गण्डकी प्रदेश : 'हराएका' सांसदको जीवन रक्षा गर्न जनमोर्चाको माग, प्रदेश सभा बैठक स्थगित

काठमाण्डाै – राष्ट्रिय जनमोर्चाले आफ्ना गण्डकी प्रदेश सभा सदस्य खिमविक्रम शाहीको जीवनरक्षाको माग गरेको छ । सचेतक पियारी थापाले सांसद शाहीको अवस्था अज्ञात रहेको र उहाँको जीवन रक्षा गर्न सभामुखलाई पत्र लेख्नुभएको छ । जनमोर्चाले हराएका सांसद नभेटिएसम्म संसद् बैठक स्थगित गर्न आग्रह गरेपछि सभामुख नेत्रनाथ अधिकारीले अर्को सूचना नआएसम्मका लागि बैठक स्थगित भएको जानकारी दिनुभएको छ । गण्डकीमा बुधवार (आज) मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्तावमा मतदान हुने कार्यक्रम रहेकोमा जनमोर्चाका सांसद खिमविक्रम शाही दिउँसोदेखि सम्पर्...