प्रधानमन्त्रीले विश्वासको मत पाउनुहुन्न, अब धारा ७६ (२) अनुसार सरकार गठन हुनुपर्छ : देउवा

काठमाडौं : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अब संविधानको धारा ७६ (२) अनुसार सरकार गठन हुनुपर्ने बताएका छन्।प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीको विश्वासको मतको प्रस्तावमा आफ्नो भनाइ राख्दै देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत प्राप्त गर्ने अवस्था नरहेको भन्दै धारा ७६ (२) अनुसार प्रक्रिया अघि बढ्नुपर्ने माग गरे। यो सरकार पूर्णरुपमा विफल भइसकेको भन्दै देउवाले विश्वासको मत माग्ने प्रस्तावको विपक्षमा मतदान गर्ने जानकारी गराए। उनले अरु दललाई पनि विपक्षमा मतदान गर्न आग्रह ग

सम्बन्धित सामग्री

देउवा सरकारको एक वर्ष : बालुवाटारले सार्वजनिक गर्यो ४२ उपलब्धि

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार गठन भएको बुधबार एक वर्ष पुगेको छ । सो अवसरमा बालुवाटारले देउवा सरकारको ४२ उपलब्धी सार्वजनिक गरेको छ । बालुवाटारले पूर्ववर्ती केपी ओली नेतृत्वको सरकारले निम्त्याएको राजनीतिक अस्थिरता र कुशासनको अन्त्य गरी मुलुकलाई लोकतान्त्रिक विधि र पद्धतिमा अघि बढाउन सफल हुनलाई पहिलो उपलब्धि मानेको छ ।देउवा सत्ता गठबन्धनमा रहेका काँग्रेस बाहेकका ४ दलको समर्थनमा गत वर्षको असार २९ मा प्रधानमन्त्री बनेका थिए ।

देउवा सरकार गठन भएको ४ महिनासम्म सार्वजनिक भएन मन्त्रीहरूको सम्पत्ति विवरण

प्रधानमन्त्री शेरबहादुर देउवा र उनको सरकारमा रहेका मन्त्रीहरूको सम्पत्ति हालसम्म सरकारले सार्वजनिक गरेको छैन । सार्वजनिक पदमा नियुक्त भएको ६० दिनभित्र सार्वजनिक पद धारण गरेका व्यक्तिले अनिवार्य रूपमा आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने कानूनी प्रावधान छ । देउवा नेतृत्वमा सरकार गठन भएको ४ महिनाभन्दा बढी भइसकेको भए पनि हालसम्म सरकारले मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको छैन । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता कृष्णबहादुर राउतले मन्त्रिपरिषद् बैठकबाट निर्णय भएपछि मात्र सम्पत्ति विवरण सार्वजनिक हुने बताए । ...

देउवा सरकार बन्न सकेन ‘समावेशी’

प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार मन्त्रिपरिषद्लाई पूर्णता दिए पनि उनको सरकार समावेशी बन्न नसकेको भन्दै आलोचना भएको छ ।सरकार गठन भएको तीन महिनामा देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् तर पनि सरकार भने समावेशी चरित्रको नदेखिएको हो । देउवाको नेतृत्वमा गत २९ असारमा सरकार गठन भएको थियो । ८८ दिनमा प्रधानमन्त्रीले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । तर, देउवाले विस्तार गरेको मन्त्रिपरिषद् समावेशी छैन ।देउवा सरकारमा खस आर्य समुदायकै बाहुल्य रहेको देखिन्छ । २५ सदस्यीय मन्त्रिपरिषद्मा ख

आफ्नै अध्यादेशको पासोमा देउवा सरकार [टिप्पणी]

सर्वोच्च अदालतको परमादेशबाट आएको शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारको पहिलो प्राथमिकता नै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई विभाजन गर्ने रहेकाले सरकार गठन भएको ७३ दिनसम्म पनि आफैँले ल्याएको दल विभाजन सम्बन्धी अध्यादेशको पासोमा अल्झिन पुगेको छ ।

मन्त्रिपरिषद् विस्तारको विषयमा देउवा र प्रचण्डबीच छलफल

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ। मन्त्रिपरिषदलाई पूर्णता दिने विषयलाई लिएर प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेटवार्ता भएको हो। देउवा सरकार गठन भएको दुई साता बितिसक्दासमेत मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन्। सत्तारूढ गठबन्धनको आन्तरिक समस्याको कारणले मन्त्रीपरिषद् पुनर्गठनमा ढिलाइ भएको छ। गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेका माधवकुमार नेपाल पक्ष, जनता समाजवादी प

गठबन्धनकै नेताहरुको आक्रोशबाट घेरिए देउवा, एमसीसी एजेण्डामा प्रचण्ड मौन

काठमाडौँ– सरकार गठन गरेको दुई साता निबित्दै जनस्तरबाट आलोचना खेप्न थालेका प्रधानमन्त्री शेरबहादुर देउवा आफ्नो गठबन्धनका नेताहरुबाट पनि आलोचनाको सिकार भएका छन्। देउवाले सरकार सम्हालेपछि बुधबार लामो समयसम्म बसेको सत्ता गठबन्धनको बैठकमा प्रधानमन्त्री देउवा नेताहरुका प्रश्नहरुबाट घेरिन पुगेका छन्। सरकारमा आएलगत्तै केपी ओलीले जस्तो विवादास्पद निर्णय गरेको आरोप खेपेका देउवाले व्यवसायी उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री […]

पहिलोपटक सरकार गठन प्रक्रियामा प्रचण्ड 'आउट'

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पहिलोपटक सरकार गठनको प्रक्रियामा 'आउट' भएका छन्। पहिलो संविधानसभाको चुनावपछि सरकार बनाउने र भत्काउने खेलमा प्रचण्ड नै निर्णायक हुन्थे। उनकै प्रस्तावमा केपी शर्मा ओली, झलनाथ खनाल, शेरबहादुर देउवा प्रधानमन्त्री बने।सरकार गठन प्रक्रियामा प्रचण्डको संलग्नता नभइ कसैको सरकार बन्दैनथ्यो। मूलधारको राजनीति उनकै वरिपरी घुम्थ्यो।तर यसपटक प्रचण्ड पहिलोपटक सरकार गठन प्रक्रियाबाट 'आउट' भएका हुन्।

नयाँ सरकार गठन हाम्रो पार्टीको प्राथमिकता हैन : महन्थ ठाकुर

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरले वैकल्पिक सरकार बनाउन खोज्नु मधेश विरोधी काम भएको बताएका छन्। सोमबार राति विज्ञप्ती निकाल्दै जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले नयाँ सरकार गठन आफ्नो पार्टीको प्राथमिकता नरहेको बताएका छन्। संसदमा विश्वासको मत नपाएपछि ओली सरकार ढलेसँगै जसपाका अर्का अध्यक्ष उपेन्द्र यादवले वैकल्पिक सरकार गठनका लागि कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगै संयुक्त विज्ञप्ति जारी गरेको

नयाँ सरकार गठन प्रक्रिया थाल्न तीन दलको राष्ट्रपतिलाई आह्वान

काठमाडौं। कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र जसपा अध्यक्ष उपेन्द्र यादवले संयुक्त प्रेस विज्ञप्ति प्रकाशित गरी नयाँ सरकार गठनको लागि राष्ट्रपति विद्यादेवी भण्डारीलाई आह्वान गरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओली आजको संसदबाट विश्वासको मत नपाइ पदमुक्त भएकाले संविधानको धारा ७६ को उपधारा २ बमोजिमको सरकार गठन गर्ने प्रक्रिया सुरु गर्न प्रेस विज्ञप्तिमा आह्वान गरिएको छ।

नयाँ सरकार गठन गर्ने कांग्रेसको धारणा हो: शेरबहादुर देउवा

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नयाँ सरकार गठनको माग गरेका छन्। प्रतिनिधिसभाको दोस्रो बैठकमा बोल्दै उनले संविधानको धारा ७६ को २ अनुसार अर्को सरकार गठन गर्नुपर्ने कांग्रेसको धारणा रहेको बताए। उनले प्रतिपक्षी दलको हैसियतले आफ्ना सांसदहरुलाई प्रधानमन्त्रीको विपक्षमा मतदान गर्न आह्वान समेत गरे। उनले आफ्नो भाषणमा सरकारको आलोचनामै समय खर्चिएका थिए।