लुम्बिनी प्रदेशसभामा बजेटमाथि छलफल सुरु

 विपक्षीहरूको अवरोधका कारण लामो समय रोकिएको लुम्बिनी प्रदेश सभाको आजको बैठकमा भने बजेटमाथि छलफल शुरु भएको छ । यससँगै लुम्बिनी प्रदेश सभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले विनियोजन विधेयक टेबुल गरेका छन् । यसअघि विपक्षी दलहरूले सदन अवरोध गर्ने बताए पनि बैठकको शुरुमा माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसीले आफ्नो भनाइ राख्दै सदन चल्न दिएका थिए । उनले सदन अवरोध  गर्नु बाध्यता भएको बताउँदै अहिले पनि सरकार अल्पमत परेको जिकिर गरेका थिए । केसीको भनाइपछ

सम्बन्धित सामग्री

विनियोजन विधेयकमाथि छलफल सुरु

विराटनगर- कोशी प्रदेश प्रदेशसभामा आजदेखि ‘कोशी प्रदेश विनियोजन अध्यादेश, २०८०’ लाई प्रतिस्थापन गर्न बनेको ‘आर्थिक वर्ष २०८०/८१ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८०’ माथि छलफल सुरु भएको छ । प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीले प्रस्तुत गरेको विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव […]

मधेस प्रदेशसभा : विनियोजन विधेयकमाथि छलफल सुरु

धनुषा – मधेस प्रदेशसभामा पेश गरिएको विनियोजन विधेयक, २०८० का सिद्धान्त र प्राथमिकतामाथि छलफल सुरु भएको छ । प्रदेशसभाको आजको बैठकमा अर्थमन्त्री सञ्जयकुमार यादवले विनियोजन विधेयक, २०८० का सिद्धान्त र प्राथमिकतामाथि छलफल गरियोस् भनी राखेको प्रस्तावपछि छलफलमा भाग लिँदै प्रदेशसभा सदस्यहरूले आगामी आवको बजेट समृद्ध मधेसका लागि हुनुपर्नेमा जोड दिए। बैठकमा प्रमुख प्रतिपक्ष दल तथा […]

सत्ता गठबन्धन कार्यदलको बैठक : प्रदेशसभामा हुने भागबण्डाबारे छलफल सुरु

काठमाडौँ– सत्ता गठबन्धन कार्यदलको बैठकमा प्रदेशसभा निर्वाचनको सिट बाँडफाँटको विषयमा छलफल सुरु भएको छ । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कार्यदलको बैठकमा प्रदेशतर्फ पनि बाँडफाँट कसरी गर्ने भन्नेबारे छलफल सुरु भएको सञ्चारमन्त्री तथा कार्यदलका सदस्य ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए । तर, ठोस सहमति नबनेको भन्दै उनले यसबारे छलफलका लागि आइतबार पुनः बैठक बोलाइएको बताए […]

निर्वाचन आचारसंहिताबारे आयोगमा पार्टी प्रतिनिधि र पदाधिकारीबिच छलफल सुरु

काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिताबारे पार्टी प्रतिनिधि र आयोगका पदाधिकारीबिच छलफल सुरु गरेको छ । छलफलमा प्रतिनिधिसभा र प्रदेशसभामा प्रतिनिधित्व गर्ने १२ दलका प्रतिनिधि सहभागी रहेको आयोगले जनाएको छ । निर्वाचन आचारसंहिता २०७८ लाई केही संशोधन गर्ने आयोगको तयारी छ । त्यसका लागि आयोगले यसअघि राजनीतिक दलहरूलाई आचारसंहिताको ड्राफ्ट अध्ययनका लागि दिएको थियो । […]

प्रदेशसभामा आजदेखि मन्त्रालयगत बजेटमाथि दफावार छलफल

जनकपुरधाम । मधेस प्रदेशसभाको बैठकमा आजदेखि प्रदेश सरकारको मन्त्रालयगत बजेटमाथि दफावार छलफल सुरु हुने भएको छ । आज दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा आगामी आर्थिक वर्ष २०७९/८० मा प्रदेश सरकारको विभिन्न मन्त्रालयका लागि विनियोजित बजेटमाथि दफावार छलफल सुरु हुने प्रदेश सरकारका अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले जानकारी दिए । मन्त्रालयगत बजेटको छलफल सकिएपछि असार २५ गते […]

सुरु भएन कर्णाली प्रदेशमा बजेट छलफल

काठमाडौं। आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत भएको एक महिना पुग्दा पनि कर्णाली प्रदेशसभामा छलफल सुरु भएको छैन। प्रस्तुत बजेट असार महिनाभित्र पारित हुनुपर्ने संवैधानिक व्यवस्था रहे पनि प्रमुख प्रतिपक्षी नेकपा (एमाले)को लगातारको विरोधका कारण छलफल हुन नसकेको हो। कर्णालीमा गत असार १ गते आर्थिक मामिला तथा योजना मन्त्री गोपाल शर्माले ३६ अर्ब ५४ करोडको बजेट प्रस्तुत गरेका थिए।

लुम्बिनी प्रदेशः बजेटमाथिको छलफल सकियो, बिहीबार निर्णयार्थ पेश हुने

लुम्बिनी प्रदेशसभामा आर्थिक वर्ष २०७८/०७९ को बजेटमाथि छलफल सकिएको छ । आइतबारदेखि सुरु भएको बजेटमाथिको छलफल मंगलबार सकिएको हो

बागमती प्रदेश : प्रदेशसभामा बजेटमाथि छलफल नै हुन सकेन

बागमती प्रदेश सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०७८÷०७९ को बजेटमाथि प्रदेशसभामा छलफल हुन सकेको छैन । असार १ गते संसद्मा बजेट प्रस्तुत भएलगत्तै बागमती प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित गरेका छन् । प्रदेशसभाको बैठकमा बजेटमाथि पर्याप्त छलफल गरी आवश्यक सल्लाह सुझावसहित संशोधन गरी बहुमतले पारित गर्नुपर्ने हुन्छ तर बागमती प्रदेशमा बजेटमाथिको छलफल नै सुरु हुन सकेको छैन । प्रदेशसभामा बजेट प्रस्तुत भएको हप्ता दिन बितिसक्दा समेत बजेटमाथि छलफल

सुदुरपश्चिम प्रदेशसभा : बजेटमाथिको छलफल सुरु

सुर्खेत। सुदुरपश्चिम प्रदेशसभामा सरकारले पेश गरेको आगामी वर्षको बजेटमाथि छलफल सुरु भएको छ। सोमबारको बैठकमा आर्थिक मामिलामन्त्री प्रकाशबहादुर शाहले पेश गरेको आर्थिक वर्ष २०७८/८९ को राजश्व र ब्ययको वार्षिक अनुमान बजेटका सम्बन्धमा छलफल सुरु भएको हो। छलफल मंगलबार पनि जारी रहनेछ।

वाग्मतीमा प्रि–बजेट छलफल सुरु, विपक्षी आक्रामक

१७ जेठ, हेटौंडा । बागमती प्रदेशसभामा आगामी आर्थिक वर्ष २०७८/०७९ को प्रि बजेट अर्थात विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताको छलफल सुरु भएको छ । सोमबार प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेलले प्रदेशसभामा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक) पेश गरेका सँगै छलफल सुरु भएको हो । कोरोना केन्द्रित बजेट मन्त्री ढुंगेलले आगामी […]