ जना पक्राउ परेका छन् । शंखरापुर नगरपालिका–३ ढोक्साङमा गोरु काट्दै गरेको अवस्थामा सोही नगरपालिका-३ बोजेनी बस्ने ६५ वर्षीय सन्त बहादुर वाईबा लगायत ५ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो । उक्त ठाउँमा २ वटा गोरु काट्दै गरेको अवस्थामा फेला पारी उनीहरुलाई महानगरीय प्रहरी प्रभाग साँखुबाट […]