अहिलेकाे चुनाव खर्च महँगाे पर्न सक्ने प्रमुख निर्वाचन आयुक्त थपलियाको भनाइ, बजेटको चिन्ता नलिनुस् : अर्थमन्त्री

काठमाण्डौ – प्रमुख निर्वाचन आयुक्त दिनेशप्रसाद थपलियाले कोरोना भाइरस महामारीका कारण चुनावको खर्च विगतमा भन्दा धेरै हुन सक्ने बताउनुभएको छ ।  अर्थमन्त्री विष्णु पौडेलसँग आयोगमा मङ्गलवार भएको छलफलमा प्रमुख निर्वाचन आयुक्त थपलियाले तोकिएको मितिमा नै चुनाव सम्पन्न गर्न तथा विगतमा भन्दा मितव्ययी हुन कोसिस गरे पनि कोरोना महामारीबाट बच्दै काम गर्नुपर्ने भएकाले केही लामो प्रक्रिया र जनशक्ति धेरै लाग्न सक्ने बताउनुभयो । उहाँले पहिलेको तुलनामा बजेट व्यवस्थापनमा थप दबाब सिर्जना भएको पनि बताउनुभएको छ । छलफलमा अर्थमन्त्री ...

सम्बन्धित सामग्री

चुनावमा मतपेटिका साट्न दिइन्न - प्रमुख निर्वाचन आयुक्त थपलिया

काठमाण्डाै – प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले चुनावमा मतपेटिका साटिन्छ कि भनेर आशङ्का नगर्न आग्रह गर्नुभएको छ । आज आइतवार काठमाण्डाैमा आयाेजित पूर्वप्रमुख निर्वाचन आयुक्तहरूकाे सामूहिक छलफलमा प्रमुख निर्वाचन आयुक्त थपलियाले यस्तो भनाइ राख्नुभएको हो । उहाँले आफूले मतदानपछि पनि मतपेटिका साटिन्छ भन्ने दिव्यज्ञान कहिल्यै प्राप्त नगरेको दोहोर्‍याउँदै आउँदाे चुनावमा त्यस्तो कहीँ कतै हुन नदिने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । 'सेक्युरिटी कोड' को आधारमा मतपत्र छापिने भएकाले मतपेटिका फेरिए पनि फेरि...

प्रमुख निर्वाचन आयुक्त थपलिया र जापानी राजदूतबीच भेटवार्ता

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासँग नेपालका लागि जापानी राजदूत युताका किकुताले भेटवार्ता गरेका छन् । निर्वाचन आयोगमा बुधबार भएको उक्त शिष्टाचार भेटमा नेपाल र जापानको निर्वाचन प्रणाली, दुई देशको  निर्वाचनसम्बन्धी अनुभव आदानप्रदान र सहकार्य सम्बन्धमा छलफल भएको छ । प्रमुख निर्वाचन आयुक्तले मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको अवलोकन गर्नसमेत राजदूतलाई आग्रह गरेका छन् । –न्युज कारखाना

प्रमुख निर्वाचन आयुक्त थपलिया पोखरामा, दिए यस्तो निर्देशन

काठमाडौं, २९ असोज । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आचारसंहिता, २०७९ लाई कडाइका साथ पालना गर्न गराउन निर्देशन दिएका छन्। प्रमुख आयुक्त थपलियाले पोखरामा आज आयोजित जिल्ला आचारसंहिता अनुगमन समितिको बैठकमा बोल्दै आचारसंहिताको उल्लङ्घन गरेको देखिएमा तत्काल आयोगमा लिखित वा मौखिक जानकारी दिन आग्रह गरे । उनले आयोगले तोकेका अनुगमन अधिकृतलाई आचारसंहिताको उल्लङ्घन गर्ने […]

अर्को मन्त्रिपरिषद् बैठकले निर्वाचनको मिति तोक्छ : प्रमुख निर्वाचन आयुक्त थपलिया

काठमाडौं, १० साउन । प्रमुख निर्वाचन आयुक्त दिनेशचन्द्र थपलियाले मन्त्रिपरिषद्को अब बस्ने बैठकले संघीय संसद्को निर्वाचनको मिति घोषणा गर्ने बताएका छन् । आज (मंगलबार) आयोजित पत्रकार सम्मेलनमार्फत उनले यस्तो खुलासा गरेका हुन् । आयोगले यसअघि मंसिरको पहिलो हप्ता गर्नेगरि निर्वाचनको मिति सरकारलाई सिफारिश गरेको छ । आयोगले एकै चरणमा गर्नेगरि निर्वाचनको मिति सिफारिश गरेको थियो […]

प्रमुख निर्वाचन आयुक्त थपलिया ज्ञापनपत्र बुझदै

काठमाडौँ,८ साउन । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलिया र अन्य आयुक्तहरूलाई गैरसरकारी संस्था, महासंघ र बियोण्ड बेइजिड कमिटीले आगामी निर्वाचनमा समानुपातिक सिद्धान्तको आधारमा कम्तिमा एक तिहाइ प्रत्यक्ष निर्वाचनमा प्रतिनिधि सुनिश्चितताको पहलकदमीको माग गरी ज्ञापमपत्र बुझदै । तस्वीर : चन्द्रकला क्षेत्री, रासस

निर्वाचन रोकिए दुर्घटनाः प्रमुख निर्वाचन आयुक्त थपलिया

विराटनगर, २९ चैत्र । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचन रोकिए दुर्घटना हुने बताएका छन् । आज विराटनगरमा निर्वाचन अभिमुखीकरण कार्यक्रममा बोल्दै निर्वाचनको रकेट प्रक्षेपण भइसकेकाले रोकिए दुर्घटना हुने बताएका हुन् । निर्वाचनका सम्पूर्ण तयारीका क्रममा मतपत्र छापिएर पठाउने क्रममा रहेको बताए । उनले भने,‘निर्वाचनको रकेट प्रक्षेपण भइसकेको छ, रोकिए दुर्घटना हुन्छ ।’ चुनाव नभए […]

पैसाले होइन सिद्धान्त र निष्ठाले चुनाव जित्नुपर्छः प्रमुख निर्वाचन आयुक्त थपलिया

ललितपुर, १७ चैत । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले चुनावमा प्रतिस्पर्धा गर्ने सबै राजनीतिक दलले लोकतन्त्रको रक्षा र शासकीय शुद्धताका लागि निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्दै निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र मितव्ययी बनाउन प्रतिबद्धता जाहेर गर्न पर्ने आवश्यकता औँल्याएका छन् । ‘निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयन र सरोकारवालाको भूमिका’ विषयक अन्तरक्रियामा उनले निर्वाचन आचारसंहिता उल्लङ्घन भएमा जुन […]