एम्बुलेन्सको अभाव भएपछि अटो एम्बुलेन्स

तुलसीपुर क्षेत्रमा एम्बुलेन्सको अभाव हुन थालेपछि शुक्रबारदेखि अटो एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । यस क्षेत्रका चार जना युवाहरुले अटो एम्बुलेन्स सञ्चालन व्यवस्थापनको संयोजन गरेका हुन् । शुक्रबार नौ वटा अटो एम्बुलेन्स व्यवस्थापन गरिएको हो । तुलसीपुर उपमहानगरपालिकाका कार्यपालिका सदस्य दीपक कुमालका अनुसार तुलसीपुरका १९ वटै वडामा पायक पर्ने स्थानमा साविककै भाडादरमा शुल्क लिने गरि ती अटो एम्बुलेन्स सञ्चालन व्यउवस्थापन गरिएको छ । कुमालका अनुसार ती एम्बुलेन्सले तुलसीपुर क्षेत्रका स्वास्थ्य संस्थामा बिरामीहरुलाई ल्याउन लैजान सक्ने व्यवस्था मिलाइएको छ । ती अटोको पहिचानका लागि अटोमा ब्यानर र स्टीकर टाँगिएको छ ।

सम्बन्धित सामग्री

एम्बुलेन्स र अटो ठोक्किँदा ६ जना घाइते

चितवन– भरतपुर महानगरपालिका-१ आँपटारीमा एम्बुलेन्स र अटो एकआपसमा ठोक्किँदा ६ जना घाइते भएका छन् । नारायणगढबाट काठमाडौंतर्फ गइरहेको ना २ च ६३७८ नम्बरको एम्बुलेन्स र रामनगरबाट नारायणगढतर्फ आउँदै गरेको ना २ ह २८६२ नम्बरको अटो आज दिउँसो एक आपसमा ठक्कर खाँदा अटोमा सवार चालकसहित ६ जना घाइते भएका हुन् । घाइते हुनेमा भरतपुर महानगरपालिका–८ का […]

अटेर गरेको आरोपमा व्यवसायी र अटो एम्बुलेन्स प्रहरी नियन्त्रणमा

हेटौंडा : मकवानपुरको हेटौंडामा प्रशासनको नियम उल्लंघन गरेको बरोपमा व्यवसायी र अटो एम्बुलेन्सलाई प्रहरीले नियन्त्रणमा लिएको छ। कोरोना संक्रमित बोक्न सञ्चालन भएको अटो एम्बुलेन्सले खाद्यान्न बोकेको र भिडभाड गरेर व्यवसाय सञ्चालन गरेको भन्दै ३ जना व्यवसायी तथा एकजना अटो एम्बुलेन्स चालकलाई प्रहरीले नियन्त्रणमा लिएको हो।पक्राउ पर्नेमा हेटौंडाका व्यवसायी हिरालाल शाह, सुवासराज मैनाली र बमबहादुर थापा रहेका छन् भने अटो चालक रवीन्द्र परियार रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायव

संक्रमितलाई सेवा दिन खटिएका अटो-एम्बुलेन्स चालक नै तिरस्कारको सिकार !

मकवानपुर : कोरोना संक्रमितलाई अस्पतालसम्म पुग्ने वातावरण सहज बनाउन सञ्चालन गरिएको अटो-एम्बुलेन्सका चालक यतिबेला सामाजिक तिरस्कारको सिकार बनिरहेका छन्।कोरोना संक्रमितको संख्या बढेसँगै अस्पताल ओहोरदोहोर गर्न सञ्चालन भएको अटो-एम्बुलेन्स चालकहरू समाजबाट अपहेलित बन्नुपरेको हो।कोरोना संक्रमित अस्पतालसम्म पुग्न एम्बुलेन्स अभाव हुन थालेपछि मकवानपुरको प्रशासनले हेटौंडा उपमहानगरपालिकाको १९ वटा वडामा अटो-एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ। बिरामी बोक्न आफ्नो ज्यान जोखिममा राखेर अटो चलाएका चालकहरूमाथि समाज

दाङमा अटो एम्बुलेन्स सञ्चालनमा

कोरोना भाइरसको सङ्क्रमण बढिरहेको र निषेधाज्ञा जारी रहेको समयमा बिरामीलाई सहजता दिलाउन दाङमा अटो एम्बुलेन्स सञ्चालनमा आएका छन् । सङ्क्रमण बढ्दै जाँदा नारायणपुर, घोराही र तुलसीपुरमा अटो एम्बुलेन्स सञ्चालन भएका छन् ।  नाराणपुर उद्योग वाणिज्य सङ्घले कोरोनाका बिरामीलाई अस्पतालसम्म पु¥याउन र पिसिआर जाँच गराउनका लागि सङ्घले अटो एम्बुलेन्स शुरु गरेको सङ्घका अध्यक्ष अभियान बस्नेतले जानकारी दिए । अहिले पाँचवटा अटो एम्बुलेन्स सञ्चालनमा रहेका छन् । सङ्घले अटो चालकको रु पाँच लाखको बीमा गरिदिएको र स्वास्थ्य सामग्री तथा पिपिई ...

संक्रमितका लागि निःशुल्क ‘अटो एम्बुलेन्स’ सेवा

धनगढी : कोरोना संक्रमितहरुले एम्बुलेन्स नपाउने समस्या बढ्न थालेपछि कैलालीमा निःशुल्क ‘अटो एम्बुलेन्स’ सेवा सुरु गरिएको छ।धनगढीमा रोयल कोल्याबोरेटिभ्सले शुक्रबारबाट अटोमार्फत कोरोना संक्रमितहरुलाई अस्पतालसम्म पुगाउन उक्त सेवा सुरु गरेको हो। शुक्रबार ६ वटा अटो र एउटा जिपबाट अभियान सुरु गरेको उक्त संस्थाले शनिबार थप चार वटा अटो उपलब्ध गराउने जनाएको छ।‘कोरोना सङ्क्रमितका बिरामीहरूलाई एम्बुलेन्स पाउनै समस्या भइरहेको छ। यस्तो समस्या नहोस् भनेर हामीले यो अभियान सुरु गरेका हौँ’ र

तुलसीपुरमा ‘अटो एम्बुलेन्स’ सञ्चालन

दाङ (अस) । कोरोना संक्रमितको संख्या बढ्दै गएर एम्बुलेन्सको अभाव हुन थालेपछि दाङको तुलसीपुरमा अटो एम्बुलेन्स सञ्चालन गरिएको छ । तुलसीपुर क्षेत्रका जनप्रतिनिधि र व्यवसायीको सहकार्यमा ९ ओटा अटोलाई एम्बुलेन्सको रूपमा प्रयोग गर्न थालिएको हो । तुलसीपुर उपमहानगरपालिकाका १९ ओटै वडामा पायक पर्ने स्थानबाट साविककै भाडादरमा ती अटो एम्बुलेन्सहरूले बिरामीलाई अस्पतालसम्म पु¥याउने व्यवस्था गरिएको उपमहानगरपालिकाका कार्यपालिका सदस्य दीपक कुमालले बताए । ‘अहिलेको अवस्था भनेको समयमा, त्यो पनि स्थानीयस्तरमा एम्बुलेन्स पाइने अवस्था छैन,’ उनले भने, ‘यो समस्याको समाधानका लागि अटो एम्बुलेन्स सञ्चालन गरेका हौं ।’ नगर क्षेत्रमा अटो एम्बुलेन्सहरूले शुक्रवारदेखि नै सेवा दिन थालेका छन् । अटो एम्बुलेन्स पहिचानका लागि ब्यानर र स्टीकर टाँसिएको छ । अटो चालकले बिरामीबाहेक अन्यलाई बोकेमा कारबाही गरिनेछ । उनीहरूलाई स्वास्थ्य सुरक्षाका लागि पीपीई र स्यानिटाइजर लगायत सामग्री उपलब्ध गराइएको छ ।

दाङकाे तुलसीपुरमा 'अटाे एम्बुलेन्स' सेवा सुरु

दाङ – काेराेना सङ्क्रमित लगायत अन्य बिरामीको सेवा सहज र छरितो बनाउन दाङको तुलसीपुरमा शुक्रवार (आज) देखि सहरी क्षेत्रमा तीन पाङ्ग्रे अटो गाडीलाई एम्बुलेन्स सुरु भएको छ । बजार क्षेत्रमा बिरामीहरूलाई सास्ती भएको गुनासो बढेपछि तुलसीपुर उपमहानगरपालिकाले विभिन्न क्षेत्रसँगकाे समन्वयमा अटो एम्बुलेन्स सन्चालनमा ल्याएको हो ।   अटोलाई एम्बुलेन्सका रूपमा प्रयोग गर्न सुरु भएपछि बिरामीलाई सहज हुने उमहानगरपालिकाले विश्वास लिएकाे छ । कोरोना सङ्क्रमित बिरामी बाेक्न वडाध्यक्ष चढ्ने गाडी   दाङको गढवा गाउँपा...

अटो रिक्सालाई एम्बुलेन्स बनाएर बिरामीलाई अस्पताल पुर्‍याउँदैछन् जावेद खान

भारतमा दुई सातादेखि दैनिक ३ लाख भन्दा बढीमा कोरोना संक्रमण देखिएको छ। संक्रमितको संख्या बढेसँगै अस्पतालहरु भरिएका छन्। एम्बुलेन्स सेवा सबै ठाउँमा पुग्न सकेको छैन। अस्पतालमा अक्सिजनको अभाव हुँदा संक्रमितको उपचार प्रभावित बनेको छ। यसबिच भारतको भोपालमा अटो रिक्सालाई नै एम्बुलेन्समा रुपान्तरण गरिएको छ। संक्रमितको संख्या बढ्दा उपलब्ध एम्बुलेन्सहरुले आवश्यक सेवा सबै पूरा…

दुर्घटनाबाट अटो चालक सहित दुई जनाको मृत्यु

झापा / झापा दमक-४ ताराबारी स्थित राजमार्गमा एम्बुलेन्स र अटो एक आपसमा ठक्कर खाई दुर्घटना हुदा दुई जनाको मृत्यु भएको छ । आज विहान ०९ बजे मे १ च १२४६ नम्बरको एम्बुलेन्स र प्रदेश १-०१-००३ ह ६२४ नम्बरको अटो एक आपसमा ठक्कर खाइ दुर्घटना हुदा अटो चालक उर्लबारी-४ का ५० बर्षीय देवेन्द्र बुढाथोकी र अटोमा... The post दुर्घटनाबाट अटो चालक सहित दुई जनाको मृत्यु appeared first on Purbeli News.

सुत्केरी बोकेको एम्बुलेन्स र अटो ठोकिँदा दुईको निधन

झापाको दमकमा आज बिहान सुत्केरी बोकेको एम्बुलेन्स र अटो ठोकिँदा दुई जनाको मृत्यु भएको छ।