काठमाडौं : नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन फलोअप उपचारका लागि आज चीन जाँदैछन्।
पुनलाई वंशाणुगतरूपमा रहेको पुरानो रोग जण्डिसले फेरि सताएपछि यसअघि उपचार गरिएको चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पताल जान लागेका हुन्। यसअघि २०७८ साल मंसिरमा पनि उनको सोही अस्पतालमा एक महिना उपचार भएको थियो।
चीन-नेपाल नियमित उडान नभएकाले…